यौन विद्रोह कथासंग्रह नमस्ते काठमाण्डू

Posted On: Monday, May 22nd, 2017

काठमाडौं । पत्रकार डब्बु क्षत्रीको पहिलो कथा संग्रह ‘नमस्ते काठमान्डू’ पाठकमाझ आएको छ । राजधानीको कालिकास्थन स्थित सर्वनाम नाटकघरमा कलाकारहरूले कथामाथि बनेको गीतमा अभिनय गर्दै पुस्तक सार्वजनिक गरेको छ । संग्रहका कथाको भाव समेटेर बनाईएको गीत ‘नमस्ते काठमान्डू’ पनि सोही कार्यक्रममा सर्वजनिक गरिएको थियो । जुगल डंगोलको संगीत र सन्देश पाठकको स्वरमा रहेको यो गीतमा कथाका सबै शिर्षक र भाव समेटिएको थियो । राज शाहको निर्देशनमा सर्वनामका कलाकारहरूले सबै कथाको भाव झल्कने गरी अभिनय प्रस्तुत गरेका थिए । पुस्तक लोकार्पण…


संगीतकार टिका भण्डारी लिखित ‘रेडियो पत्रकारिता’ बजारमा

Posted On: Monday, May 22nd, 2017

काठमााडौं । रेडियो प्रसारण सम्बन्धि पाठ्य सामग्रीको अभाव खेपिरहेका लागि ‘रेडियो पत्रकारिता’नामक पुस्तकलाई हेरिटेज पब्लिसर्स भोटाहिटीले बजारमा ल्याएको छ । संगीतकार टीका भण्डारीद्वारा लिखित पुस्तक ‘रेडियो पत्रकारिता’ ले रेडियो प्रसारण क्षेत्रमा जीवन निर्माण गरिरहेका सम्पूर्ण रेडियो प्रसारकहरुलाई लक्षित गरेको छ । आवश्यक परे वा थप जानकारीका लागि ४२२१२९१, ४२२१२९१, ४२१६५३८ मा फोन गर्न सक्नु हुनेछ । लेखक भण्डारीले ‘गहिरो मिहेनत सहितको कोसिस हो, हात परेपछि परिमार्जनका लागि पढेर अवश्य सल्लाह सुझाव दिनु हुनेछ’ भनेर अनुरोध समेत गरेका छन् । पुस्तकमा…


विपिन मर्मको “मनको शल्यक्रिया” विमोचन

Posted On: Monday, May 1st, 2017

काठमाडौं । गजलकार विपिन मर्मको गजल सङ्ग्रह “मनको शल्यक्रिया” कमलादी, काठमाडौं स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार विमोचन गरियो । वरिष्ठ गजलकार डा. कृष्ण हरि बरालले उक्त सङ्ग्रहको विमोचन गरेका हुन् ।गजल सन्ध्या, पोखराको प्रकाशनमा रहेको ‘मनको शल्यक्रिया’ भित्र १०१ वटा गजलहरू समाविष्ट छन् ।सो गजल सङ्ग्रहको वरिष्ठ छन्द गजलकार पोष्टराज चापागाईले समीक्षा गर्नुभएको थियो । हातेमालो साहित्य सङ्गमका अध्यक्ष दिपेन्द्र अश्रुमालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपन्यासकार तथा संस्थाका सदस्य मालिका केशरीले स्वागत मन्तव्य दिनु भएको थियो । कार्यक्रममा कवि तथा मुक्तककार रमेश…


निर्देशक तथा सञ्चारकर्मी क्षत्रीको ‘नमस्ते काठमाडौं’ तयार

Posted On: Thursday, April 27th, 2017

काठमाडौं– चलचित्र निर्देशक तथा सञ्चारकर्मी डब्बु क्षत्रीले नयाँ वर्षको अबसर पारेर पाठकलाई यस पटक कथाहरुको सँग्रह ‘नमस्ते काठमाडौं’ पस्कँदैछन् । कथा लेखनमा मुलधारमा आफ्नो परिचय बनाई सकेका क्षत्रीले नयाँ कथाहरुलाई सँग्रहको रुपमा पाठकमाझ ल्याउन लागेको बताएका छन् । दुई दशक भन्दा लामो समय देखि अखबारी पत्रकारितामा सक्रिए क्षत्रीको कथा सम्बन्धि यो पहिलो सँग्रह हो । यौन चपेटामा परेर पीडित भएका समाजका विभिन्न बर्गको कारुणिक पीडालाई कथामा बुनिएको पनि क्षत्रीको भनाईछ ।यौन पीडामा पिल्सिएर पनि आफ्ना पीडा लुकाएर बाँच्न विवस भएकाहरुलाई…


कविता सङ्ग्रह ‘प्रश्नपत्र जिन्दगी’को लोकार्पण

Posted On: Monday, April 24th, 2017

काठमाडौं । युवा कवि थीरलोचन श्रेष्ठद्वारा रचित कविता संग्रह ‘प्रश्नपत्र जिन्दगी’ काठमाडौंमा लोकार्पण गरिएको छ । संस्कृतिविद् तुससी दिवस, प्राज्ञ श्रवण मुकारुङ, समालोचक महेश पौड्याल तथा ऐश्वर्य प्रकाशनका प्रबन्ध निर्देशक गणेश प्रसाद जोशीद्वारा संयुक्त रुपमा उक्त संग्रह लोकार्पण गरिएको हो । समारोहमा समालोचक महेश पौड्यालले ‘प्रश्नपत्र जिन्दगी’ कविता संग्रहमा समावेश कविताहरुको समलोचना गरेका थिए । समालोचक पौड्यालले आधुनिक नेपाली कविताको धारका बारेमा समेत धारणा व्यक्त गर्दैे आफ्नो ‘प्रश्नपत्र जिन्दगीको’ कविता संग्रहमा प्रेम र ग्रामीण बिम्बहरूलाई मुख्य विषय बनाइएको छ’– कवि…


बेश्यालय शुद्ध कि न्यायालय…..?

Posted On: Sunday, March 19th, 2017

नवराज लम्साल बेश्यालय शुद्ध कि न्यायालय.....? (कविता) हात्ती बलियो कि हात्तीछाप चप्पल उस्तै - उस्तै हाे नानू बेश्यालय शुद्ध कि न्यायालय ......? उस्तै - उस्तै हाे नानू फरक यति मात्र छ बेश्यालय घृणाकाे रूपमा पुकारिन्छ विवशताकाे फाइदा उठाईन्छ त्यहाँ जे हुन्छ, त्याे देखिन्छ त्यहाँ देहकाे किमत मागिन्छ पीडाको उदासीनता भुल्न शराव, शवाव र सिगरेटकाे समिश्रण गरिन्छ । ग्राहककाे ईच्छा अनुरूप खुला रूपमा अाफूलाइ नङ्ग्याईन्छ तर न्यायालय मन्दिरको रूपमा पुकारिन्छ विधताले अन्धाे बनाएको महिलाको निष्पक्ष तराजुकाे लाेगाे भित्र भ्रष्टाचारको दवदवा चलाईन्छ…


साहित्यकार कमलमणी दिक्षितको निधन

Posted On: Thursday, December 29th, 2016

पुष १४, काठमाडौं । नेपाली भाषा–साहित्यसेवी कमलमणि दीक्षितको ८७ वर्षको उमेरमा आज बिहान निधन भएको छ । तीन महिनायता फोक्सोको क्यान्सरबाट पीडित भएका दिक्षितलाई स्वास्थ्यमा समस्या देखिएपछि गत सोमबार अस्पताल लगिएको थियो । श्वासप्रश्वासको समस्याबाट पीडित उनको ललितपुरको बीएन्डबी अस्पतालमा उपचारको क्रममा बिहान दुई बजेर ४५ मिनेटमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको आजै बिहान ७ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । १९८६ भदौ कुशे औंशीमा काठमाडौंको गैरीधारामा जन्मिएका उनी ललितपुरको पाटनढोकास्थित निवासमा बस्दै आएका थिए ।…


निर्मलको ‘जीवन एक भोगाइ अनेक’ लोकार्पित

Posted On: Tuesday, December 27th, 2016

पौष १२, काठमाण्डौ । गजलकार निर्मल पुरीले आफूले जीवनमा भोगेका र देखेका तितो यथार्थलाई समेटेरे ‘जीवन एक भोगाई अनेक’ गजलसंग्रह सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक समारोहमा निर्मलको ‘जीवन एक भोगाई अनेक’ ज्ञानुवाकर पौडेलले लोकार्पण गरेका हुन् ।‘जीवन एक भोगाई अनेक’ गजलसंग्रहको लोकार्पण गर्दै पौडेलले भने, ‘निर्मलका गजलहरुमा जीवनका भोगाइका निर्मल शब्दहरु छन् । यस संग्रहले नेपाली गजल क्षेत्रमा एउटा ईटा थप्ने काम गरेको छ ।’ गजलकार निर्मलको ‘जीवन एक भोगाइ अनेक’ पहिलो कृति हो । धादिङमा जन्मेर राजधानीलाई…


‘भूपी काव्य पुरस्कार’ रत्नशमशेरलाई

Posted On: Monday, December 26th, 2016

पौष ११, काठमाण्डौ । गीतकार तथा साहित्यकार रत्नशमशेर थापालाई भूपी शेरचनको ८१औँ जन्मजयन्तीको अवसरमा पोखरामा थकाली सेवा समितिले भूपी काव्य पुरस्कार प्रदान गर्ने भएको छ । नेपाली गीत तथा साहित्यमा पु¥याएको योगदानको कदर गर्दै कवि भूपीका मित्रसमेत रहेका थापालाई पुरस्कारबाट सम्मान गर्न लागिएको प्रतिभा चयन समिति सदस्य तीर्थ श्रेष्ठले जानकारी दिए । सम्मानित हुन लागेका गीतकार थापा १९९४ सालमा काठमाडौंको कमलपोखरीमा जन्मिएका हुन् । थापाले १० को दशकमै मुक्तक लेखेका छन् । थुप्रै पुरस्कार तथा सम्मान पाएका थापाका २ गीतिसंग्रह…


सूर्यनाथ र दिपेश कुमारको ‘समाज र भ्रष्टाचारः कारण, आयाम र परिणाम’ आउँदै

Posted On: Tuesday, December 13th, 2016

काठमाण्डौ, मङ्सिर २८ । अख्तियारका पूर्व आयुक्त सूर्यनाथ उपाध्याय र अनुसन्धानकर्ता दिपेश कुमार घिमिरेको संयुक्त कृति ‘समाज र भ्रष्टाचारः कारण, आयाम र परिणाम’ नामक पुस्तक सार्वजनिक हुने भएको छ । उपाध्याय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त उपाध्याय हुन भने घिमिरे अनुसन्धानकर्ता हुन । पुस्तकले भ्रष्टाचार व्यक्तिगत लालसाको मात्र उपज नभइ समाजको उपज हो भन्ने बारेमा तर्क गर्ने प्रकाशक सांग्रिला बुक्सद्वारा जारी गरिएको प्रेस विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीअनुसार पुस्तकले भ्रष्टाचार कसरी समाज तथा सामाजिक बनोट र यसको संरचनासँग…