• श्रीदेव बने यस वर्षको ‘सर्वोत्कृष्ट मोडल’ !

    म्यूजिक खवर
    प्रकाशित: १९ भाद्र २०७५, मंगलवार

    भाद्र १९, काठमाडौं । क्यापिटल इभेन्ट्सले हरेक वर्ष बिभिन्न विधामा प्रदान गर्ने नेशनल क्यापिटल अवार्ड मध्ये ‘सर्वोत्कृष्ट मोडल’ (सुगम संगीततर्फ)को अवार्ड नायक तथा मोडल श्रीदेव भट्टराईले चुम्न सफल भएका छन् । भट्टराईले बैगुनी रैछौ मायालु बोलको गीतबाट अवार्ड हात परेका हुन् ।

     

    नेपाल पर्यटन बोर्डको सभागृहमा बिशिष्ट व्यक्ति, कलाकार तथा पत्रकार माँझ आयोजित कार्यक्रममा बिभिन्न ३५ बिधामा अवार्ड वितरण गरिएको थियो । लाईफटाइम एचिभमेन्टको सम्मान बरिष्ठ संगीतकार दिपक जंगमले लाई गरिएको थियो भने कला पत्रकारको सम्मान गीता अधिकारीलाई गरिएको थियो ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु