विन्ध्यवासिनी म्यूजिक अवार्डमा शक्ति बल्लभलाई लाइफटाइम, घिमिरेलाई संगीत पत्रकारिता पुस्कार, अजर र प्राश्ना भए उत्कृष्ट गायक गायिका

म्यूजिक खबर
प्रकाशित: ८ मंसिर २०७५, शनिबार

काठमाडौं । नवौं संस्करणको विन्ध्यवासिनी म्यूजिक अवार्ड २०७५ मा नेपाली संगीत क्षेत्रमा तीन दशकभन्दा लामो समयदेखि निरन्तर योगदान पु¥याए वापत अग्रज संगीतकार शक्ति बल्लभ श्रेष्ठलाई १ लाख रुपैयाँ सहितको ‘बिन्ध्यवासिनी लाईफ टाईम एचिमेन्ट अवार्ड–२०७५’बाट सम्मानित गरिएको छ । मुक्तिनाथ विकास बैंकको प्रस्तुति एवं भूगर्भ सिमेन्टको सहकार्य विन्ध्यवासिनी फाउन्डेशनको आयोजनामा काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा भएको म्यूजिक अवार्डको अवसरमा शक्ति बल्लभलाई लाईफटाईम एचिभमेन्ट अवार्ड प्रदान गरिएको हो ।

त्यस्तै अवार्डमा गायक अजर जंगम र गायिका प्राश्ना शाक्य उत्कृष्ट गायक गायिका बन्न सफल भए । ३३ विधामा अवार्ड प्रदान गरिएको अवार्डमा सुमग संगीततर्फ सर्वोत्कृष्ट गायक चाहिएन सागरबाट अजर जंगम र गायिका ए हावा गीतबाट प्राश्ना शाक्यले चुम्न सफल भए ।
कार्यक्रममा २५ हजार ५ सय २५ रुपैयाँ सहितको संगीत पत्रकारिता पुस्कार–२०७५बाट पत्रकार रमण घिमिरेलाई सम्मानित गरियो ।
यस्तै १५ हजार ५ सय १५ रुपैयाँ सहितको संगीत रत्नसम्मानबाट गायक सुगम पोखरेललाई, १० एक सय १० रुपैयाँ सहितको विन्ध्यवासिनी चलचित्र सम्मानबाट चलचित्र कालोपाथीका निर्देशक मिनबहादुर भामलाई सम्मानित गरियो ।

9th Bindabasini Music Award 2075

सुमग संगीत तर्फ दिलिप योञ्जन तामाङको गीत आफ्नै छायाँले‘ गीतबाट वर्षको सर्वोत्कृष्ट गीत बन्न सफल भयो । यस्तै सर्वोत्कृष्ट सुगम संगीतकारको अवार्ड माया गर्छु मनै मनमा बाट श्रीकृष्णबम मल्ल, सुगम संगीत रचनातर्फको अवार्ड मुटु चोरी लाने मायालाई बाट राजुबाबु श्रेष्ठले प्राप्त गरे । त्यस्तै सुगमतर्फ नै महिला गीतकारको अवार्ड सुन्दर फूलको थुँगाबाट पद्मा लिंखा मगर, सर्वोत्कृष्ट एल्बमको अवार्ड बि.एम. गुरुङ बलु ‘सृष्टीका बिम्ब’ र संगीत संयोजकको अवार्ड तिमी एक प्रेम कथाबाट कमल सौरागले पाउन सफल भए ।

9th Bindabasini Music Awards 2075

यस्तै पप तर्फ सर्वोत्कृष्ट पप गायकको अवार्ड तिम्रो कर्ली कपालबाट प्रेमप्रकाश ओली, महिला तर्फको पप गायन अवार्ड भेटेरै भन्नु छबाट दुर्गा खरेल, पप संगीत तर्फको अवार्ड तिमीलाई छुँदैछबाट राजु सिंह, युगल गायनतर्फको अवार्ड नौलाई शुन्य नब्बेबाट रुपकुमार राई र मेनुका राईले उत्कृष्ट सावित भए ।

