सगरमाथा दिवसको अवसरमा नाम्चेमा कन्सर्ट हुने !

Posted On: Wednesday, May 23rd, 2018

ज्येष्ठ ९,  काठमाडौं । सगरमाथा दिवसको अवसर पारेर सोलुखुम्बुको नाम्चेबराजमा वृहत सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ । प्रत्येम मे २९ का दिन मनाइने एभरेष्ट डे अर्थात सगरमाथा दिवसको अवसर पारेर यही जेठ १५ गते मंगलबार पार्टि एभरेष्ट इन्टरनेशनल इन्टरटेन्मेन्टले नाम्चेबजारस्थित हिमालय आधारभूत विद्यालयको प्रांगणमा लोकप्रिय कलाकारहरुको साथमा लाईभ कन्सर्ट तथा डान्स पार्टि व्यवस्थापन गर्न लागेको हो । पार्टि एभरेष्टका पासाङ छिरिङ शेर्पाद्वारा जारी गरेको प्रेस विज्ञप्ती अनुसार पार्टि एभरेष्टको प्रस्तुतीमा ‘एभरेष्ट डे–२०१८’ शीर्षक राखेर विश्वकै सबैभन्दा अग्लो स्थानमा कन्सर्ट…


राजुको प्रेममा परिन आंचल (भिडियो सहित)

Posted On: Wednesday, May 23rd, 2018

जेठ-९, काठमाडौँ चर्चित नायिका आंचल शर्मा मोडल राजु ग्याबकको मायामा परेकी छिन्। सधै जसो पल शाह संग देखिने यी नायिका यसपाली भने मोडल राजु ग्याबकको मायामा चुर्लुम्म डुबेको कुरा बुधबार मात्र सार्वजनिक भएक हो । राजुले अनायासै लाएको मायामा उनि असाध्यै डुबेको बुधबार सार्वजनिक एक भिडियोले पुष्टि गरेको छ। उनीहरुको मायाजालको भिडियो एकाएक चर्चामा आएको छ। बुधबार सार्वजनिक गायक सुनिल सिं ठकुरीको पछिल्लो गीत जानी नजानी लाएको मायाको म्युजिक भिडियोमा यी दुईको प्रेम छताछुल्ल भएको हो। ठकुरीको यस म्युजिक भिडियोमा…


८ वर्षिय गायक साजनले गाए सबैलाई रुवाउने गीत ! हेर्नुहोस् भिडियो !

Posted On: Monday, May 21st, 2018

ज्येष्ठ ७, काठमाडौं । माया प्रेमले मान्छेलाई कहिले हसाउँछ कहिले रुवाउँछ । मायाले जब रुवाउँछ तब मान्छेले त्यो मायाको माध्यम बन्ने बिपरित मान्छे नभेटिएको भए हुन्थ्यो भन्दै बिलौना गर्न थाल्छ । त्यस्तो बिलौना बयस्क वा उमेर पुगेको व्यक्ति भए त ठिकै हो तर यहाँ ८ वर्षीय एक बालकले त्यस्तो बिलौना गरेका छन् । यस्तो बिलौना गर्ने व्यक्ति हुन् बाल गायक सबि साजन राई र उनको यो बिलौना "नभेटिएको भए हुन्थ्यो" बोलको गीतमा सुनिएको हो । एक्सन ईन्टरटेन्टमेन्टको प्रस्तुति रहेको उक्त…


गीतकार उपाध्याय बैंक डुबाएर अमेरिका फरार

Posted On: Monday, May 21st, 2018

७ जेठ, काठमाडौं । गीतसंगीतको क्षेत्रमा आफूलाई वरिष्ठ गीतकार हुँ भन्ने गीतकार गोविन्ध प्रसाद उपाध्याय अमेरिकातर्फ पलायन भएको लामै समय भइसक्यो । नेपालमा छँदा बैंकको सिइअो जस्तो गरिमामय पदमा बसेका गीतकार उपाध्याय एकाएक अमेरिका किन उडे, ग्रीन कार्डको चक्करमा किन लागे भन्ने संगीत क्षेत्रमा नलागेको भने पक्कै होइन । रातारात डकुमेन्ट बनाएर कसैलाई थाहा नै नदिई अमेरिका हिंडेका गीतकार उपाध्याय एपेक्स बैंकको सिइअो रहँदा एक अर्ब घोटला गरी फरार रहेको बताइएको छ । हाल बैंक डुबाउने गीतकार उपाध्यायलाई इन्टरपोलले खोजी…


प्रमोद र अन्जु नै भए रोयल्टी धेरै बुझ्ने, एनटीसीसँग अझै लफडा

Posted On: Sunday, May 20th, 2018

६ जेठ, काठमाडौं । प्रस्तोता समाज नेपालले बितरण गर्ने रोयल्टी बुझ्नेमा यसपाली पनि गायक प्रमोद खरेल र गायिका अन्जु पन्त नै अगाडि देखिए । पछिल्लो तीन वर्षदेखि रिङ ब्याक टोन (आरबीटी) बाट संकलित रकममा उनीहरूले अरूको भन्दा बढी रोयल्टी बुझ्दै आएका छन् । प्रस्तोता समाज नेपालले एनसेलको पीआरबीटीबाट संकलित रोयल्टी रकम शनिबार ५१ जना गायकगायिकालाई वितरण गरेको थियो । एनटीसीसँग चाहिँ आरबीटीका विषयमा ‘लफडा’ भइरहेको प्रस्तोता समाजका अध्यक्ष तुलसी पराजुलीले बताए । गएको जुलाईदेखि नोभेम्बरसम्मको कुल ५ लाख २५ हजार ८८ रुपैयाँमध्ये अञ्जुले…


गीतकार बानियाँ झुण्डिएको अवस्थामा फेला, हत्या कि आत्महत्या ?

