sabhyata

Posted On: Tuesday, August 19th, 2014




bhinnata

Posted On: Friday, July 25th, 2014

भावेश भुमरीका दुई कृति एकैसाथ सार्वजनिक काठमाडौं, ७ साउन । कवि तथा गीतकार भावेश भुमरीले आफ्नो पछिल्लो गीतिसङ्ग्रह ‘भिन्नता’ एवम् कवितासङ्ग्रह ‘भोक इल्टा नाघेर सेलाउँछ’ सार्वजनिक गरेका छन् । प्रमुख अतिथि वरिष्ठ कवि तथा गीतकार दिनेश अधिकारीको हातबाट उक्त गीतिसङ्ग्रह भिन्नता एवम् कवितासङ्ग्रह भोक इल्टा नाघेर सेलाउँछको सार्वजनिक गरिएको हो । गीतकार प्रणिता चामलिङको सभापतित्वमा भएको उक्त विमोचन कार्यक्रम सुरप्रभा गीतसङ्गीत प्रा।लि।को आयोजनामा सम्पन्न भएको थियो । कार्यक्रममा गीतकार एवम् कवि भावेश भुमरीले आफ्ना अनुभवलाई प्रस्तुत गरेका थिए । पछिल्लो…


chandramukhi

Posted On: Thursday, June 26th, 2014

भीषणको चन्द्रमुखी सार्वजनिक काठमाडौं, १२ असार । गायक भीषण मुकारुङ गीति एल्बम ‘चन्द्रमुखी’ लिएर श्रोतामाझ आएका छन् । एल्बमको गत सोमबार अनामनगरस्थित मण्डला थिएटरमा आयोजित कार्यक्रममा बरिष्ठ संगीतकार अम्बर गुरुङले विमोचन गरेका हुन् । गायक मुकारुङको यो चौथो एल्बम हो । सेवा इन्टरटेन्मेन्टले श्रोतामाझ ल्याएको एल्मबमा जम्मा नौ वटा गीत छन् । एल्बममा चन्द्रमुखी, विनायोमा, अँधेरीमा जुन फुल्दा, तिमीलाई देखे, भुलेर तिमीलाई, आँखामा आँखा, कोही उदास, पिरतीको डोरी र हामीले नगरे बोलका गीत छन्, जसमा बसन्त थाम्सुहाङ, जीवन मुकारुङ, नविन…


Arambha

Posted On: Sunday, June 8th, 2014

सुर्खेती युवाहरुको सांगीतिक मनसहितको आरम्भ काठमाडौं, २४ जेठ । सुर्खेती युवाहरुको सांगीतिक मनहरुलाई राजधानीमा पोख्दै गीतिसंग्रह आरम्भ शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको छ । राष्ट्रपति कार्यालयका सचिव शारदा प्रसाद त्रितालको प्रमुख आतिथ्यतामा पूर्व महालेखा परीक्षक विष्णु बहादुर केसी, गायक एवं संगीतकार टीका भण्डारी, संगीतकार सन्तोष श्रेष्ठ, सुरेश अधिकारी, महेश खड्काको आतिथ्यतामा छत्र बडुवालको गीतिसंग्रह आरम्भको लोकर्पण गरिएको हो । गीतकार एवं एल्बमका लगानीकर्तासमेत रहेका घनश्याम खड्कोको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा एल्बमका मोडल सन्तोष शर्माले स्वागत मन्तव्य…


Samarpan

Posted On: Sunday, May 25th, 2014

यूएईमा सुमनको समर्पण लोकर्पण आवुधावी, ११ जेठ । गायक सुमन सिङदान तामाङको नयाँ गीतिसंग्रह समर्पण यूएईमा लोकर्पण गरिएको छ । यूएईमा भएको एक भव्य सांस्कृतिक कार्यक्रमका बीच सुमनको समर्पणलाई सार्वजनिक गरिएको हो । प्रवासमा रहेर पनि आफ्नो नेपाली कला र संस्कृतिको लागि समर्पित रहेका स्रष्टा सुमन सिङदानको समर्पण विमोचन समारोहमा आयोजक संस्था प्रवासी नेपाली चालक सेवा समाजका अधयक्ष मनमोल तामाङ, एनआरएन मिडलइस्टका चन्द्र रोका, एनआरएन यूएईका अध्यक्ष कृष्ण भुसाल, एनआरएन आइसीसीका सदस्य तथा जनसम्पर्क समिति यूएईका महासचिव विमल तामाङलगायतले एल्बमको…


