बाबु कान्छाको शिर्ष गीतमा शम्भुजितको स्वर, हेर्नुहोस् भिडियो !

म्यूजिक खबर
प्रकाशित: १९ असार २०७५, मंगलवार

काठमाण्डौ। असार २९ गतेबाट प्रदर्शनमा आउन लागेको अभिनेता सलोन बस्नेत स्टारर चलचित्र  ‘बाबु कान्छा’को   टाइटल गीत सार्वजनिक गरिएको छ । केहि समय अघि चलचित्रको सार्वजनिक ट्रेलरलाई दर्शक निक्कै मन पराए पछि चलचित्रको शिर्ष गीत रिलिज गरिएको हो ।

चलचित्रको सार्वजनिक गीतमा चर्चित गायक तथा संगीतकार शम्भुजित बास्कोटाले लामो समय पछि चलचित्र  ‘बाबु कान्छा’मा गीत गएका हुन् ।अहिलेका निकै चर्चित गायक तथा संगीतकार टंक बुढाथोकीको शब्द तथा संगीत रहेको यस गीतलाई दर्शक तथा स्रोताले मन पराउने  संगीतकार टंक बुढाथोकी बताए। शम्भुजित बास्कोटाले आफुले संगीत दिएको गीतमा स्वर दिनु आफ्नो लागि ठुलो अवसर भएको भन्दै टंकले खाली आफ्नो गीतमा आफैले मात्रै गाउना खोज भन्नेको लागि यो गीत गतिलो जबाफ भएको बताए ।

शोभित बस्नेतको निर्माण तथा निर्देशन रहेको ‘बाबु कान्छा’को यस अघि सार्वजनिक चलचित्र ‘कर्णविर’ समावेश ‘चन्द्रमा झै राम्री’ बोलको रिमिक्स भर्सनलाई दर्शक तथा स्रोताले मन पराएका छन् ।

‘बाबु कान्छा’मा सलोन सगै नीर शाह, सरोज खनाल,करिष्मा श्रेष्ठ, राजाराम पौडेल,लय संगौला , ऋतिक शाही,सम्राट सापकोटा,मञ्जु पौडेल ,गीता अधिकारी, रामेश्वर रिजाल , शुशान्त श्रेष्ठ,बिक्रम कंडेल लगायतको अभिनय रहेको छ ।यस चलचित्र बाट अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले डेव्यू गर्दैछिन्।

 सञ्चारकर्मी रबि अधिकारी कार्यकारी निर्माता रहेको ‘बाबु कान्छा’ मा सन्तोष राज भण्डारी र सुरज घिमिरे सह(निर्माताको रुपमा रहेका छन् । बाबु श्रेष्ठ र कृष्ण श्रेष्ठको छायांकन रहेको फिल्ममा रामजी लामिछाने र दिपेन्द्र तिमिल्सेनाको कोरियोग्राफी छ ।

 चलचित्रमा अस्ट महर्जनको एक्शन,गौतम राज खड्काको सम्पादन ,टंक बुढाथोकी संगीत रहेको छ भने ओम सुनारले ‘कर्णवीरको चन्द्रमा झैं राम्री छौ’गीत लाई रिमिक्स गरेका हुन् ।सलोनको बढ्दो क्रेजले यस फिल्मलाई ठूलो फाइदा पुग्ने फिल्मी पण्डितहरुको आँकलन छ । पछिल्लो रिलिज फिल्म ुए मेरो हजुर २ु पछि उनको लोकप्रियता थप चुलिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु