शंकर लामिछानेको निबन्धकारिताबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न !

Posted On: Thursday, January 25th, 2018

काठमाडौं । शंकर लामिछाने प्रतिष्ठानले आज राजधानीमा निबन्ध शिरोमणि शंकर लामिछानेको निबन्धकारिताबारे अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । प्रतिष्ठानका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार डा. लक्षमणप्रसाद गौतमले "निबन्धसृजनाका परिवृत्तमा शंकर लामिछाने" बिषयमा प्रवचन पत्र प्रस्तुत गर्नु भयो भयो । लामिछानेको ४२ औं पुण्यतिथिका अवसरमा आयोजित अन्तरविमर्श कार्यक्रममा प्रतिष्ठानका कार्यसमिति सदस्य नियात्राकार युवराज नयाँघरेले निबन्धकार शंकर लामिछानेको निबन्धलाई अन्तर्राष्ट्रियस्तरमै लैजानुपर्नेमा जोड दिए । प्राज्ञ तथा कथाकार मात्रिका पोखरेलले शंकर लामिछानेले पछिल्लो पुस्तालाई पनि आफ्नो कलम र…


युवा साहित्यकार मालिका केशरीको ‘सुवर्णलता’ विमोचित

Posted On: Monday, January 22nd, 2018

काठमाडौं । सरल भाषशैली प्रयोग गरेर गहन विषयलाई उजागर गर्ने युवा साहित्यकारको रुपमा प्रसिद्धि पाएका मालिका केशरीद्वारा लिखित सुवर्णलताको सोमबार काठमाडौंमा विमोचन भएको छ । संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त तथा प्राज्ञ गीता केशरीले संयुक्त रूपमा पुस्तक विमोचन गरेका थिए । पुस्तकमा नारीको वर्तमान अवस्था र विगतको तुलना गरिएको छ । बौद्ध दर्शनको बारेमा पुस्तकमा परिचर्चा गरिएको पाइन्छ । पुस्तकको बारेमा बोल्दै सरुभक्तले भने, ‘नेपाली साहित्यमा युवा पुस्ताको प्रवेश आशालाग्दो तवरले भएको छ । आत्मैदेखिको चाहनाले उत्प्रेरित भएर…


छायाँछवि काव्य शृंखलामा गुन्जिए वसन्तप्रकाश र शान्ति

Posted On: Friday, January 12th, 2018

२८ पुष, काठमाडैं । छायाँछवि क्रियशनको आयोजनामा हुँदै आएको छायाँछवि काव्य शृंखलाको तेस्रो संस्करणमा कवि वसन्तप्रकाश उपाध्याय र गजलकार शान्ति शर्मा गुन्जिए । हिजो विहिबार बागबजारको सिटिम्याक्समा नेपाली चलचित्र जगतमा हाँस्य सम्राज्ञीको उपमा पाएकी बसुन्धरा भूषाल एवं प्रसिद्ध गीतकार कृष्णहरी बरालको विशेष आतिथ्यतामा छायाँछविले तेस्रो काव्य शृंखला सम्पन्न गरेको हो । कार्यक्रमको यस श्रृंखलामा अढाई दशकदेखि साहित्यमा क्रियाशिल रहदै आएका गोरखापत्र संस्थानका महाप्रवन्धक एवं कवि बसन्त प्रकाशले कविता बाचन गरेका थिए भने गजलकार शान्ति शर्माले गजलहरु सुनाएकी थिइन् । छायाँछवि…


कथा : ग्रीनकार्ड

Posted On: Thursday, January 4th, 2018

ठुलो फाटमा गाई बस्तुहरु चरिरहेका छन। केटाकेटिहरु के खेल्ने भनेर एक अर्कामा सल्लाह गर्दैछन। एउटा केटो बोल्यो, ’फियो खेलौ अर्को केटो बोल्यो, ’कबर्दी खेलौ । एउटी चनमती फुच्ची जसलाई मन्जरी भनेर चिनिन्छ, कराउदै भनी नुनचोरी खेलौ । मन्जरीले भने पछी नमान्ने कुरै भएन । केटाकेटिहरुले दुई समुह बनाए तर मन्जरीले आफ्नो भर्खरै लाली उदाउन लागेको दुबै गाला गोवरको च्याउफुले झै फुलाई । कुरो बुज्न समय लागेन। एउटा केटोले झोक्किदै भन्यो, ल ल त मन्जीलको समुहमा जा भोलि पर्सी ठुलो भए…


तेश्रो छायाँछवि काव्य श्रृंखलामा वसन्त र शान्ति

Posted On: Sunday, December 31st, 2017

१६ पुष, काठमाडौं । छायाँछवि क्रियशनको आयोजनामा हुँदै आएको छायाँछवि काव्य श्रृंखलाको तेश्रो संस्करणमा कवि वसन्त प्रकाश र गजलकार शान्ति शर्मा गुन्जिने भएको छ । आगामी पौष २७ गते सिटिम्याक्स बागबजारमा सम्पन्न हुन गइरहेको छायाँछवि काव्य श्रृंखलामा कवि वसन्त प्रकाशका र गजलकार शान्ति शर्माका करिब दुई दर्जन कविता र गजल वाचन हुने भएको छ । साहित्यको क्षेत्रमा आफूलाई अब्बल बनाएका कवि वसन्त प्रकाश यात्रा करिब साढे दुई दशकभन्दा बढी भइसकेको छ । त्यस्तै गजलमा आफूलाई अब्बल रुपमा उभ्याउन सफल शान्ति…


धरावासीको ‘ग्रेट फल्स’ ‘अनेसास सर्वोत्कृष्ट पुस्तक’ घोषित

Posted On: Monday, November 27th, 2017

काठमाडौं । झोला चलचित्रका लेखक तथा साहित्यकार कृष्ण धरावासीको ग्रेट फल्स उपन्यास २०१७ को अनेसास सर्वोत्कृष्ट पुस्तक घोषित भएको छ । धरावासीले खुशी व्यक्त गर्दै अनेसासलाई धन्यबाद दिएका छन् ।अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नेपाली साहित्यका विविध विधामा लेखिएका उत्कृष्ट पुस्तकहरुलाई प्रदान गर्ने गरेको अनेसास उत्कृष्ट पुस्तक पुरस्कार २०१७ को नतिजा छापा बिज्ञप्ति जारि गर्दै सार्वजनिक गरेको छ । उपन्यासकार कृष्ण धरावासीको ग्रेट फल्स उपन्यास यस वर्ष २०१७ को अनेसास सर्वोत्कृष्ट पुस्तकका रुपमा घोषित भएको छ । सर्वोत्कृष्ट पुस्तक पुरस्कारको राशी अमेरिकी…


पोखरेली वाङ्मयिक संस्थाहरु पोखरा थियटरमा

Posted On: Monday, November 13th, 2017

२७ कार्तिक, २०७४ पोखरा । पोखरेली वाङ्मयिक संस्थाका अध्यक्षहरु शनिबार पोखरा थियटरमा भेला भएर पोखराको नाटकलाई कसरी माथि उठाउन सकिन्छ भन्ने विषयमा छलफल गरेका छन् । नवनिर्मित थियटरले आफ्नो औपचारिक नाटक मञ्चन सुरु गर्नुअघि विभिन्न विधा र क्षेत्रका संस्था र व्यक्तिहरुसँग भेटघाट गर्ने क्रममा शनिबार पोखराबाट साहित्य, सङ्गीत, कला, संस्कृतिका क्षेत्रमा क्रियाशील संस्थाका प्रमुख तथा प्रतिनिधिसँग छलफल गरेको अध्यक्ष परिवर्तनले जानकारी दिनुभयो । कार्यक्रममा पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष दीपक समीपले थियटरलाई व्यावसायिकता दिन सके मात्रै पोखराको रङ्गमञ्चले गति लिन…


लेखन आफैँमा राजनीति हो: प्रसाईँ

Posted On: Sunday, September 17th, 2017

३१ भदौ २०७४, पोखरा । लेखक तथा पत्रकार उज्ज्वल प्रसाईँले साहित्य लेखन आफैँमा राजनीति भएको बताउनुभएको छ । पोखरामा शनिबार ¥याण्डम रिडर्स सोसाइटी अफ नेपालको मासिक कार्यव्रmममा भारतीय लेखिका अरुन्धती रोयको किताब ‘द मिनिस्ट्री अफ् अटमोस्ट ह्यापिनेस’माथि परिचर्चा गर्दै रिडर्स झापाका अध्यक्षसमेत रहनुभएका प्रसाईँले साहित्यलाई राजनीतिनिरपेक्ष बनाउने कल्पना गर्नै नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘साहित्यकारले समाजको वर्तमान समस्यालाई उत्खनन् गर्ने हो, समाधानका उपाय दिने होइन ।’ प्रसार्इँले साहित्यकारबाट समाधान खोज्न नहुने जिकिर गर्नुभयो । भारतीय समाज बुझ्न अरुन्धतीको साहित्य राम्रो…


गौरीको द्वैभाषिक मुक्तक सङ्ग्रह ‘समैं दर्बानी’

Posted On: Tuesday, September 12th, 2017

२४ भदौ २०७४, पोखरा । मुक्तककार गौरी तमुको पहिलो मुक्तक सङ्ग्रह ‘समैं दर्बानी’ शनिबारदेखि बजारमा आएको छ । शनिबार पोखरामा मुक्तक मन्च पोखराद्वारा आयोजित कार्यव्रmममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तले कृतिको लोकार्पण गर्नुभयो । सरुभक्तसँगै मुक्तककार पिता टेकबहादुर गुरुङ र छलिमाया गुरुङले पनि कृतिको लोकार्पण गर्नुभएको थियो । नेपाली र गुरुङ भाषामा १३५ मुक्तक समेटिएको कृतिको लोकार्पण गर्दै सरुभक्तले बहुभाषिक देश नेपालमा गौरीको प्रयासले नेपाली साहित्यमा ऐतिहासिक महत्त्व राख्ने दाबी गर्नुभयो । गौरीको क्रियाशीलताबाट सबैले पाठ सिक्नुपर्ने…


रश्मिको प्रियतम

Posted On: Sunday, August 27th, 2017

१० भाद्र २०७४, काठमाडौं । युवा साहित्यकार रश्मि रोदनको नविनतम् कृति प्रियतम सार्वजनिक गरिएको छ । संग्रहमा १०१ मुक्तकहरु छन् । वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलको प्रमुख आतिथी थिए । गजलकार डा.कृष्णहरि बराल, साहित्यकार पोष्टराज चापागाईं, गजलकार सुदिप गौतम, नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेल, सांगीतिक संघका महासचिव सन्तोष श्रेष्ठ, संगीत कला पत्रकार संघका अध्यक्ष सुमन बैरागी, छायाँछवि क्रियशनका अध्यक्ष शानितप्रिय लगायतले मुक्तकसंग्रह ‘प्रियतम’ लाई सार्वजनिक गरेका थिए । छायाँछवि क्रियशनको आयोजनामा भएको उक्त मुक्तकसंग्रह सार्वजनिक कार्यक्रमलाई स्वागत गर्दै आयोजक संस्थाका…