Kadam Album

Posted On: Wednesday, March 19th, 2014

कदमलाई गजलकार मधु साश्रु, चिरञ्जीवी नेपाल र राजकुमार अमात्यको रचनामा रचिएका गजलहरुलाई कमल अधिकारीको एकल संगीतमा तयार पारिएको हो । एल्बममा हे माया म के भएँ, जब छातिभित्र गम हुन्छ, मायामा फुलेर मायामा भुलेर, बालापनको चोखो प्रेम, किन किन झरी पर्दा, सराब पिउन जाऊँ, मलाई छाडि पराइसँग जस्ता ७ वटा गीत समावेश गरिएको छ । जसमा शिव परियार, हेमन्त शर्मा, कमल अधिकारी, स्मिता रानाभाट, रोशन अधिकारी, स्वरुपराज आचार्य, टोपेन्द्र बाबुको स्वर समावेश गरिएको छ ।


chhadi gayau

Posted On: Friday, February 14th, 2014

विजय र विनुपको ‘छाडि गयौ’ लोकपर्ण काठमाडौं, १ फागुन । विजय रुम्बा लामा र विनुप सुनुवारको संयुक्त प्रस्तुति गीतिसंग्रह छाडि गयौको आज राजधानीमा एक कार्यक्रमका बीच लोकर्पण गरियो । वरिष्ठ संगीतकार राजु सिंहको हातबाट उक्त गीतिसंग्रह छाडि गयौको विमोचन गरिएको हो । नेपाल रुम्बा कल्चरल एकेडेमीको आयोजना भएको उक्त कार्यक्रममा संगीतकार सन्तोष श्रेष्ठ, विजय रुम्बाका गुरु कृष्णराज खनाल, एनसीसीएस कलेजका अधिकृत सुन्दरराज पाण्डे र सोही कलेजका भाइस प्रिन्सिपल सन्तोषराज मास्केको उपस्थितिमा रहेको थियो । कार्यक्रममा संगीतकार सन्तोष श्रेष्ठले पछिल्लो समयमा…


Lokesh ko Sapana

Posted On: Monday, January 20th, 2014

सपनामै केन्द्रित लोकेशको सपना काठमाडौं, २९ पुस । गीतकार लोकेश बोगटी म्याग्दीमा जन्मिएर कर्मथलो बनाउन क्रममा हङकङमा क्रियाशील रहँदै आएका थिए । उनको आफ्नो कार्यव्यस्तता सँगै हङकङमा रहेर विभिन्न सामाजिक क्रियाकलापमा पनि संलग्न रहादै आएका लोकेशले आफ्नो जीवनकालमा केही गीतहरु पनि लेख्न भ्याए । समाज सेवा र गीतसंगीतको क्षेत्रमा क्रियाशील रहँदारहँदै उनले गत २०१३ जनवरी १३ का दिन संसारबाट विदा लिन पुगे । राम्रो मान्छेको काल चाँडै आउँदोरहेछ भन्ने मान्यता उनीमा पनि रहिरह्यो । फलतः उनको सपना सपनामै केन्द्रित हुन…


‘Sameer’

Posted On: Monday, January 20th, 2014

समीर र अविदको ‘समीर’ लोकर्पण काठमाडौं, २७ पौष । गीतकार समीर आचार्यद्वारा रचित एवं संगीतकार अविदको एकल संगीतमा सजिएको गीतिसंग्रह ‘समीर’ लोकर्पण गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी गीतिसंग्रह समीर लोकार्पण गरिएको हो । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा आयोजना गरिएको उक्त कार्यक्रममा गीतकार समीर आचार्य, संगीतकार अविदलगायतले संयुक्त रुपमा समीरको लोकार्पण गरिएको हो । कार्यक्रममा गीतकार लय संग्रौला, गीतकार भावेश भुमरी, सङ्गीतकार अविद तथा प्रमुख अतिथिले शुभकामना मन्तव्य दिएका थिए । सहयोगी युवा क्लव, कोटेश्वरले…


best of birahi

Posted On: Thursday, December 19th, 2013