सहमतिअनुसारको माग पूरा नभए चलचित्र प्रदर्शनमा रोक्ने चेतावनी

Posted On: Sunday, April 22nd, 2018

९ वैशाख, काठमाडौं । नेपाल चलचित्र निर्माता संघले सिनेमा प्रदर्शक र निर्माता विचको शेयर बाँडफाँडको विषयमा भएको सहमति कार्यान्वयन नभए जेठ २ गते बाट सिनेमा प्रदर्शनमा रोक लगाउने चेतावनी दिएको छ । संघले २०६० सालमा निर्माता र प्रदर्शन विच भएको होल्ड ओभरको विषयलाई पुनः कार्यन्वयनमा ल्याउनुपर्ने माग राख्दै पहिले भएको सहमती तोकिएको समयसीमामा कार्यान्वयन नभएको खण्डमा स्वदेशी र विदेशी सिनेमा प्रदर्शनमा पूर्ण रुपमा रोक लगाउने चेतावनी दिएको हो । शनिबार राजधानीमा सम्पन्न संघको भेलाले २ बुँदे माग अगाडी सार्दै सो…


बक्स अफिस लागू नगर्न हलवालाहरुको आलटाल

Posted On: Friday, April 20th, 2018

७ बैशाख, काठमाडौं । बैशाख पहिलो साता देखि नै बक्स अफिस इ टिकेटिङ सिष्टम लागु गर्न तयार देखिएका हलवालाहरु नै अहिले बिरोधमा देखिएका छन् । नेपाल सरकारले चलचित्र क्षेत्रको विकासका निमित्त सिनेमा हलहरुमा आर्थिक पारदर्शिता आवश्यक देखेर बक्स अफिस प्रणालीलाई मूर्तरुप दिने अन्तिम तयारीमा छ । सुचना तथा संचार मन्त्रालय मातहतमा रहेको नेपाल चलचित्र विकास बोर्डले हलवाला तथा निर्माताहरुसंग पटक पटक मौखिक र लिखित सल्लाह गरी सकेको छ । हरेक पटकको मौखिक तथा लिखित सल्लाहमा कर्मचारी कर्मचारीले गर्न सक्ने अनियमीततामा…


‘सयकडा दश’ मार्फत मनोज गजुरेलको फिल्ममा डेब्यु

Posted On: Monday, April 16th, 2018

काठमाडौं – कमेडियन मनोज गजुरेलले फिल्ममा डेब्यु गर्ने भएका छन् । 'सयकडा दश'मार्फत फिल्ममा अभिनय गर्न लागेका हुन्। गजुरेलसहितको फिल्म युनिट सोमबारदेखि छायांकनका लागि फ्लोरमा उत्रिएको छ। बौद्धको सर्वेश्वर महादेव मन्दिरमा पहिलो दिनको दृश्यांश भयो। कलाकार राजाराम पौडेलले माला लगाएर गजुरेललाई फिल्म क्षेत्रमा स्वागत गरे। धन्यवाद व्यक्त गर्दै भने,‘डेब्युका लागि उपयुक्त फिल्मको पर्खाइमा थिएँ। म कमेडी विधाकै भएपनि मेरो विचारमा फिल्मको भूमिका सामाजिक उत्तरदायित्व पनि हुनुपर्छ भन्ने हो । सयकडा दश यी दुईको उपयुक्त मिश्रण हो मेरा लागि।’   फिल्ममा…


नयाँ वर्षको उल्लाससँगै जन्मदिन मनाउने सफल कलाकारहरु

Posted On: Saturday, April 14th, 2018

वैशाख, १ काठमाडौँ । नयाँ बर्ष २०७५ सालको आगमनसंगै नेपाली चर्चित एवं सफल कलाकारहरुले आफ्नो उमेर बढाएका छन् । अर्थात विभिन्न सालका वैशाख १ गते नै जन्मदिन परेका ५ कलाकारहरु छन् । जसले आज जन्मदिन मनाउँदैछन् । आज नेपाली कलाकारिता क्षेत्रमा सफल नामहरु हास्यकलाकारद्धय दीपकराज गिरी र शिवहरी पौड्याल, गायिका एवं राष्ट्रियसभा सदस्य कोमल वली, अभिनेता दयाहाङ राई र निर्देशक लय संग्रौलाले जन्मदिन मनाएका छन् । यति धेरै सफल कलाकारको एकै दिन जन्मदिन पर्नु संयोग नै मान्नु पर्छ । कलाकारद्वय…


नयाँ बर्षमा दयाहाङ र प्रदीपको भिडन्त

Posted On: Saturday, April 14th, 2018

बैशाख १, काठमाडौँ । नयाँ बर्षमा दयाहाङ र प्रदीपको भिडन्त भएको छ । शुक्रबारबाट दुई नयाँ नेपाली चलचित्र प्रदर्शनमा आएका चलचित्र ‘लिलिबिली’ र ‘नेप्टे’ हुन् । शुक्रबार रिलिजको परम्परा धान्दै यी दुबै चलचित्र एकसाथ प्रदर्शनमा आएका हुन् । यी दुबै चलचित्र देशभर एकसाथ आएका हुन् । ‘लिलिबिली’ मिलन चाम्सको निर्देशनमा तयार भएको छ भने ‘नेप्टे’का निर्देशक देव कुमार श्रेष्ठ रहेका छन् ।   पछिल्लो समय राम्रो क्रेज भएका अभिनेता प्रदीप खड्का र नव अभिनेत्री जसिता गुरुङ अभिनित चलचत्रि हो ‘लिलिबिली’ । निर्माण…


‘माग्ने बुढा’ले मनाउँदैछन् आज ४४ औं जन्मदिन !

