प्रसिद्ध गायक प्रेमध्वज प्रधानलाई अजर अमर सम्मान

Posted On: Friday, April 20th, 2018

७ बैशाख, काठमाडौ । संगीतकार संघ नेपालले आज काठमाडौंबाट थालनी गर्ने मेची महाकाली सांगीतिक अभियानको क्रममा प्रसिद्ध गायक तथा संगीतकार प्रेमध्वज प्रधानलाई नगद सहित अजर अमर सम्मान–२०७५ बाट सम्मान गर्ने भएको छ । सकारात्मक सोच सहित कर्तव्यवोधको सांगीतिक अभियान मूल नाराका साथ शुरु हुन लागेको यो अभियानको उद्घाटन पूर्व प्रधानमन्त्री तथा पुष्पकमल दाहाल प्रचण्डले गर्ने तय भएको छ । आज बैशाख ७ गते शुक्रबार आर्मी अफिसर्स क्लब भद्रकालीमा साँझ ५ बजेदेखि प्रारम्भ हुने उक्त समारोहअघि दिउसो ३ बजे प्रेमध्ववज प्रधानलाई…


उत्पादकको माग सम्बोधन नभए अनसन बस्छुः रेग्मी, रेग्मीजी आफ्नै खुट्टामा बन्चरो हान्दै हुनुहुन्छ : ढकाल

Posted On: Tuesday, April 10th, 2018

२७ चैत, काठमाडौं । संगीत उत्पादक समाज नेपालको गत २३ गते सम्पन्न भएको तेस्रो साधरणसभाबाट एक पक्ष विजयी भइसकेको छ भने अर्को पक्ष विरोध, धर्नाका कार्यक्रम गर्दै आइरहेको छ । एकातिर विजयी हुने अध्यक्ष निर्मल ढकालको समूह वैधानिक होइन भन्दै अध्यक्षका प्रत्यासी रहेका विन्ध्यवासिनी म्यूजिकका संचालक सुवास रेग्मी भनिरहेका छन् भने अर्कोतिर विजयी अध्यक्ष ढकाल रेग्मीजी आफ्नै खुट्टामा बन्चरो हानिरहेको बताएका छन् । स्रष्टाकै हक अधिकारका लागि लड्छु भनेर अध्यक्षको प्रत्यासी भएका सुवासजी हारेपछि भने रोयल्टीको अभियानलाई बिथोल्छु भन्नु बल्ल…


 गीत बजाएको पैसा नबुझाउने गाडीे नविकरण र रुट इजाजत नपाउने

Posted On: Sunday, April 1st, 2018

१८ चैत, काठमाडौं । सार्वजनिक यातायातमा गीत बजाए वापतको संगीत रोयल्टी नतिरे अब गाडीको नवीकरण नहुने र रुट इजाजतको प्रमाणपत्रसमेत नदिने व्यवस्था लागू भएको छ । यातायात व्यवस्था विभागले आइतबार जारी गरेको व्यवस्थापन कार्यविधि निर्देशिकाले सार्वजनिक यातायातले गीत संगीत बजाए वापतको रोयल्टी नतिरेसम्म रुट इजाजत नदिने प्रावधान सार्वजनिक गरेको छ । जारी गरिएको निर्देशिकाको बाटो इजाजतसम्बन्धी व्यवस्थाको २९ नम्बर बुँदामा बाटो इजाजत पाउन र नवीकरण गर्न अनिवार्य रुपमा संगीत रोयल्टी चुक्ता गरेको प्रमाण पेश गर्नुपर्ने व्यवस्था गरेको छ । सार्वजनिक…


‘अहिले आएर थाहा पाएँ त्यतिबेला मुर्गा भएछु’

Posted On: Wednesday, March 28th, 2018

सविता पोखरेल/म्यूजिकखबर कला पंगेनी, लोकदोहोरी गायिकाको रुपमा परिचित नाम हो । मुलुकमा हुने मेला महोत्सव र विदेशका कार्यक्रमहरुमा पनि उनको व्यस्तता बढ्दै गएको छ । जवानीको जोश, शिरमा ढाका टोपी, बोले हुन्न र जस्ता पाँच दर्जनभन्दा बढी गीत बजारमा ल्याइसकेकी गायिका कला पंगेनीले गायिका बन्ने रहरसँगै ब्यूटिसियन बन्ने रहर मनमा पालेकी थिइन् । उनी गायिका त भइन् तर ब्यूटिसियन बन्ने रहर भने बल्ल एकदशकपछि पूरा गर्दैछिन् । हप्ताको पाँच दिन उनी गीतसंगीतका कार्यक्रमहरुमा व्यस्त हुने उनी दुई दिन भने ब्यूटि…


‘भ्यू बढाउन र पैसा कमाउनकै लागि यूट्यूबेहरुले धेरै विकृति भित्र्याए’

Posted On: Monday, March 12th, 2018

  नरहरि प्रेमी, गायक तथा संगीतकार नामै नरहरी प्रेमी, प्रेमी चाहिं कसको नि ? मलाई जसले माया गर्नुहुन्छ, उहाँहरु सबैको लागि म प्रेमी हुँ । पछिल्लो समय के मा व्यस्त हुनुहुन्छ ? गीत संगीत रेकर्डिङमै लगायत श्रुति संगीतको सञ्चालनका नियमित काममा व्यस्त छु । सामान्यतया सांगीतिक जीवनयापन गर्दैछु । श्रुति संगीतको स्थापनाताकाको समयमा फर्केर केही बताइदिनुस् न ? मैले भन्न चाहेको कुरालाई प्रश्न गरिदिनु भयो धन्यवाद । धेरै पहिला गीत गाउन भनेर नवलपरासीबाट काठमाडौं भित्रिएको मान्छे म । भाका–१ एल्बम…


