पाँचौं तिज म्यूजिक अवार्डको आवेदन खुला

म्यूजिक खबर
प्रकाशित: ४ श्रावण २०७५, शुक्रबार

४ साउन, काठमाडौं । विगत ५ वर्षदेखि निरन्तर हुदैँ आएको छायाँछवि तीज म्युजिक अवार्डको पाँचौं संस्करणको आवेदन खुला भएको छ । अगामी भदौ २५ गते सम्पन्न हुन लागेको छायाँछवि क्रियशनले गर्दै आएको तीज म्युजिक अवार्डका लागि तीज गीत दर्ता गर्न सार्बजनिक रुपमा आब्हान गरिएको हो ।

नेपाली खासगरी हिन्दु नारीहरुको महान् चाड तीजका अवसरमा आफ्नो सांस्कृतिक पक्षलाई उजागर गर्दै मनका वेदना, पीडा, उमङ्ग, खुशी एवं भावनालाई गीतका मार्फत प्रस्तुत गर्ने चलन छ ।

तीज बिशेष गीत बजारमा धमाधम आउने क्रम जारी छ । ८०० देखी १००० गीत बजारमा आउने गरेको बताइएको छ । यी नै तीजका श्रष्टाहरु पुरस्कृत होउन् र स्रष्टाले सम्मान तथा प्रोत्साहन पाउन भनेर तीज अवार्ड गर्ने गरेको कार्यक्रमकी संयोजक गीता अधिकारीले बताइन् ।

छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले पाँचौं तीज म्युजिक अवार्डमा तीजका विभिन्न ३० विधामा स्रष्टालाई पुरस्कृत गरिने बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु