‘मैले गाउन थालेपछि पैसाको वर्षा हुनथाल्यो’

Posted On: Thursday, December 1st, 2016

रामकृष्ण ढकाल, गायक आवरणको खबर कस्तो छ ? एकदमै राम्रो छ । जताततैबाटै राम्रो रेस्पोन्स पाइरहेको छु । मिडिया र यूट्यूबको भ्यूअर्स हेर्दा धेरै राम्रो भएको पाएको छु । गीतहरु पनि फरक छन् । यसको शीर्ष गीत ‘म लडेको’ एकदमै राम्रो रेस्पोन्स बटुल्न सफल भएको छ । अन्य गीतहरु पनि चर्चा बटुल्ने क्रममा नै छन् भने म हुरीमा दियोले त इमेज अवार्डसमेत चुमिसकेको छ । आवरणभित्रको कुन गीत बढी मन पर्छ ? म लडेको बोलको गीत नै बढी उचाइमा देखिन्छ…


संगीतको सागरमा आनन्दित जीवन बाँचिरहेको छु: मनोजराज

Posted On: Saturday, October 29th, 2016

मनोजराज शिवाकोटी नेपाली गीतसंगीतको क्षेत्रमा एउटा चर्चित गायक हुनुहुन्छ । उदयपुर जिल्लाको रिस्कु गाबिसमा बुबा मन्दिर शिवाकोटी र आमा मन्जु सिवाकोटीको जेठो छोरा हुनुहुन्छ गायक मनोजराज । नेपाली सांगीतिक क्षेत्रमा दर्जनौं गीतमा स्वर दिइसकेका मनोजराज आधुनिक गीतगजलको क्षेत्रमा उच्चकोटीका गायकका रुपमा चिनिन्छन् । शास्त्रीय संगीतमा समेत दख्खल राख्ने मनोजराज आफूलाई सिक्दै गरेको संगीतको विद्यार्थी बताउँदै आउनु भए पनि यतिबेला धेरैलाई संगीत शिक्षा दिँदै आइरहनुभएको छ । हिट्स एफएम म्युजिक अवार्ड, म्युजिक खबर अवार्ड, इमेज अवार्ड, क्यापिटल नेशनल अवार्ड, राप्ती समाज…


समाजले गीतलाई नकरात्मक भन्नै सक्दैन : गीतकार विश्व देवकोटा

Posted On: Wednesday, March 23rd, 2016

गीतकार विश्व देवकोटा सुरुवाती पेशाले हेर्दा शिक्षक । शिक्षण पेशा छाडेपछि नेपाल सरकारकै स्रोत व्यक्तिका रुपमा विभिन्न जिल्लामा कार्यरत हुनुहुन्छ । गत वर्ष मात्र म्यूजिक खबर म्यूजिक अवार्डमा उत्कृष्ट एल्बमको अवार्ड प्राप्त गर्न सफल गीतकार देवकोटाले गीति लेखनको सुरुवातीदेखि नै पाएको सफलतालाई निरन्तरतामा बदल्दै हुनुहुन्छ । स्कुलदेखि नै शिक्षण पेशामा गीतका माध्यमले मनोरञ्जन प्रदान गर्दै आउँदा एकातिर विद्यार्थीलाई बुझाउन सजिलो हुने र अर्कातिर आफ्नो क्षमताको पनि सदुपयोग हुने गीतकार देवकोटा बताउनुहुन्छ । गीतलाई हेर्ने दृष्टिकोण समाजले यतिबेला नकारात्मक रुपमा लिनै…


दुरुपयोग भन्ने काम मैले जिन्दगीमा गरेकै छैन

Posted On: Sunday, March 13th, 2016

चेतन सापकोटा, संगीतकार/निर्माता चैत ५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र भाग सानी भागका निर्माता एवं संगीतकारसमेत रहेका चेतन सापकोटा आफूले चलचित्र उद्योगमा लागेर दुरुपयोग भन्ने काम कहिल्यै नगरेको बताउँछन् । एउटा मौलिक, एवं सामाजिक कथावस्तुमा निर्माण गरेको चलचित्र भन्न रुचाउँछन् भाग सानी भाग लाई । नवल नेपालको निर्देशन एवं पटकथामा निर्माण भएको चलचित्र भाग सानी भागलाई सापकोटा बाहेक विष्णु चापागाईं, सहदेव गौतम, विलोल पोखरेलको लगानी रहेको छ । प्रस्तुत छ, भाग सानी भाग चलचित्रको प्रदर्शनको क्रममा संगीतकार निर्माता चेतन सापकोटासँग…


शास्त्रीय गायनको पुनरागमन हो पल्लवीः संगीतकार श्रेष्ठ

Posted On: Tuesday, January 26th, 2016

संगीतकार सन्तोष श्रेष्ठ यतिबेला १६ औ्र एकल संगीतको गीतिसंग्रह लिएर आएका छन् । आफ्नो संगीतको दौरानमा भोगेका तीतामिठा अनुभवभित्र पल्लवीले एउटा नयाँ पाटोलाई समर्पण गरेको अनुभव उनीसँग छ । पल्लवीमा गरिएका संगीतले शास्त्रीय बाटोतर्फ मोडिएको बेला उनका लोकआधुनिक गीतहरुले नेपाली संगीतबजारमा छुट्टै पहिचान बनाएको छ । तर शास्त्रीय संगीत पछिल्लो समयमा कमै मात्रामा बजारमा देखिने हुँदा पल्लवीले शास्त्रीय संगीतलाई पुनरागमन गरेको अनुभूत छ, संगीतकार श्रेष्ठसँग । गीतकार नृपध्वज खड्काको एकल रचनामा तयार भएको पल्लवी विमोचन गरिएसँग उनीसँग म्यूजिकखबरले गरेको कुराकानीः…


