“सोह्र श्रृंगार” र स्वयंबरको साडी लगाउँदा अन्जुको चर्चा, हेर्नुहोस् भिडियो !

म्यूजिक खबर
प्रकाशित: ३० श्रावण २०७५, बुधबार

श्रावण २९, काठमाडौं । नेपाली नारीहरुको महान चार्ड हरितालिका तीज नजिकिदै गर्दा एउटा फरक स्वादको तीज गीत “सोह्र श्रृंगार” चर्चा बटुल्दै नेपाली सांगीतिक बजारमा आएको छ। लोक गायिका अन्जु गौतमको स्वर रहेको उक्त गीतमा गीता भट्टराईको शब्द र संगीत रहेको छ।

कुन्दन रार्इकाे एरेन्ज रहेको गीतमा डिल्लीरमण गौतम, गंगामाया गौतम, अन्जु गौतम लगायतको अभिनय देख्न सकिन्छ। गीतको म्युजिक भिडियोमा तुलसी घिमिरेले कोरियोग्राफ र निर्देशन गरेका छन्।

पुर्वाञ्चल रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड भएको गीत गायिका अन्जुले आफ्नै युटुब च्यानलबाट सार्वजानिक गरेकी छिन्। यतिबेला उक्त गीतले सबैतिर चर्चा बटुल्न सफल बनिरहेको छ।

हेर्नुहोस् भिडियो !

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु