रामायणकी रचयिता रिमालको निधन

Posted On: Tuesday, November 12th, 2013

काठमाडौँ, २६ कात्तिक । साहित्यकार सीतादेवी रिमालको ९३ वर्षको उमेरमा आज बिहान आफ्नै निवास नक्साल नागपोखरीमा निधन भएको छ । श्रीमती रिमालका ‘वाल्मीकि रामायण सङ्क्षिप्त नेपाली रुप’, ‘सीतादेवी रिमालका केही कविताहरु’ लगायत अन्य कविता कृति  तथा चित्रकला पनि प्रकाशित छन् । आफ्ना भानिज मदनदेव भट्टराईको प्रेरणामा उनको पहिलो कविता ‘यो जीवन’ शीर्षकमा ‘रत्नश्री’ साहित्यिक पत्रिकाको नारी विशेषाङ्क (२०३४ साल)मा  प्रकाशन भएको थियो । उनी त्रिमूर्ति निकेतन र रिमाल समाजबाट सम्मानित भएकी थिइन् । दाङमा जन्मी बाह्र वर्षमै जीवनसाथीलाई गमाएकी रिमालले…


अलविदा अन्तरमनको यात्रा

Posted On: Thursday, October 31st, 2013

कार्तिक २४, २०७० म्यूजिकखबर साहित्यकार जगदीश घिमिरेको आज बिहान निधन भएको छ । लामो समयदेखि मल्टिपल माइलोमा रक्तक्यान्सरबाट पीडित घिमिरेको बिहान ६ बजे चाबहिलस्थित ओम अस्पतालमा निधन भएको हो ।   सात वर्र्षअघि सघन उपचारपछि रोकथाम गरिएको मल्टिपल माइलोमा (रगतको क्यान्सर) फेरि देखिएपछि उनलाई ३५ दिनअघि चाबहिलस्थित ओम अस्पताल भर्ना गरिएको थियो । घिमिरेलाई अङकोलोजिष्ट र हेमाटोलोजिष्टको निगरानीमा राखिएको थियो । शरीरमा रगतको मात्रा कम हुदै गएकोले हेमोग्लोविन चढाइएको थियो । उनलाई २०६३ सालमा मल्टिपल माइलोमाको संक्रमण देखिएको थियो । आफ्नो…


आजबाट विश्व साहित्य सम्मेलन, विश्व नेपाली साहित्य पुरस्कार” डा.भण्डारीलाई

Posted On: Friday, October 25th, 2013

काठमाण्डौ । विश्व नेपाली साहित्य महासङघले ‘विश्व नेपाली साहित्य सम्मेलन’का अवसरमा भारतका वरिष्ठ साहित्यकार डा राजेन्द्र भण्डारीलाई ‘विश्व नेपाली साहित्य पुरस्कार’ प्रदान गर्ने भएको छ । त्यस्तै कवि विमला तुम्खेवालाई ‘विश्व नेपाली साहित्य युवा पुरस्कार’, मैथिलीभाषी साहित्यकार श्यामसुन्दर यादव पथिकलाई ‘विश्व नेपाली साहित्य महासङघ भाषाभाषी साहित्य पुरस्कार’ तथा साहित्यकार किशोर पहाडीलाई ‘विश्व नेपाली साहित्य सम्मान’ प्रदान गरिने भएको छ । ती पुरस्कारका राशि क्रमशः रु ५० हजार र रु २५ हजार तथा १० हजार रहने छन् । शुक्रबार हुने सो…


सृष्टिको रोमान्स

Posted On: Sunday, October 20th, 2013

यौन विशेÈज्ञ डा. सुवोध पोखेलद्वारा यौन मनोविज्ञानमा आधारित पुस्तक सृष्टिको रोमान्स नामक पुस्तकको आज शनिबार भएको छ । शनिवार रिपोर्टर्स क्लब नेपालमा सम्पन्न कार्यक्रममा डा. भोला रिजाल, डिल्लीराज पोख्रेल र ऋÈि धमलाले संयूक्त रुपमा उक्त पुस्तकको विमोचन गरेका थिए । नेपाल ईन्स्टिच्यूट अफ ह्यूमन सेक्सुआलिटि काठमाडौले प्रकाशन गरेको सो २ सय ३१ पृष्ठमा समेटिएको सो पुस्तकमा विभिन्न विÈयलाई ४४ परिच्छेदमा लिपिबद्ध गरिएको छ । कार्यक्रममा डा. भोला रिजालले सेक्सको विÈयमा खुलेर कुरा गर्न नसक्ने नेपाली समाजमा डा पोख्रेलको यौन मनोविज्ञान…


तीलाकुमारी साहित्य पुरस्कार असफललाई

Posted On: Friday, October 4th, 2013

वि.सं. २०५५ सालदेखि निरन्तर प्रदान गरिदै आएको तीलाकुमारी साहित्य पुरस्कार २०७० यो वर्ष पछिल्लो पुस्ताका चर्चित साहित्यकार असफल गौतमलाई दिइने भएको छ। पुरस्कारको राशी नगद पाँच हजार एक सय १५ रुपैयाँ, दोसल्ला र सम्मान पत्र रहेको छ। प्रतिष्ठानको मंगलबार बसेको बैठकले उक्त पुरस्कारको घोषणा गरेको हो। यस अघि उक्त पुरस्कारबाट वार्षिक २ जनाका दरले ३५ जना भन्दा बढी स्रष्टा सम्मानित भइसकेका छन्। ठूलाडिही–६, स्याङ्जामा जन्मेका असफल पछिल्लो पुस्ताका चर्चित साहित्यकार हुन्। हालसम्म उनका चट्टै कम्मरमा (लोकदोहोरी एल्बम, २०६०), पीपलपाते ओठ…


‘गौमाता’को लोकार्पण

Posted On: Friday, September 27th, 2013

साहित्यकार बुद्धिनाथ ज्ञवालीद्वारा लिखित उपन्यास ‘गौमाता’को लोकार्पण गरिएको छ । भेरी साहित्य समाजको आयोजनामा ज्ञवालीको प्रथम बार्षिकीको अवसरमा आज गुलरियामा आयोजित  स्मृतिसभामा गौमाता उपन्यासको लोकार्पण गरिएको हो । स्मृति सभामा गौमाता उपन्यास नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष तथा बर्दियाली साहित्य समाजका सस्थापक अध्यक्ष राजेन्द्र प्रसाद धितालले लोकार्पण गरेका थिए । सो अवसरमा उनले साहित्यकार ज्ञवाली यस समाजका लागि मार्गदर्शक भएर गएको बताए ।साहित्यकार बुद्धिनाथ ज्ञवालीद्वार लिखित ‘बगिरहेको जीवन’ कथासंग्रहमा सोध पत्र तयार पार्नु भएका सोधकर्ता खड्क प्रसाद उपाध्यायले उनको ब्यक्तित्व र…


पद्मश्री ‘ताप’ लाई

Posted On: Thursday, September 26th, 2013

खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानद्वारा हरेक बर्ष प्रदान गरिने पद्मश्री साहित्य सम्मान-२०६९ शारदा शर्माको उपन्यास 'ताप' लाई दिइने भएको छ । 'इतिहास र वर्तमानको समय त्रासदीलाई आख्यानात्क ढंगले प्रस्तुत गरिएको' जनाउँदै प्रतिष्ठानले 'ताप' छानेको बिहीबार प्रेस विज्ञप्तिमा जनाएको छ । नारी संवेदनाका विविध पाटाहरुलाई उजागर गरिएको उपन्यासमा आध्यात्मिक चेतना, समाजिक आकांक्षा र भौतिक तृष्णालाई आकर्षक शैलीमा अभिव्यञ्जिन गरिएको प्रतिष्ठानका संरक्षक तथा साहित्यकर जीवा लामिछानेले बताए । त्यस्तै पद्मश्री साधना सम्मान चाहिँ संस्कृतिविद सत्यमोहन जोशीलाई प्रदान गर्ने निर्णय गरिएको छ ।…


‘दमिनी भीर’ लाई मदन पुरस्कार

Posted On: Thursday, September 26th, 2013

२०६९ सालको मदन पुरस्कार आख्यानकार तथा गीतकार राजन मुकारुङको उपन्यास ‘दमिनी भीर’ लाई प्रदान गरिने भएको छ । मदन पुरस्कार गुठीको शनिबार आयोजित साधारण सभाले ‘दामिनी भीर’का लागि मुकारुङलाई ‘मदन पुरस्कार–२०६९’ प्रदान गर्ने निर्णय गरेको हो । सिमान्तकृत जनजीवनको चित्रण गरी आख्यान साहित्यमा विशिष्ट योगदान पु¥याएवापत ‘दमिनी भीर’ का लागि मुकारुङलाई पुरस्कृत गर्ने निर्र्णय गरिएको मदन पुरस्कार गुठीले जनाएको छ । मुकारुङले आफ्नो उपन्यासमा सक्रमणकालिन नेपाली समाजको अवस्था, मनोबिज्ञान र जीवनशैली प्रस्तुत रहेका छन् । त्यस्तै, गुठीले जगदम्बा श्री पुरस्कारबाट…


संगीतमा लागेर बाँच्न सकिन्छ

Posted On: Friday, August 30th, 2013

—अविद, गायक÷संगीतकार आजभोलि के मा व्यस्त हुनुहुन्छ ? नयाँ एल्बमहरुको तयारीमा जुटिरहेको छु, जसमा मेरो संगीत सहित नाम चलेका गायक गायिकाहरुको स्वर रहेको छ । मेरो एकल संगीत रहेको एल्बम ‘भाग्य’ को अन्तिम चरणमा कार्य भइरहेको छ, जसमा सुरेन्द्र महर्जनको एकल रचना रहेको छ । त्यस्तै नेपाल लगायत विभिन्न देशमा बसोबास गर्दै आउनु भएका गीतकारहरुको कलेक्सन एल्बमहरुको काम पनि भइरहेको छ । तपाईंले संगीत दिएको एल्बमहरु कति भए ? मेरो एकल संगीतको कुरा गर्दा उपासना, भाग्यलाई नै लिनुपर्छ भने कलेक्सन…