सुपर हिट नयाँ डान्सिङ गीत “म त परे फिदा ” हेर्नुहोस भिडियो सहित

म्यूजिक खबर
प्रकाशित: २ मंसिर २०७५, आईतवार

काठमान्डौ , मंसिर ३
नेपाली गीत संगीतको क्षेत्रमा सुपर हिट नयाँ डान्सिङ गित छोटा छोटा पहिरन गीतको अपार सफलता सगै “म त परे फिदा ” बोलको गीत बजारमा सार्वजनिक भएको छ । “म त परे फिदा ” गीतमा गायक भिम ज्वलन्त योगी र रोशनी राना मगरको आवाज रहेको छ ।
मान्छे सोझो भएपनि बानि पनि सकारात्मक भएको आफनो प्रेमिकालाई फकाउन खपिस बनेका गायकले गायिकालाई देख्ने वित्तिकै मन पराएका छन । गीतमा शब्द इन्द्र दाहाल शिशिरको शब्द तथा धन बहादुर राना मगरको लय सिर्जना रहेको छ ।
ज्यादै रोमान्टिक भिडियोमा अहिलेकि निकै व्यस्त मोडल पार्वति राई तथा ओम श्रेष्ठको जोडदार नित्य समावेश गरिएको छ । मुकेश हुमागाईँले खिचेको भिडियो लाई अविनास डिसीको सम्पादन र रविन शाहको निर्देशन भिडियोमा रहेको छ ।

“म त परे फिदा ” हेर्नुहोस भिडियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु