निर्धक्क मतदान गरौं : चलचित्रकर्मी

Posted On: Saturday, November 16th, 2013

काठमाडौँ, १ मङ्सिर । नेपाली सिनेमा जगत्की नायिका करिश्मा मानन्धरलाई प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले सोधे, “तपाईंको नाम मतदाता नामावलीमा छ कि छैन ?” “मैले अन्तिम दिन फोटो खिंचाएर मतदाता नामावलीमा नाम लेखँे, जीवनमा पहिलो चोटि  मङ्सिर ४ मा भोट हाल्दैछु,” नेपाली रजतपटकी सदाबहार नायिका करिश्माले भनीन् । चलचित्र निर्देशक समाजले शुक्रबार आयोजना गरेको कार्यक्रममा नायिका करिश्माले देश, विकास, जनता र पिछडिएका वर्गका लागि एक भोटले पनि असर पार्ने बताउँदै थपीन्, “प्लिज भोट हाल्नुस् है अधिकार र अवसर नगुमाउनुस्,”  नायिका…


कमलरी कथामा एउटै

Posted On: Sunday, November 10th, 2013

गरिब तथा उत्पिडित वर्गका रुपमा चिनिंदै आएको कमलरी को कथामा चलचित्र एउटै बनिरहेको छ । मधेशी, पहाडी र हिमाली एउटै देशका हुन् सबै मिलेर एउटै देशमा बस्नु पर्छ भन्ने मूल कथालाई लिएर बनिरहेको चलचित्र एउटैमा बिशेषगरि कमलरी जस्तो कुप्रथालाई जरैदेखि उखेलेर फ्याँक्नु पर्छ भन्ने सन्देश दिइएको छ । देब नेपालको लेखन तथा निर्देशनमा तयार हुँदै गरेको चलचित्र एउटैको छायांकन भइरहेको छ । रामकुमार अधिकारी निर्माता रहेको चलचित्र एउटैमा देब नेपाल, दिप सागर, बिजय चौधरी, सपना के.सी., कमल ज्ञवाली र रामकुमार…


राहदानीको देउसी

Posted On: Friday, November 1st, 2013

काठमाडौं । सविधानसभाको चुनाव होस, संविधान बनोस, सबै नेपाली चलचित्र सफल होउन् भन्दै चलचित्र ‘राहदानी’ युनिटले बिहिबार काठमाडौंको कलंकी हलमा देउसी खेलेको छ । तिहारको प्रसंग समेटिएको सो चलचित्रको एउटा मारुनी गीतको सार्वजनिक कार्यक्रममा देउसी खेलेर तिहारको स्वागत गरिएको हो । कार्यक्रममा चलचित्रका तीनै नायिकाले देउसेभैलो भट्टाएका थिए । डा. गोबिन्द कुसुमको रचना÷संगीत र निशा देसारको स्वर रहेको सो गीतको भिडियो कार्यक्रममा सार्वजनिक गरिएको थियो । मुलुक जोगाउन संस्कृति जोगाउनु आवश्यक भएको बताउँदै राहदानीको सल्लाहकार एवं गीतकार कुसुमले तिहारको देउसी…


विन्दासको अडियो सार्वजनिक

Posted On: Thursday, October 31st, 2013

कार्तिक १५ गते शुक्रबारबाट अल नेपाल रिलिज हुन लागेको फिल्म ‘विन्दास २’ को संगीत बुधबार राजधानीमा सार्वजनिक गरिएको छ । चलचित्रका निर्माता मधुकुमार श्रेष्ठ, निर्देशक राजु गिरी रहेको चलचित्र विन्दास–२ को अडियोलाई चलचित्रकी नायिका सुष्मा कार्की, निर्माता श्रेष्ठ, निर्देशक गिरी, नायक सुशान्त कार्की, नायिका अनिशा गुरुङ, संगीतकार अर्जुन पोखरेललगायतले संयुक्त रुपमा विमोचन गरेका हुन् । चलचित्रमा ‘सुन्छु तिमीले मलाई’,‘माया गरेर हेर’,‘पछयौरी छोटो’ र ‘आँखामा’ बोलका गीत छन् भने गीतमा राम अविरल, टेकबहादुर तामाङ, होमलाल गुरुङ र सुरेन्द्र भट्टराईको शब्द छ…