Posted On: Wednesday, April 11th, 2018

चैत्र २८, काठमाडौं । यतिबेला नेपालका सफल कलाकारको टप लिस्टमै रहेका केदार घिमिरे (माग्ने बुढा)ले आज ४४ औँ जन्मदिन मनाउँदैछन् । २०५८ सालदेखि कलाकारिता शुरु गरेका केदार २०३२ सालमा जन्मिएका हुन् । ‘हिजो आजका कुरा’बाट अभिनय यात्र सुरू गरेका उनले ‘गीताञ्जली’, ‘तितो सत्य’, ‘लोकलहरी’, ‘जिरे खुर्सानी’ हुदै ‘मेरी बाँस्सै’मा आदिमा काम गरेका छन् । हँसाएर दुनियाँको मन जितेका माग्ने बुढाको जीवन संघर्षमै बितेको छ । हास्य टेलिश्र्रृखला ‘मेरी बास्सै’बाट नेपाली दर्शकको माझ स्थापित भएका घिमिरे कमेडी सिरियलसँगै थुप्रै चलचित्रमा पनि…


बन्ने भयो हिमाली जनजीवनमा अाधारित चलचित्र ‘म्हेन्दू’ !

Posted On: Friday, April 6th, 2018

चैत्र २३, काठमाडौं । हिमाली जनजीवनका विविध पक्षलाई समेटेर ‘म्हेन्दू’ (राम्री वा प्यारी) शीर्षक चलचित्र निर्माण हुने भएको छ । डोल्पाको शे–फोक्सुण्डोदेखि माथिल्लो भेग कान्जिरोवा हिमालपारि (उपल्लो डोल्पा) का विभिन्न स्थानमा छायांकन गरिने चलचित्रमा स्थानीयवासीका दुःख, पीडा, सामाजिक पक्ष, संस्कृति, रीतिरिवाजलगायत विषय रहनेछ । करिब रु एक करोड २५ लाखको लागतमा बन्ने चलचित्रमा सोनु राई, बाबुराम शाक्यलगायत कलाकारको सहभागिता रहने छ । अर्जुनप्रसाद डोटेल र रामकृष्ण अधिकारी निर्माता रहेको चलचित्रले स्थानीय वेशभूषा, सम्पदा, पर्यटकीय स्थलबारेमा पनि जानकारी दिन केही दृष्य…


प्रमसँग हमाल र डिसी पनि भारत प्रस्थान ! ‘नेपाल-भारत कलाक्षेत्र’ विषयमा अन्तरक्रिया हुने !

Posted On: Friday, April 6th, 2018

प्रम भ्रमण टोलीसँगै हमाल र डिसी पनि भारत प्रस्थान विशिष्ट कलाकारहरुसँग नेपाल भारत कलाक्षेत्रको विषयमा अन्तरक्रिया हुने चैत्र २३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग कलाकारहरुको प्रतिनिधी गर्दै अभिनेता राजेश हमाल र निर्देशक दिनेश डिसी पनि भारतको ३ दिने औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओलीले नेपाली चलचित्र जगतको विकास र प्रवर्धन गर्ने हेतु र नेपालमा भारतीय फिल्मको छयांकन गर्ने वातावरण बनाई नेपालको पर्यटनलाई बिकाश गर्ने उदेश्यका साथ आफ्नो भारत भ्रमण टोलीमा नेपालकै राजनीतिक इतिहासमा पहिलो पटक…


जेठ ४मा रिलिज डेट तोकिएको ‘हैरान’को पोष्टर सार्वजनिक पोष्टरमा पात्रको लुक्स र थिम प्रष्ट्याउने कोशिष

Posted On: Wednesday, April 4th, 2018

चैत्र २१, काठमाडौं । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म ’हैरान’को फस्टलुक अन्तर्गत पोष्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोष्टरमा फिल्मको सम्पूर्ण पात्रको लुक्स र फिल्मको थिम प्रस्ट्याउने कोसिस गरिएको छ । वरिष्ठ पत्रकार शान्तिप्रिय , वरिष्ठ कलाकार सरोज खनाल र फिल्म टिमले संयुक्त रुपमा पोष्टर सार्वजनिक गरेका थिए । डेब्यु फिल्म ‘लभ यु बाबा’ मार्फत नै सौगात विश्वका कान्छा निर्देशक घोषित भएका थिए । यिनै सौगात दोस्रो फिल्म लियर आउने तयारी गरिरहेका छन् । विश्कै कान्छा निर्देशक सौगात विष्टको…


सर्वनाममा ४ दिनसम्म ‘अन्तर्राष्ट्रिय एकल नाटक महोत्सव’

Posted On: Tuesday, April 3rd, 2018

चैत २० काठमाडौं । रङ्गकर्मको ३६ वर्ष पार गरेको उपलक्ष्यमा सर्वनाम थिएटरले 'अन्तर्राष्ट्रिय एकल नाटक महोत्सव'को आयोजना गरेको छ। महोत्सव सोमबारदेखि सर्वनाम थिएटर काठमाडौंमा सुरु भएको छ। सर्वनाम थिएटरका निर्देशक तथा रङ्गकर्मी अशेष मल्लले नाटकको क्षेत्रबाट अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल चिनाउन सकिने भन्दै सर्वनाम थिएटर सुरु गर्दा यहाँसम्म आउला भनेर नसोचेको बताए। कार्यक्रममा यस नाटक घरलाई निरन्तरता अबको पुस्ताले पनि दिनेछ भन्ने विश्वास उनले व्यक्त गरे। ´शान्तिलाई शान्तिको जस्तै रङ मनपर्छ` भन्ने संवाद सबै देशका नाट्यकर्मीलाई एकैचोटि वाचन गर्न लगाएर कार्यक्रमको उद्‌घाटन…