Posted On: Sunday, May 20th, 2018

६ जेठ, काठमाडौं । वैदेशिक रोजगारीको क्रममा मलेशिया पुगेका गीतकार सन्तोष बानिया झुण्डीरहेको अवस्थामा भेटिएका छन् । स्रोतका अनुसार उनलाई उनकै कोठा भित्र डोरिमा झुण्डीरहेको अवस्थामा भेटिएको बताईएको छ । उनको अवस्था हेर्दा आफै नझुण्डीई अरु कसैले नै झुण्डाएर हत्या गरेको हो कि भन्ने शंका गरिएको छ । उनको गलामा लगाईएको पाँसोको गाँठो चिउँडो नाघेरको छ र उनलाई हत्या गरिएको बाताइएको छ । घटनाको बारेमा पुरा बिवरण भने आईसकेको छैन । बानिया नेपाली लोक दोहोरी क्षेत्रका एक होनहार सर्जक हुन्…


किन भयो गायिका सारिकालाई कन्फ्यूजन (भिडियोसहित)

Posted On: Saturday, May 19th, 2018

ज्येष्ठ ६, काठमाडौं । नायिकाबाट गायिकाको परिचयमा पनि आफूलाई स्थापित गर्न लागेकी सारिका घिमिरेलाई कन्फ्यूजन भएपछि हटाउनका लागि गायक ध्रुव विस्कोले अनुरोध गरेका छन् । गायक ध्रव विश्कोले नायिका/गायिकालाई 'कन्फ्यूजन त्यो दिलको डिलेट गरन' भन्दै छन् गीतमा । अभिनास थापको शब्द, ध्रुव विस्को र सारिका घिमिरेको स्वर रहेको गीतमा भीम विसीको कम्पोज रहेको छ । गीतको भिडियोमा चपुर हिरोज क्रियुको र केवीका खत्रीका साथै सारिका र धु्रव्रलाई फिचरिङ गरिएको छ । चपुर हिरोज क्रियु र केवीको अभिनयले गीतको भिडियो राम्रो…


आर के गुरुङको रोधी घरको आँगन

Posted On: Saturday, May 19th, 2018

५ जेष्ठ, काठमाडौं । गायक आरके गुरुङको नयाँ सालैजो रोधीघरको आँगन बजारमा आएको छ । गायक गुरुङको संगीतमा फोटोग्राफर मिलन तमुको शब्दमा तयार भएको रोधीघरको आँगनमा स्वर भने तारा श्रीष र रामकुमार गुरुङ(आरके)को रहेको छ । यस गीतको म्यूजिक भिडियोलाई पवित्रा गुरुङले गरेका छन् भने प्रकाश गुरुङको छायाँकन रहेको छ । सर्वज्ञमान शाक्यको सम्पादन रहेको यस म्यूजिक भिडियोलाई लोकलय नेपालको यूट्यूबबाट सार्वजनिक गरिएको हो ।


गायिका सुमित्राको उमेर भयो सत्र (भिडियो सहित)

Posted On: Friday, May 18th, 2018

४ जेठ, काठमाडौं । गायिका सुमित्रा लामाको उमेर यतिखेर १७ पुगेको छ । अब १६ र १७ को बेलामा के हुन्छ कस्तो हुन्छ ? सुमित्रालाई पनि सोह्र र सत्रले छाएपछिको काउकुती लागेको अवस्था छ । गायिका सुमित्रा लामा र रामजी खाँडको स्वरमा रहेको गीत उमेर पुग्यो सत्र यतिबेला बजारमा सार्वजनिक भएको छ । बबिन नेपालको शब्द र सुमित्रा लामाको लयमा तयार भएको उमेर पुग्यो सत्र यतिखेर चर्चाको शिखरमा छ । रिना थापा र सुजन तामाङको अभिनय रहेको यस म्यूजिक भिडियोलाई…


शम्भुजित बास्कोटाले हाने चौका दाउ

Posted On: Friday, May 18th, 2018

४ जेष्ठ, काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा चलचित्र चौका दाउ छायाँकन भईरहेको छ । यो चलचित्रको एक साता अघिबाट छायाँकन सुरु भएको हो । अग्रज संगीतकार एवं नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजीत बासकोटा यो चलचित्रका परिकल्पना, कथा र संगीत हुन् । यस अघि आठ ओटा चलचित्रमा कथा लेखिसकेका बासकोटाले चौका दाउ आफ्नो कथामा मा निर्माण हुन लागेको नवौं फिल्म हो भने । चलचित्रको छायाँकन तिब्र रुपमा भईरहेको र जेठ महिनाभरी छायाँकन सम्पन्न गर्ने उनले बताए ।…