त्यसैगरी लोक दोहोरीतर्फ सर्वोकृष्ट गायकको अवार्ड बैंश आकी छोरीलाईबाट नविन पौडेल, गायिकाको अवार्ड लठ्ठै पा¥यो तिम्रो मायालेबाट मिरा गिरी, लोकदोहोरी भाकाको अवार्ड मायाको लाजमा फसेकोबाट गणेश चौलागाई, लोकदोहोरी रचनाको अवार्ड शब्दकोशबाट प्रल्हाद सुवेदी, लोकदोहोरी गीतको अवार्ड रुदै धररबाट धर्मराज पाखेरलले हासिल गरे ।

यस्तै आधुनिकतर्फ म्युजिक भिडियोमा सर्वोत्कृष्ट मोडलको अवार्ड बेहुला बनाउँछु भन्थीबाट दुर्गेश थापा र निशा बोहरा र लोकतर्फ सर्वोत्कृष्ट मोडलको अवार्ड पापी कालबाट बिमल अधिकारी र रुपा कंडेलले प्राप्त गरे । भिडियोतर्फ नै लोकदोहोरी भिडियो निर्देशकको अवार्ड रातो अबिरबाट काजिस श्रेष्ठ, आधुनिक गीतको भिडियो निर्देशक अवार्ड डन्ट किल मीबाट निशान घिमिरे, भिडियो छायाँकारको अवार्ड तिम एक प्रेमकथाबाट अजय रेग्मी, भिडियो सम्पादकको अवार्ड हरेक साँझबाट बिष्णु शर्माले चुम्न सफल भए ।

यसैगरी चलचित्रतर्फ सर्वोत्कृष्ट गायक चलचित्र राज्जा रानीको चिपक चिपक‘बाट नहरी प्रेमी, चलचित्र मङ्गलमको भन के गुरुँ मबाट जुनु रिजाल काफ्ले र मङ्गलमकै पर्ख पर्ख मायालूबाट संगीतकार दीपक शर्मा उत्कृष्ट भए ।
यस्तै राष्ट्रिय भावनाले ओतप्रोत गीतको अवार्ड माटोबाट हरिराम महर्जन ‘ठेचो’, नवप्रतिभा आधुनिक, पप विधातर्फ आधी रात‘बाट भिजन बासकोटाले, सर्वोत्कृष्ट नवप्रतिभा लोकदोहोरीको अवार्ड पछ्यौरी तातो‘बाट शान्ता परियार उत्कृष्ट बन्न सफल भए भने एस एस डिजिटललाई वर्षको सर्वोत्कृष्ट म्युजिक कम्पनीको अवार्ड दिइयो । त्यस्तै अमेरिकामा बस्दै आएका गायक बिमल डाँगीलाई बिन्ध्यवासनी अन्तर्राष्ट्रिय संगीत सम्मान प्रदान गरियो ।

कार्यक्रममा गायक बलराम राजबँशीलाई विन्ध्यवासिनी जुरी अवार्ड प्रदान गरियो भने सर्वाधिक १९ हजार ८ सय ३६ मत ल्याएर सुगन शाही र देबेन्द्र क्षत्रीले पब्लिक च्वाईस अवार्ड प्राप्त गरे । यस्तै मोडल करिष्मा ढकाल र रामजी खाँडले बिन्ध्यवासिनी पपुलर अवार्ड प्राप्त गरे ।
कार्यक्रममा राजकृष्ण ढकाल, दुर्गा परियारले गीत प्रस्तुत गरेका थिए भने लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित वरिष्ठ संगीतकार शक्ति बल्लभको सम्मानमा गायक आनन्द कार्की, सुमित खड्का र गायिका प्राश्ना शाक्यले चर्चित गीत प्रस्तुत गरेका थिए । चलचित्र निर्देशक तथा सञ्चारकर्मी आवाजको दुनियाँको साथी दिनेश डिसीले प्रहसन सहित सञ्चालन गरेको सो अवार्ड समारोहमा शिब बिक, दीपासा बिसी, निर्मला निरौला, काजिस श्रेष्ठ, शँकर बिसी, रिना थापामगरलगायतको नृत्यले समारोहमा दर्शकलाई समेत नचाएको थियो ।

 

 

विन्ध्यवासिनी म्यूजिक अवार्डको पुराना सामग्रीका यहाँ क्लिक गर्र्नुहोस्

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु