भक्तघलेको भजन संग्रह “अध्यात्म” सार्वजनिक

Posted On: Monday, February 27th, 2017

फागुन १६, काठमाण्डौं । गायक भक्त घलेले आफ्नो पहिलो सांगीतिक भजन संग्रह अध्यात्म सार्वजनिक गरेका छन् | काठमाडौँमा बिहिबार एक समारोहविच भजन शिरोमणि भक्तराज आचार्य,संगीतकार न्ह्यु बज्राचार्य, गायिका देविका बन्दना, स्वरुपराज आचार्य लगाएतको हातबाट भक्तको ‘अध्यात्म’लाइ सार्वजनिक गरिएको हो | घलेको ‘अध्यात्म’मा जम्मा जम्मी ८ वटा भजनहरु रहेको छ | विमोचन समारोहमा कति मिठो बन्सीको धुन बोलको भजनको भिडियो समेत प्रदर्शन गरिएको थियो | यस्तै दुइ ओटा गीतलाई लाइभ बाजा गाजा सहित भक्तले प्रस्तुति गरेका थिए | उक्त बिमोचन समहरोह्मा…


“थासाङ् ल्हुम्बु”मा एन्जिला गौचन (भिडियो)

Posted On: Sunday, January 8th, 2017

एक दशक अघि अ स्टोरी नामक एल्बम निकालेर चर्चामा आएकी गायिका एन्जिला गौचनले आफ्नो दोस्रो एल्बम थासाङ् ल्हुम्बु ( थाक खोलाको देश ) सार्वजानिक गरेकी छिन | शनिबार थकली समुदायक माहान पर्व ल्हाफेवको अवशरमा मुस्ताङको थाक खोलामै आयोजित एक समारोह विच पुर्व बाणिज्य मन्त्रि रोमी गौचन थकालीको हातबाट सार्वजनिक गरेकी हुन् | चार वटा थकाली गीत समावेश यस एल्बममा मनोज शेरचन, कुल बहादुर गौचन, राजु गौचन तथा स्वर्गीय निला तुलाचनको शब्द संगीत रहेको छ | यस थकाली एलबममा उनले गायक…


नवराजको प्रयास बाट दैव सार्वजानिक ( भिडियो )

Posted On: Tuesday, March 29th, 2016

गायक नवराज श्रेष्ठले आफ्नो दोस्रो गीति एल्बम ‘प्रयास’ बाट ‘दैव’ बोलको गीतको म्युजिक भिडियो युटुव च्यानल मार्फत सार्वजानिक गरेका छन् । ‘के अर्थ’ बोलको गीत बाट चर्चामा आएका नवराज श्रेष्ठले लामो समय पछि यस म्युजिक भिडियो नेपाली सांगीतिक बजारमा ल्याएका हुन् । गायक नवराजले आफ्नै शब्द संगीतमा तयार पारेको यस गीतलाई फिरोज बज्राचार्यले संगीत संयोजन गरेका छन् । चर्चित भिडियो सम्पादक तथा निर्देशक प्रविन श्रेष्ट द्वारा निर्देशित यस म्युजिक भिडियोमा चर्चित कार्यक्रम प्रस्तोता तथा निर्देशक विशाल भण्डारीको साथमा रचना लामा…


Kinara ll ‘किनारा’

Posted On: Sunday, March 13th, 2016

एल्बममा पाँचवटा गीत समावेश गरिएको छ । जसमा जति छाल आए पनि, जिन्दगीले आफैंलाई, पुग्नु त मैले, आउँ तिमी अँगालोमा जस्ता गीत समावेश गरिएको छ । जसमा सन्तोष श्रेष्ठ, सागर अधिकारी, सुरेश अधिकारी र बुद्ध सायमीले संगीत दिएका छन् भने काव्य आचार्य, राज सिग्देल, अन्जु पन्त, सागर अधिकारी, संगीता तिमिल्सिना बास्तोला र एन्जिला रेग्मीले स्वर दिएका छन् । गीतलाई विन्ध्यवासिनी म्यूजिकले बजार प्रबद्र्धन गरेको छ ।  


भबिन र होमनाथको ‘होराइजन’ सार्वजनिक

Posted On: Friday, March 11th, 2016

काठमाडौं—लामो समयदेखि गीति लेखनमा क्रियाशिल रहँदै आएका गीतकार गीतकार होमनाथ न्यौपानेले पछिल्लो समयमा गायक भबिन ढुंगानाको साथमा गीति एल्बम ‘होराइजन’ लिएर आएका छन् । गीतकार न्यौपानेको एकल शब्द तथा गायक भबिन ढुंगानाको एकल स्वरहरु समावेश गरिएको पप, आधुनिक तथा शास्त्रीय शैलीका फ्युजन गीतहरुको एल्बम ‘होराइजन’ बिहिबार काठमाडौंमा लोकार्पण गरिएको छ । वरिष्ठ गीतकार दिनेश अधिकारी तथा संगीतकार दीपक जंगमले उक्त एल्बम सार्वजनिक गरेका हुन् । शास्त्रीय गायनमा भारतको नया“ दिल्ली विश्वविद्यालयबाट स्नातकोत्तर (गोल्ड मेडलिष्ट) गरेका गायक भबिनको यो डेब्यू एल्बममा…