रहरले रोधी पु¥याउँथ्यो

Posted On: Tuesday, February 20th, 2018

सुमन बैरागी/म्यूजिक खबर स्याङ्जा एलादी गाविस—४ खाल्टेकी शर्मिला गुरुङ लोकदोहोरीको क्षेत्रले कहिल्यै नभुल्ने नाम हो । उनको आवाजमा धेरै गीतहरु सुनिसकेका छन् नेपाली लोकगीतप्रेमीहरुले । रेडियो नेपालबाट २०५६ स्वर परीक्षा पास गरेकी गायिका शर्मिला गुरुङलको पहिलो रेकर्ड भएको गीत भने ‘निलो पछ्यौरी’ हो । पुरुषोत्तम न्यौपाने र राजेन्द्र लम्साल क्षेत्रीसँगै उनले गाएको नीलो पछ्यौरी त्यो जमानाको चर्चित गीत थियो । त्यसपछि निरन्तर गीत गाउँदै आएकी शर्मिलाले मिर्मि मुनी काली थुनेको, बल्लै भो भेट, काली गंगा तरेँ, फर्क मुग्लानी, सालैजो, कौडा…


“भिडियोको भाउ चिनी, तेल, तरकारीको भाउ जस्तो होइन”

Posted On: Thursday, February 1st, 2018

सुमन पण्डित÷म्यूजिकखबर प्रकाश भट्ट, गोरखाबाट काठमाडौंसम्मको यात्रामा धेरै उतार चढाव भोगेका छन् । उनले काठमाडौंको यात्रा तय गर्नु अघि लाहुरे बन्ने सपना बोकेका थिए । पढ्न भनेर काठमाडौं छिरेका उनले आर्मीमा सेकेन्ड लप्टनमा जागिर खाने सोच बनाएका थिए । हाइट र वेट नपुगेकै कारण उनी लाहुरे हुनबाट बञ्चित भए तर काठमाडौं प्रवेश गरेपछि विभिन्न आरोह अवरोहमा समाहित गर्दै अघि बढेका छन् । यो सपनाको शहरमा छिर्दा उनीभित्र पनि धेरै सपना थिए तर जिन्दगीको भोगाईका अनुभवले आज उनलाई ती दिनले तर्साउँछ,…


‘झोलामा कम्पनी बोकेर विजनेश हुँदैन’

Posted On: Wednesday, January 24th, 2018

सुमन पण्डित÷म्यूजिकखबर निर्देशक उमेश गुरुङ नेपाली गीतसंगीतको क्षेत्रमा म्यूजिक भिडियो निर्देशकको रुपमा व्यस्त सूचीमा पर्छन् । लमजुङदेखि काठमाडौं प्रवेश गर्दा हिरो बन्ने लक्ष्यका साथ आए पनि उनी सोचेजस्तो हिरो भने बन्न सकेनन् तर सफल निर्देशकको सूचीमा भने आफूलाई दर्ज गराए । काठमाडौं आएपछि आफ्नो सपनाअनुसार उनले नृत्य र अभिनय सिक्दै आए । ०६० सालबाट निर्देशकीय यात्रा प्रारम्भ गरेका निर्देशक गुरुङले लोकदोहोरीको म्यूजिक भिडियोको यात्रा नै फरक बाटोमा मोड्न सफल भए । त्योभन्दा पहिला म्यूजिक भिडियो निर्देशन गर्नेहरुले लोकदोहोरी भनेपछि सेन्टिमेन्टल…


मृगौला पीडित गायिका जलजलाका लागि सहयोग जुटाउँदै संगीतकार मास्के

Posted On: Wednesday, January 24th, 2018

१० माघ, काठमाडौं । दुबै मृगौलाले काम गर्न छाडेपछि गायिका जलजला परियार अस्पताल भर्ना भएकी छन् । नेपाली तारा सिजन ३ की प्रतियोगी गायिका जलजलाको उपचारमा संगीतकार सुनिल मास्केले सहयोग जुटाउने अभियान थालेका छन् । मास्केले उनको उपचारका लागि सहयोग जुटाउने क्रममा आफैंबाट १० हजार रुपैयाँ दिएर सुरुवात गर्दै सहयोग गर्ने दाताहरुलाई सम्पर्क गर्न फेसबुकबाट अनुरोध गरेका छन् । उनले गरेको सहयोगको सुरुवातसँगै गीतकार नूतन भुसाल र गीतकार श्रवण जोशीले ५–५ हजार सहयोग गरिसकेका छन् । मास्केले फेसबुकमार्फत् बगैंचामा फुल्न…


”पर्चेज गरेर छिटो कमाउने ध्यानमा लाग्दा प्रविधिको दुरुपयोग भयो”

Posted On: Saturday, January 20th, 2018

[caption id="attachment_21713" align="aligncenter" width="792"] परशुराम रिजाल, गायक तथा संचालक, भाइब्स क्रियशन प्रा.लि.[/caption] पछिल्लो समय भाइब्स क्रियशन के गर्दैछ ? पछिल्लो समय संगीतको बजार निकै सुस्त गतिमा चलेको छ । प्रविधि अगाडि बढिरहेको छ, हामी पछाडि दौडिरहेका छौं । डिजिटल बजारमा संगीत उद्योग नै लागिपरेको अवस्थामा यूट्यूबमा मात्र सीमित रहेको छ तर यसबाट पनि भनेजस्तो व्यापार गर्न नसकेको अवस्था छ । अडियोको बजारदेखि अहिलेसम्म सांगीतिक व्यापार भाइब्स कस्तो चल्दैछ ? प्रविधिले फड्को मार्ने क्रममा नेपाली संगीतबजारमा कुनै बेला कम्पनीहरुलाई निकै फाइदा…