गायक सागर बोहराको निधन

Posted On: Monday, November 20th, 2017

४ कार्तिक, काठमाडौं । लोकदोहोरी गायक सागर बोहराको निधन भएको छ । उनका भतिजहरु विदेश जान लागेको बेला एकचोटी भेटुँ भनेर कोठामा जाँदा कोठाको ढोका खुलै भएको र उनी सुतिरहेकै अवस्थामा मृत भेटेका थिए । यतिबेला उनको शवलाई प्रहरीहरुले मुचुल्का उठाउने कार्य भइरहेको गायक गणेश जिसीले म्यूजिकखबरलाई जानकारी दिए । फोक्सो, लिभर र प्रेसरको समस्याले ग्रसित भएको फेला पारेपछि गायक गणेश जिसी, जुनु पुन लगायतले उपचारका लागि काठमाडौं ल्याएका थिए ।  केही समय अघि मात्र काठमाडौंको धापासीस्थित ग्राण्डी हस्पिटलमा उपचार…


परिवारलाई सम्हाल्न गाह्रो भयो: प्रचण्ड

Posted On: Monday, November 20th, 2017

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले परिवारका अन्य सदस्यहरुलाई सम्हाल्न गाह्रो भइरहेको बताएका छन् । छोरीको निधन भएको तीन वर्षपछि एक मात्र छोरा प्रकाशलाई पनि गुमाएका प्रचण्डले ठूलो पीडा भइरहेको बताए । पुत्र वियोगको पीडामा रहेका दाहालले आफूलाई भेट्न सोमबार बिहान लाजिम्पाटस्थित निवास आएकाहरुलाई भने, जनताले हामीबाट अभिभावक जस्तै भूमिका खोजेको छ । हामीले धैर्य गर्नुपर्छ भनेपछि बिस्तारै नर्मल हुने तिर गएको छ । तर पीडा ठूलै छ ।’   आफूले पार्टीको लिडरको हैसियतले, हिजोको युद्ध, शान्ति सबै घटनाले रियलाइज…


पूजा सुनुवारले गाइन् नेपालभाषी गीत, छायांकन सम्पन्न

Posted On: Monday, November 20th, 2017

मङ्सिर ४,काठमाडौं । चर्चित गायिका पूजा सुनुवारले पछिल्लो समयमा नेपालभाषी तिमिला या जः थ्व नुगलय बोलको गीत गाएकी छिन् । गायिका भएपछि सवैभाषाका गीत गाउन सक्नु पर्दछ भन्ने अवधारणा राख्ने गायिका सुनुवारले किशोर शाहीसंग गाएको रोमान्टिक गीतको हेटौडाको कुलेखानीमा छायाँकन समेत भएको जानकारी नेपालभाषाका प्रसिद्ध चलचित्र निर्माता तथा निर्देशक सुरेश खड्गीले दिएका छन् । गायक किशोर शाही तथा रोजिना सुवालको अभिनय रहेको यस गीतको म्युजिक भिडियोको निर्देशन बिनोद बज्रचार्यले गरेका छन्। सह–निर्देशन रविता महर्जनले गरेकी छन् । छायाँकन नेपालभाषाका ख्यातिप्राप्त…


 ‘अल स्टार नेपाल्स नेक्स्ट टप मोडल’को उपाधि राज यादबलाई

Posted On: Monday, November 20th, 2017

जनकपुर । अल स्टार नेपाल्स नेक्स्ट टप मोडल नेपाल २०१७ को उपाधि राज यादबले जितेका छन ।पुर्बाञ्चलको विभिन्न शहरमा अडिशन लिएर जनकपुरमा ग्रान्ड फिनाले गरिएको अल स्टार नेपाल्स नेक्स्ट टपमोडल नेपाल २०१७, मोडल सङस नेपाल प्रालिले आयोजना गरेको थियो । त्यसैगरि फर्स्ट रनरअप सुष्मिता अधिकारि, सेकेण्ड रनरअप र मस्ट पपुलर कृष्ण गुप्ता भएका थिए भने मल्टिमिडिया च्वाईसमा सुधाकर यादबबिजेता बन्न सफल भएका थिए। प्रतिस्पर्धि युवा युवतीहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिएरउनिहरुको आत्मा बिश्वासलाइ अझ मजबुत बनाइ उनीहरु को आत्माबललाई उजागर गराउने कार्य  गरेको आयोजक डेभिल सिंह राजपुतले बताए।   बिजेता जिते राज यादबलाइ नगद रु-२५,००० सहित ट्रफी प्रदान गरिएको थियो। अल स्टार नेपाल्स नेक्स्ट टप मोडल नेपाल २०१७ अन्तिम प्रतिश्प्रधामा  मोडल संजय राज बिक्रम, रन्जना न्यौपाने सिंह र प्रसान्त गौतमनिर्णायक मण्डलीमा रहेर बिजेता घोषणा गरेका थिए भने प्रमुख अतिथिमा प्रहरी उपरिक्षक चक्र बहादुर सिंह रहेका थिए ।   कोरियोग्राफर रब्स सापकोटाले कोरियोग्राफ्री गरेको "अल स्टार नेपाल्स नेक्स्ट टप मोडल नेपाल २०१७" सौन्दर्य प्रतियोगिता मोडल सङस नेपाल प्रालिले आयोजना गरेको थियो l युनिभर्सल जुम इन्टरटेन्मेण्टलेब्यबस्थापन गरेको यस सौन्दर्य प्रतियोगिताको इभेन्ट डाइरेक्टर सागर श्रेष्ठ थिए भने ईभेण्ट संयोजकमा रबिन अधिकारि रहेका थिए l  कार्यक्रमको संचालन आर्जे भिजे रन्जीत पौडेल गरेका थिए ।   यस सौन्दर्यप्रतियोगितामा बिजेता बन्न सफलहरु भबिष्यमा अन्य क्षेत्रमा तथा विभिन्न प्रतिश्प्रधाहरुमा प्रतिनिधित्व गराउने उदेश्यले यस प्रतियोगिता आयोजना गरिएको मोडल सङस नेपाल प्रालिका प्रबन्ध निर्देशक डेभिल सिंहराजपुतले बताएका छन ।


राजकुमारले हेर्दा सारिकालाई लाग्यो मौसमै रमाइलो (हेर्नुहोस् भिडियो)

Posted On: Monday, November 20th, 2017

मङ्सिर ४, काठमाडौं । नेपाली गीत संगीतमा निरन्तर रुपमा लागि रहेका एक कुशल गीतकार तथा संगीतकार हुन् राज कुमार श्रेष्ठ ।  यिनै श्रेष्ठ द्वारा रचित “एउटा गाउँ थियो” ““निष्ठुरी भनु भने” लगाएतका दर्जनौ गीतहरु बजारमा चर्चामा रहेका छन् । गीत संगीतको रचना गर्ने अनि गीत संगीतमै आफुलाई समर्पित गर्न चाहने यिनै राज कुमारले पछिल्लो समय आएर आफ्नै शब्द संगीतमा रहेको नयाँ गीत “यो मौसम पनि” बोलको गीत सार्बजनिक भएको छ । यो गीतमा गायिका सहिमा श्रेष्ठको आवाज रहेको छ भने चर्चित संगीतकार हरि लम्सालको संगीत संयोजन रहेको छ । यो गीतको म्युजिक भिडियो पनि सार्बजनिक भएको छ ।  भिडियोमा राज कुमारको आफ्नै अभिनय रहेको छ भने उनलाई सारिका घिमिरेले साथ् दिएकि छिन भने भिडियोमा निशान घिमिरेको सम्पादन रहेको छ । यस्तै मिलन थापाको कोरियोग्राफी अनि निता भारतीको मेकअप रहेको छ । यस्तै अप्सन मिडिया एण्ड इन्टरटेन्मेण्ट द्वारा बजार ब्यबस्थापन गरिएको यो भिडियोमा रबिन्द्र बरालको छायांकन तथा प्रकाश धितालको निर्देशन रहेको छ ।


आगामी फागुन २६ गते सलमान खान नेपाल आउँदै

Posted On: Sunday, November 19th, 2017

काठमाडौँ । बलिउडका चर्चित अभिनेता सलमान खान नेपाल आउने भएका छन् । सलमानलार्इ ओडीसि इन्टरटेनमेन्टले नेपाल ल्याउने तयारी गरेको हो । आगामी फागुन २६ गते टुडिखेलमा हुन लागेको ‘दबंग : द सलमान खान लाइभ इन नेपाल’ का लागी सलमान नेपाल आउने तयारीमा रहेका छन् । ओडीसिका संचालनको अनुसार सलमान सहित आउने कलाकारहरुलाई दिनुपर्ने पारिश्रमिक भुक्तानीका लागी बिहिबारनै संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग अनुमती माग्दै निवेदन दिइसकेको छ । कार्यक्रममा सलमानको साथमा प्रभु देवा, ज्याकलिन फर्नान्डेज, जरिन खान, डेजी शाह,…


