Immortal

Posted On: Monday, July 20th, 2015

इमोर्टल लिएर आए अमर काठमाडौं । प्रवासमा रहेर गीतसंगीतको क्षेत्रमा क्रियाशील रहँदै आएका अमर राईले नयाँ गीतिसंग्रह ‘इमोर्टल’ बजार ल्याएका छन् । म्यूजिक खबर डटकमबाट औपचारिक रुपमा सार्वजनिक गर्दै राईले इमोर्टलको सार्वजनिक गरेका हुन् । मलेसियामा रहेर नेपाली गीतसंगीतको क्षेत्रमा लागि पर्ने गायक अमर राईले इमोर्टल मार्फत् देशविदेशमा आफ्नो प्रतिभालाई प्रस्तुत गर्दैछन् । वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत रहेका अमर राई विगत लामोसमयदेखि गीतसंगीतमै क्रियाशील छन् । आफू प्रवासमा भए पनि मन त नेपाली गीतसंगीतमै डुलिरहेको छ, गायक राईले म्यूजिकखबरलाई…


Garva

Posted On: Wednesday, July 15th, 2015

देशभक्तिका गीतहरुमा राजन काठमाडौं । लोकदोहोरीबाट गायकको परिचय बनाउँदै नेपाली सांगीतिक क्षेत्रमा उदाएका गायक राजन ठकुरी यतिबेला भने देशभक्तिका गीतहरुतर्फ मोडिएका छन् । सिमसिम पानी, हातमा लाग्यो शून्य, बादलभित्र जून छ, एउटा चिठी लेख्न मन लाछ लगायत दर्जनौं चर्चित लोकदोहोरी गीतहरु बजारमा ल्याएर लोकगायकको छविलाई दरिलो बनाएका गायक राजन ठकुरीले समयसापेक्ष आफूलाई आधुनिक गीततर्फ पनि मोडिसकेका छन् । आधुनिक गीतिसंग्रह परीक्षा बजार ल्याएपछि उनको गायकीलाई अझ स्रोताले हेर्ने दृष्टिकोणमा फरक पाए पनि यतिबेला माटो र जन्मभूमिप्रतिको माया ममता र आफ्नो…


बरालको बिम्ब–२

Posted On: Wednesday, April 1st, 2015

काठमाडौं । वरिष्ठ गीतकार एवं गजलकार डा.कृष्णहरि बरालको आधुनिक गीत गजलसङ्ग्रह बिम्ब–२ शुक्रबार राजधानीमा सार्वजनिक गरिएको छ । डा.कृष्णहरि बरालको एकल गीत गजल र गैरे सुरेशको एकल संगीत रहेको गीतिसंग्रह बिम्ब–२ लाई वरिष्ठ गीतकार किरण खरेल, संगीतकार दीपक जंगम, बुलु मुकारुङ, गीतकार संघका अध्यक्ष योगेन्द्रमणि दाहाल, संगीतकार संघका अध्यक्ष लक्ष्मण शेष, चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय, प्रस्तोता समाजका अध्यक्ष हेमन्त शर्मा, उत्पादक संघ नेपालका अध्यक्ष पदम बुढालगायतले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् । कार्यक्रममा स्वागत मन्तव्य दिँदै डा.बरालले माया प्रेम…


देवलको स्वर्णीम सपना

Posted On: Sunday, March 15th, 2015

गीतकार देवल भण्डारीको एकल शब्द रचना र अर्जुन पोखरेलको एकल सङ्गीतमा स्वर्णीम सपनाको लोकर्पण गरिएको छ । म्यूजिक खबर डटकमको आयोजनामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि गजलकार तथा गीतकार डा.कृष्णहरि बराल, अतिथिसंगीत कार संघ नेपालका अध्यक्ष लक्ष्मण शेषलगायतले गीतिसंग्रह स्वर्णीम सपनाको लोकर्पण गरेका थिए । गीतकार भण्डारीका बुबा डोलराज भण्डारी र आमा जानुका भण्डारीको सभापतित्वमा उक्त कार्यक्रम भएको थियो । कार्यक्रममा आफ्ना गीति लेखनका बारेमा बोल्दै गीतकार भण्डारीले आफ्ना धमिरा लाग्न लागेका गीतका पानाहरुलाई मूर्त रुप दिनका लागि स्वर्णीम सपना…


निर्मलाको ‘रोनासा

Posted On: Sunday, March 8th, 2015

बेलायतमा बस्दै आएकी खोटाङ, सुङ्देलकी कवि तथा गीतकार निर्मला राई ‘परिवेश’ले पछिल्लो गीति एल्बम ‘रोनासा’ बजारमा ल्याएकी छन् । राजधानीमा आयोजित एक कार्यक्रममा परिवेशको दोस्रो एल्बम ‘रोनासा’को नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रष्तिष्ठानका सदस्यसचिव गणेश रसिकले विमोचन गरे । एल्बम विमाचनपछि मन्तव्यका क्रममा प्रमुख अतिथि रसिकले निर्मला राई ‘परिवेश’का गीतहरू कवितात्मक र श्रवणीय रहेको बताए । एल्बममाथि गीतकार डा. कृष्णहरि बराल तथा संगीतकार बुलु मुकारुङले पनि समीक्षात्मक टिप्पणी गरेका थिए । यसअघि ‘रोशनी’ एल्बम र ‘परिवेशका पाइलाहरू’ गीतसंग्रह प्रकाशित गरिसकेकी परिवेशको…


