अभिनय बच्चैदेखिको रुचि

Posted On: Sunday, November 17th, 2013

मुम्बई, (एजेन्सी) । बलिउड अभिनेत्री करिना कपुरले आफू बच्चापन हुँदै अभिनेत्री हुने सोच रहेको बताएकी छन् । सानो छँदा फिल्म हेर्ने गरेको र त्यतिखेरै अभिनेत्री बन्छु भन्ने लागेको उनले बताइन् । ‘सानैमा अभिनेत्री बन्छु भन्ने सोचेकी थिए’ करिनाले भन्न्,ि ‘मेरो सोच र उद्देश्यमा बाबु रणधीर कपुर र आमा बबिताको पनि मलाई समर्थन मिल्यो जसले गर्दा सपना पूरा भयो ।’ उनका अनुसार त्यतिखेर परम्परागत सोचका कारण कपुर परिवारमा महिलाले फिल्ममा काम गर्न पाउनु चानचुने कुरा थिएन । उनले भनिन्, ‘यसमा म…


घाइते भईन सन्नी लियोन

Posted On: Tuesday, November 12th, 2013

मुम्बई । पोर्नस्टार सन्नी लियोन घाईते भएकी छिन् । सनी आफ्नो नयाँ फिल्म “टिना एण्ड लोलो” को सुटिङ्ग कै दौरानमा घाइते भएकी हुन । यस फिल्ममा सन्नीले धेरै एक्सन स्टन्ट दिएकी छिन् । डाक्टरले उनलाई सुटिङ्ग छोडेर आराम गर्न सल्लाह दिएका छन् । तर फिल्म निर्माता देवंग ढोलकियाका अनुसार सन्नीलाई धेरै गहिरो चोट भने लागेको छैन । एक्सन स्टन्ट खिच्ने बेलामा धेरै सावधानी अपनाए पनि सानो गल्तीले सनी सामान्य घाइते भएकी हुन ।


जैकलिनको चार वर्ष

Posted On: Thursday, November 7th, 2013

मुम्बई, (एजेन्सी) । अभिनेत्री तथा पूर्वमिस श्रीलंका जैकलिन फर्नाडिजले बलिउड फिल्म उद्योगमा चार वर्ष पूरा गरेकी छन् । बलिउडमा ‘इन्ट्री’ को चार वर्ष पूरा गरेको अवसरमा जैकलिनले माइक्रो ब्लगिङ साइट ट्विटरमा लेखेकी छन्, ‘बलिउडमा मेरो चार वर्ष पूरा भएको छ । चार वर्षअघि मेरो पहिलो फिल्म ‘अलादिन’ रिलिज भएको थियो । उक्त फिल्मबाट सबैबाट प्रशंसा पाएकी थिएँ ।’ सन् २००९ मा अभिनेत्री जैकलिनले फिल्म ‘अलादिन’मार्फत बलिउडमा करिअर सुरु गरेकी थिइन् । पछिल्लो समय बलिउडमा हट अभिनेत्रीका रूपमा आफूलाई स्थापित गरेकी…


पुनम पाण्डे पोर्न फिल्मतिर

Posted On: Friday, November 1st, 2013

नशाजस्तो एडल्छ फिल्ममा काम गर्ने अवसर पाए पनि सफलता चुम्न नसकेकी बलिउड नायिका पुनम पाण्डे अब बलिउड छोडेर पोर्न फिल्मतिर लाग्ने खुलासा भएको छ । एक फिल्मबाट राम्रो अवसर आएपछि उनले पोर्न फिल्ममा काम गर्न लागेको एक भारतीय सञ्चार माध्यमले दावी गरेको छ । पुनम पटकपटक न्युड भएको खबरले प्रभावित भएर उनलाई पोर्न फिल्म इन्डस्ट्रिले बोलाएको समाचारमा जनाइएको छ । उनले पोर्न फिल्ममा साइन गरिसकेको खबरसमेत बाहिर आएको छ । नशा फिल्मको प्रमोशनमा भने पुनमले मिडियासँग आफूलाई सन्नी लियोनसँग तुलना नगर्न आग्रह गरेकी…


सैफसँग कल्की

Posted On: Thursday, October 31st, 2013

अक्सर अफ–बिट फिल्ममा देखापर्ने अभिनेत्री कल्की कोचिन पर्दामा सैफ अलि खानकी जोडी बन्ने भएकी छिन् । राज निधिमोरु र कृष्ण डिकेको संयुक्त निर्देशनमा बन्न लागेको फिल्ममा यो जोडीले काम गर्न लागेको हो । अभिनेत्री प्रीति जिन्टालाई फिल्ममा अतिथि कलाकारका रूपमा प्रस्तुत गरिनेछ । ‘जिन्दगी ना मिलेगी दोबारा’, ‘ये जवानी है दिवानी’ जस्ता फिल्मबाट चर्चा बटुले पनि कल्कीले आफ्नो वास्तविक अभिनयक्षमता निर्देशक अनुराग कश्यपका फिल्ममा देखाउने गरेकी छिन् । कश्यप निर्देशित ‘देव–डी’ लगायत कश्यप निर्देशित फिल्ममा उनले परिपक्व अभिनय गरेकी छिन्…


१८ महिनापछि शिल्पा

Posted On: Saturday, October 26th, 2013

मुम्बई, (एजेन्सी) । बलिउडकी सदावहार सुन्दर अभिनेत्री शिल्पा शेट्टीको जीवनले चाँडै नयाँ मोड लिने भएको छ । समाचारमा जनाइएअनुसार उनले चाँडै फिल्म निर्माण गर्दैछिन् जसमा अभिनेता सनी देओल र हर्मन बवेजा पनि रहने छन् । साथै, यसै फिल्मबाट शिल्पा पनि क्यामेरामा कम्ब्याक हुनेछिन् । उनका पति राज कुन्द्राको पुस्तक ‘हाउ नट टु मेक मनी’ को सार्वजनिक कार्यक्रममा यी अभिनेत्रीले फिल्मी दुनियाँमा कम्ब्याकबारे गरिएको प्रश्नमा भनिन्, ‘अर्को वर्ष वा त्यसको केही महिनामा हुनसक्छ, जबसम्म मेरो बच्चाले मेरो काम बुझ्दैनन् तबसम्म म…


गायक मन्ना डे रहेनन्

Posted On: Thursday, October 24th, 2013

प्रख्यात भारतीय गायक मन्ना डेको बुधबार राति बेंगलूरमा निधन भएको छ ।  छातीको संक्रमणका कारण गत जुन महिनामा लामो समय अस्पता भर्ना गरिएका थियो । उनी ९४ वर्षका  गायक मन्ना डे  हिन्दीसँगै विभिन्न भाषामा करीव चार हजार गीत गाएका उनी चलचित्रको पार्श्वगायनमा शास्त्रीयतर्फका हस्ती मानिन्थे । उनले बलिवुड अभिनेता बलराज साहनी, राजकपुर, प्राण, राजेश खन्ना, अमिताभ बच्चनसमेत धेरै कलाकारका लागि गीत गाएका छन् । पचास र साठीको दशकमा हिन्दी चलचित्रका कुनै गीत रागमा आधारीत भए त्यसलाई गाउन दिन संगीतकारको पहिलो रोजाइमा मन्ना डे…


हिंसात्मक प्रेमकथा रामलीला

Posted On: Thursday, September 26th, 2013

मुम्बई, (एजेन्सी) । बलिउडका चर्चित निर्माता तथा निर्देशक सञ्जय लीला भन्साली निर्देशित फिल्म ‘रामलीला’ को ट्रेलरले अहिले चर्चा पाइरहेको छ । भन्सालीले ‘रामलीला’ लाई हिंसात्मक प्रेमकथामा आधारित फिल्म भनेका छन् । केही दिनअघि मात्र यो फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । अहिलेसम्म भन्सालीले आफ्नो फिल्ममा हिंसात्मक प्रेमकथा प्रस्तुत गरेका छैनन् । ‘रामलीला’ पनि उनले भनेजस्तो छैन । फिल्म टाइटल ‘रामलीला’ छैन, बरु फिल्ममा रासलीला प्रस्तुत गरेका फिल्म समीक्षकले जनाएका छन् । तर, जेसुकै होस्, फिल्मको ट्रेलरले भने चारैतिरबाट प्रशंसा पाइरहेको…


ब्रेकअप हल्ला मात्रैः ऋतिक

Posted On: Tuesday, September 24th, 2013

मुम्बई, (एजेन्सी) । बलिउडका डान्सिङ हीरो ऋतिक रोशनको जीन्दगीको आधा हिस्सा उनकी प्यारी पत्नी सुजेनमा अढिएको छ । भन्निछ, ऋतिक सुजेनविना केही पनि सोच्नै सक्दैनन् । हरेक निर्णयको अधिकार उनले सुजेनलाई सुम्पेका छन् । यस्तो प्रियजोडीको ‘ब्रेकअप’ होला भन्ने सोच्नै सकिन्न । तर, केही दिनअघि अचानक यस्तो हल्ला फैलियो कि, ‘ऋतिक र सुजेनबीच ब्रेकअप ।’ उक्त हल्लाले बलिउडमा सनसनी फैलियो । धेरैले उक्त अपवाहलाई सकारात्मक लिए अर्थात् पत्याए पनि । किनकि, कलाकारको जीवन कतिखेर प्यार हुन्छ, कतिखेर ब्रेकअप टुंगै हुँदैन…