प्रियंका चोपडा निर्मित फिल्ममा नेपाली नायिकाको आइटम डान्स

Posted On: Sunday, November 19th, 2017

मङ्सिर ३, मुम्बई । बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडाको ब्यानरबाट निर्माण भएको दोस्रो भोजपुरी चलचित्र ‘काशी अमरनाथ’मा नेपाली नायिका जेनिशा केसीले आइटम नृत्य गरेकी छिन् । प्रियंकाको पर्पल पेबल पिक्चर्सले रोज क्वार्ज इन्टरटेन्मेन्टसँग सहकार्य गरेर भोजपुरी चलचित्र निर्माण गरेको हो । यसअघि उक्त ब्यानरबाट नेपाली भाषाको चलचित्र ‘पाहुना’ निर्माण भइसकेको छ । भोजपुरी चलचित्रमा भने नेपाली केही चलचित्रमा अभिनय गरिसकेकी नायिका जेनिशालाई देख्न सकिन्छ । हालै सार्वजनिक भएको चलचित्रको गीतमा जेनिशाको साथमा भोजपुरी स्टार रवि किसान फिचरिङ छन् । बुझिए…


श्रेष्ठलाई ‘विन्ध्यवासिनी संगीत साधना सम्मान’

Posted On: Sunday, November 19th, 2017

९ पत्रकारलाई विन्ध्यवासिनी कला पत्रकारिता पुरस्कार ३ मंसिर, काठमाडौं । विन्ध्यवासिनी फाउण्डेशनको आयोजनामा भएको विन्ध्यवासिनी सम्मान एवं संगीत साँझ तथा आठौं विन्ध्यवासिनी म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक कार्यक्रमका अवसरमा अग्रज गायक दीप श्रेष्ठलाई ‘विन्ध्यवासिनी संगीत साधना सम्मान– २०७४’ अर्पण गरिएको छ । गायक श्रेष्ठलाई ५० हजार रुपैयाँ राशिसहित सम्मान गरिएको हो । त्यस्तै सोही अवसरमा ‘विन्ध्यवासिनी कला पत्रकारिता पुरस्कार–२०७४’ बाट ९ जना पत्रकारलाई सम्मान गरिएको थियो । सम्मान हुनेहरुमा ध्रुव लम्साल, जीवन पराजुली, मधु शाही, विजय नेपाल, अमरध्वज लामा,…


‘मिस वर्ल्ड -२०१७’को ताज भारतकी मानुषीको शिरमा

Posted On: Saturday, November 18th, 2017

बेइजिङ् । भारत हरियाणाकी मानुषी छिल्लर ‘मिस वर्ल्ड २०१७’ बन्न सफल भएकी छिन् । चीनको सान्यामा भएको ‘मिस वर्ल्ड’को ६७ औं संस्करण, अर्थात ‘मिस वर्ल्ड २०१७’ को फाईनल राउण्डमा मानुषीले दिएको जवाफले उनलाई विजयी बनाएको हो । ‘संसारमा सबैभन्दा बढी मुल्य तिर्नुपर्ने काम कुन हो ?’ भन्ने प्रश्नमा टप फाईभ मध्येकी मिस इन्डिया मानुषीले ‘आमाले बच्चाहरु र घरको लागि गर्ने काम’ भनि जवाफ दिएकी थिईन् । उनले यो जवाफ दिईरहदा दर्शकदिर्घामा बसेकी उनकी आमा पनि निकै खुशी देखिएकी थिईन् ।…


‘फिर्के’को गीत रिलीज (भिडियो)

Posted On: Saturday, November 18th, 2017

मङिसर २, काठमाण्डौ। ईकुुको नामले चर्चित सुलेमान शंकरको प्रस्तुतीमा बनेको नेपाली चलचित्र ‘फिर्के’को पहिलो गीत सार्वजनिक भएको छ । ‘चट्टै’ बोलको गीतमा रामचन्द्र काफ्ले र अञ्जु पन्तको स्वर छ भने सुबाष भुषालको संगीत तथा लेखु सहयात्रीका शब्द छन् । गीतको भिडियोमा सुलेमान शंकर ईकुु र नव(नायिका क्रिष्टिना पौडेलको नृत्य रहेको छ । गीतमा कबिराज गहतराजको कोरियोग्राफी रहेको छ । पौष १४ गते रिलीज हुने 'फिर्के'मा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्ज्वल भण्डारी, पुरन…