रामको ‘आधा जीवन’ सार्वजनिक

Posted On: Sunday, March 6th, 2016

काठमाडौँ । गीतकार राम रेप्चुङको नयाँ सांगीतिक एल्बम ‘आधा जीवन’, राजधानीको रातोपुल स्थित रक हाउसमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ । सो एल्बमलाई चलचित्र विकास बोर्डका सदस्य उत्तम केसी, मिस युमा–२०१५ लक्ष्मि योङहाङ, सञ्चारकर्मी कृष्णप्रसाद भुसाल, गीतकार राम रेप्चुङ, गायिका मीना राई र समाजसेवी तथा व्यवसायी सुमन राईले संयुक्तरुपमा सार्वजनिक गरेका हुन् । विमोचित एल्बममा घुम्दै आउँछ सुख दुःख, डोली चडी गयौ तिमी, म बनम्ला तिम्रो राजा, भुलु भन्छु बैगुनी लाई र कति दिन बोक्ने जस्ता पाँच गीत समावेश गरिएको…


Kahile Timilai

Posted On: Wednesday, January 6th, 2016

  गीतकार पासाङ तामाङको आधुनिक गीतिसंग्रह तिम्रो यादमा सार्वजनिक भएको छ । मनिपाल राईको एकल संगीत र गीतकार पासाङको एकल शब्द रचनामा रहेको गीतिसंग्रह ‘तिम्रो यादमा’ म्यूजिकखबर डटकमबाट औपचारिक रुपमा सार्वजनिक गरिएको हो । मैले हार्दा के भो प्रिय, कहिले तिमीलाई, भाग्य, कहिले तिमीलाई जस्ता गीतहरु समावेश गरिएको यस एल्बममा अन्जु पन्त, प्रमोद खरेल, अमर राई, सुनिता पन्त जस्ता गायकगायिकाले स्वर दिएका छन् । एसके मिडिया सोलुशनबाट बजारमा आएको यस गीतिसंग्रहको कहिले तिमीलाई बोलको म्यूजिक भिडियो पनि सार्वजनिक भइसकेको छ…


नृपेशको आहान

Posted On: Friday, December 4th, 2015

आहान एल्बममा ९ वटा गीत समावेश गरिएको छ । जुनी जुनी, आफ्नै जिन्दगी, बढ्छ व्यथा, आउ प्रिय, नगर्नु माफ कहिल्यै, जिन्दगीको प्राप्ति तिमी, लुटेर जाने जस्ता गीत समावेश गरिएको छ । जसमा अन्जु पन्त, शर्मिला बर्देवा, शिव परियार, प्रमोद खरेल, हिमाल सागर, राज सिग्देल जस्ता गायक गायिकाको स्वर रहेको छ । एल्बमलाई द डिभाइन म्यूजिकले बजार प्रबद्र्धन गरेको छ ।


डा.नविको स्वप्न वाटिका

Posted On: Tuesday, December 1st, 2015

  ‘स्वप्न वाटिका’ भित्र डा. नवि अधिकारी ‘टाकिन्द्र’को एकल रचना रहेको छ भने डा. मन्दिरा अधिकारी यस एल्बमको प्रस्तुतकर्ताको रुपमा रहेकी छन् । गोल्डेन क्रियशनले बजार प्रबद्र्धन गरेको यस एल्बमभित्र संगीतकार सन्तोष श्रेष्ठ, शक्ति बल्लभ, अविदको संगीत रहेको छ भने अन्जु पन्त, मनोजराज, राजेशपायल राई, शिशिर योगीको स्वर समावेश गरिएको छ । सोचेभन्दा सुन्दर जीवन, हिजो माया, अलि माला, खोजी गर्दा, कुन मायाको, मैले के के विराम गरेँ जस्ता ८ वटा गीत समावेश गरिएको छ ।


समिक्षा चौधरीको वैष्णवी बजारमा

Posted On: Monday, October 12th, 2015

देशको स्थिति यतिबेला राजनीतिमय छ । गैर राजनीतिक व्यक्ति पनि यतिबेला देशको विद्यमान राजनीतिक स्थितिको विषयलाई गफ बनाइरहेका छन् । यद्यपी यस्तो राजनीतिमय वातावरणको अवस्थामा पनि दिनहुँ जसो सांस्कृतिक तथा एल्बम विमोचनका कार्यक्रमहरु भइ नै रहेका छन् । यस्तै क्रममा समिक्षा चौधरी (डगौरा थारु)को ‘वैष्णवी’ पनि बजारमा आएको छ । नेपाली कला संस्कृतिको विकास तथा सम्वद्र्धन र प्रवद्र्धन गर्नका लागि विगत लामो समयदेखि क्रियाशील चम्पन सांस्कृतिक समुहको आयोजनामा भएको कार्यक्रममा ‘वैष्णवी’को विमोचन गरिएको हो । विकास चौधरीको एकल सङ्गीत रहेको…