वेटरबाट गायिका बनेँ : गिरी

Posted On: Sunday, December 6th, 2015

कसको होला छोरो, कुन संसारमा जाऊँ जस्ता गीतले चर्चामा आएकी गायिका मिरा गिरी यतिबेला खरबारीमा बोलको गीतबाट चर्चा बटुल्दैछिन् । गाइघाट, कटारी नपा ७ उदयपुर घर भएकी गायिका मिरा गिरी यतिबेला लोकदोहोरीमा चर्चा बटुल्ने क्रममा छिन् । दोहोरी साँझमा वेटर बन्दै आधारभूत आवश्यकता पूर्ति गर्दै आएकी मिरा गिरी यतिबेला भने व्यवसायिक गायिकाको रुपमा कार्यरत छिन् । वेटरबाट गायिका बनेकी यिनको सानैदेखि लक्ष्य नै गायन थियो । म्यूजिक खबरका लागि समुन बैरागीले गायिका मिरा गिरीसँग गरेको कुराकानीः कहिलेदेखि गायनमा लाग्नुभयो ?…


मौलिक गीतसंगीत सधैं सफल हुन्छन् : गायक, विरही कार्की

Posted On: Tuesday, November 17th, 2015

विरही कार्की लोकगायनको क्षेत्रमा चर्चित नाम हो । २०५३ सालमा रेडियो नेपालबाट स्वर परीक्षा पास गरेर यो क्षेत्रमा निरन्तर लागिरहनुभएका कार्की लोक दोहोरीको क्षेत्रमा शब्द, लय र गायनको त्रिवेणी नै हुनुहुन्छ । लोक गायनको क्षेत्रमा मौलिकतालाई केन्द्रविन्दुमा राखेर लोकको मर्मअनुसार चल्न सक्नुपर्छ भन्ने मानसिकताका साथ अघि बढ्नुभएका गायक कार्कीले धेरै म्यूजिक अवार्ड, सम्मान प्राप्त गरिसक्नु भएको छ भने एकल साँझसमेत सम्पन्न गरिसक्नुभएको छ । पछिल्लो समयमा बजारमा आएका दुई गीत ‘आमा–२’ र ‘गुराँस फुल्ने ठाउँतिर’ लाई केन्द्रित गर्दै उहाँसँग म्यूजिकखबरले…


व्यापारिक मानसिकताले संगीतको बजार बिग्रिएको हो

Posted On: Sunday, October 4th, 2015

झलक संगीतम्, गायक, संगीतकार झलक संगीतम् संगीतको एउटा विद्यार्थी हुन् । लोकगायकको परिचय बोकेर सांगीतिक क्षेत्रमा उदाएका उनले काठमाडौंमा घर, सोल्टिनीलाई बैना मारुकी लगायतका दर्जनौं हिट गीत दिए । संगीतको आरोह अवरोहमा उनको नाम लोकगायकै रुपमा स्थापित थियो । आधुनिक गीतसंगीतमा पनि उनले राम्रो प्रगति गरेका छन् । बाचा आधुनिक एल्बमबाट गायन र एल्बमको अवार्डसमेत चुमिसकेका उनले आफ्नो सुरुवात लोकगीत भए पनि आधुनिक गायनलाई पनि मजबुत बनाएका छन् । संगीतको संघर्षमा उनले कहिले गायक भए, कहिले शब्द संकलक त कहिले…


मलाई अमेरिका अनि डलरमोहले कहिले पनि छोएन : आनन्द कार्की, गायक

Posted On: Sunday, August 30th, 2015

जस्तो नाम त्यस्तै काम आनन्द कार्की । सोलुखुम्बुको दिङ्ला गाउँमा जन्मिएका गायक आनन्द कार्की नेपाली सांगीतिक आकाशमा एक अब्बल स्तम्भ नै हुन् । हिन्दी गीतका लागि पनि ख्याति कमाएका जादुमयी स्वरका धनी गायक जे गाउँछन् खुलेर गाउँछन् र सबै विधाका गीतमा उतिकै आनन्द महशुस गर्दछन् र प्रशंसा पनि बेजोड पाउँछन् । इण्डियन आर्मीमा जागिरे बुबासँग ६ वर्षको उमेरमा लखनउ छिरेका त्यहीँ नै औपचारिक शिक्षा समेत लिएका हुन् कार्कीले । लखनउमै संगीतको विषारदसम्मको शिक्षा लिएका कार्कीले इन्टरमिडियटसम्मको अध्ययन पनि उतै गरेका…


तिजको गीत भन्दा लाज लागेर आउँछः गीतकार गायत्री थापा

Posted On: Thursday, August 27th, 2015

पछिल्लो समय यस्तो लोकप्रियताका कारण तिज गीतमा विकृति आएको बताउँछिन् गीतकार तथा गायिका गायत्री थापा। यसपालिको तिजका लागि ”माइतीको झल्को“ बोलको गीत ल्याएकी गायत्रीले चार वर्षयता निरन्तर उनका तिजका चार एल्बम आइसकेका छन् । विशेषगरी आधुनिक गीति लेखनमा जमेकी गायत्री आफै पनि गाउँछिन् । तर, उनी आफूलाई गीतकारकै रुपमा चिनाउन चाहन्छिन् । डेढ सयभन्दा बढी गीत रर्कड गराएर नेपाली सांगीतिक क्षेत्रमा एक कुसल गीतकारको परिचय बनाएकी गायत्रीसँग एमपी सुब्बाले गरेको कुराकानी : गीत लेख्न कहिलेदेखि सुरु गर्नुभयो ? गीत त सानैदेखि…