पुरुषोत्तमको रासुम

Posted On: Saturday, February 28th, 2015

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार पुरुषोत्तम बस्नेतको तेस्रो एकल एल्बम “रासुम” बजारमा आएको छ । बस्नेतले राजधानीमा एक कार्यक्रमको आयोजना गरी रासुमको सार्वजनिक गरेका हुन् । रासुमलाई सभासद तथा पूर्व उर्जामन्त्री प्रकाश शरण महत, वरिष्ठ गीतकार डा. कृष्णहरी बरालले एल्बमको बिमोचन गरेका थिए । बस्नेतको एकल रचनामा तयार पारिएको यस गीतिसंग्रहमा अबिद, पुस्तक प्रसाद, शशी रावल र सन्दिप कार्कीको संगीत छ । राजेशपायल राई, दिनेश गौतम, मिलन अमात्य, विश्व नेपाली, शशि रावल, सञ्जय पाण्डे र एस्थर तिमल्सिनाको स्वर छ ।…


राधाको अविरा सार्वजनिक

Posted On: Sunday, November 23rd, 2014

काठमाडौं । गीतकार राधा पाण्डेको एकल रचनामा आधुनिक गीतिसंग्रह ‘अबिरा’ सार्वजनिक गरिएको छ । शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी अविराको सार्वजनिक गरिएको हो । पछिल्लो समयका चर्चित संगीतकारका रुपमा परिचित सन्तोष श्रेष्ठ, गोविन्दमधुर आचार्य र धन ज्ञाङगीको संगीत रहेको छ । एल्बममा गायिका मन्जु उपासना, विन्दु परियार, अश्मि रिसाल, गायक वीपी वाग्ले, विजय परियार र प्रकाश रेग्मीको स्वर रहेको छ । बाढी पहिरो आयो भन्छन्, एउटा रुप सजाको छु र धेरै पछि घुम्न आको जस्ता गीत समेटिएको छ ।…


मनुताको आवाज

Posted On: Tuesday, November 18th, 2014

काठमाडौं । लामो समयदेखि मिडिया क्षेत्रमा आवद्ध रहँदै आएकी मनुता काम्वाङ लिम्बुले आफ्नो पहिलो एल्बम ‘आवाज’ बजारमा ल्याएकी छन् । सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी मनुताले आवाजलाई सार्वजनिक गरेकी हुन् । पत्रकारदेखी गायिकाको समेत उपनाम थपेकी मनुताको पहिलो एल्बम आवाजलाई महिला अधिकारकर्मी समाजसेवी तथा शक्ति समुह नेपालकी निवर्तमान अध्यक्ष चरीमाया तामाङ, पूर्व मिस मंगोल मुुस्कान नेम्वाङ एल्बमका गायक, गायिका, संगीतकार तथा रचनाकारले विमोचन गरेका थिए । गायिका मनुताले म्युजिकको औपचारीक शिक्षा नवरस संगीत पाठशालामा संगीत गुरु डेनी निरौलासँग लिएपछि…


JHARI Album

Posted On: Friday, September 26th, 2014

को हुन् डब्बुको ‘झरी’ मा रुझ्ने युवती ? काठमाडौं, ९ असोज । सञ्चारकर्मी एवं चलचित्र निर्देशक डब्बु क्षत्रीले आफ्नो एकल रचनामा शँृगारिक गजल संग्रह ‘झरी’ स्रोतामाझ ल्याएका छन् । जसमा जुगल डंगोलको एकल संगीत छ । नेपाल सँगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजीत बासकोटा र प्रा. डा. कृष्णहरि बरालले राजधानीको अनामनगर स्थित मण्डला थिएटरमा एक समारोह माझ बुधबार गजलसँग्रह झरीको बिमोचन गरे । कार्यक्रममा गीतकार तथा विन्ध्यवासिनी म्युजिकका सञ्चालक सुवास रेग्मीलाई ‘सँगीतकर्मी सम्मान–२०७१’, सौन्दर्यकर्मी शुष्मा महरालाई ‘सौन्दर्यकर्मी सम्मान–२०७१’ र…


sumi album

Posted On: Tuesday, September 9th, 2014

नाच्ने संगीत होइन बाँच्ने संगीत चाहिएको छ : सिंह काठमाडौं, २१ भाद्र । संगीतकार राजु सिंहले पछिल्लो समय नाच्ने संगीतको बाढी आइरहेको बताउँदै अब नाच्ने होइन बाँच्ने संगीत चाहिएको बताएका छन् । राजधानीमा भएको सुमी एल्बम विमोचनको अवसरमा संगीतकार सिंहले पछिल्लो समय नाच्ने संगीत आइरहेको बेला बाँच्ने संगीत सहितको एल्बम लिएर गीतकार सुमी र संगीतकार अविद आएको बताउँदै सुमी एल्बम एउटा संग्रहणीय एल्बम भएको बताएका थिए । गीतकार सुमी सिंहको एकल रचना र संगीतकार अविदको एकल संगीतमा तयार पारिएको गीतिसंग्रह…