रेखा र जीवन उत्कृष्ट, रिदमले बाजी मा-यो

Posted On: Monday, October 28th, 2013

काठमाडौं । आइतबार भएको एचटीभी फिल्मीखबर डि सिने अवार्डमा रेखा थापा र जीवन लुइँटेल उत्कृष्ट अभिनेत्री र अभिनेताको अवार्ड चुम्न सफल भए भने चलचित्र रिदमले उत्कृष्ट चलचित्रको रुपमा बाजी मा¥यो । प्राय रेखा थापाले खेलेका फिल्महरुमा हिरो ओझेलमा पर्ने र रेखा नै हिरोका रुपमा देखिने भएका कारण उनको अभिनय यात्राले प्रत्येक अवार्डहरु चुमिरहेकै हुन्छ । त्यही श्रृंखलालाई जारी राख्दै रेखा थापाले एचटीभी फिल्मीखबर डी सिने अवार्ड २०७० पनि हात पार्न सफल भइहन् । त्यसैगरी पछिल्लो समयमा राम्रा, भद्र र मिलनसार…


प्रधानलाई मानार्थ सदस्यता सहित सम्मान

Posted On: Friday, October 25th, 2013

नेपाली फिल्ममा कार्यरत प्राविधिकहरुको छाता संगठन नेपाल चलचित्र प्राविधिक संघले बलिउडका वरिष्ठ नेपाली भाषी छाँयाकार विनोद प्रधानलाई मानार्थ सदस्यता दिई सम्मान गरेको छ । संघको कार्यसमितिको बुधबार बसेको बैठकले गरेको निर्णय अनुरुप बिहीबार उनलाई राजधानीमा ढाका टोपी, ताम्रपत्र र मानार्थ सदस्यको कार्डबाट सम्मानित गरिएको छ । संघका अध्यक्ष मनोज केसी, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई, वरिष्ठ छाँयाकार बैकुण्ठमान मास्के, वरिष्ठ अभिनेत्री बसुन्धरा भुषाललगायतले उनलाई सम्मान गरेका थिए । सम्मान प्राप्त गरेपछि छाँयाकार प्रधानले आफुलाई प्राविधिकको संस्थाले गरेको सम्मानबाट…


कार्तिक १५ मा विन्दास–२

Posted On: Monday, October 21st, 2013

ग्ल्यामर चलचित्रको निर्देशन गर्दै आएका राजु गिरीले निर्देशन गरेको पछिल्लो चलचित्र विन्दास–२ अब यही कार्तिक १५ गतेबाट प्रदर्शनमा आउन लागेको छ । गिरीले निर्देशन गरेका चलचित्र रक्षा, विन्दास र विन्दास–२ सन्देशमूलक भए पनि ग्ल्यामरता भने भरपूर हुने गरेको पाइन्छ । चलचित्र एकातिर सन्देशमूलक र अर्कोतिर ग्ल्यामर बनाइरहे पनि संगीततर्फ भने विशेष ध्यान दिने गरेको पाइन्छ । संगीतकार अर्जुन पोखरेलले संगीत दिएको चलचित्र विन्दासमा जस्तो संगीत पक्षले सफलता पाएको थियो त्यस्तै विन्दास–२ मा पनि संगीतको सफलता मिलेको छ । सिआरबिटी डाउनलोडमा…


अभियानश्रीबाट कलाकार पत्रकार सम्मानित

Posted On: Thursday, October 3rd, 2013

रंगकर्मीहरुको संस्था अभियानले आफ्नो स्थापनाको ३० औं वाषिर्कोत्सवको अवसर पारेर नेपाली गीत, संगीत, फिल्म एव नाट्य क्षेत्रका विभिन्न व्यक्तित्वहरुलाई बुधबार राजधानीमा सम्मान गरेको छ । कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रचण्ड मल्लले नाट्यकर्मी अशेष मल्ललाई ‘अभियान रत्न सम्मान २०७०’, अभिनेत्री लक्ष्मी गिरी, कलाकार सानु ताम्राकार, रामकेशर बोगटी, नृत्य निर्देशक कमल राई, निर्माता तथा प्रदर्शक प्रदिपकुमार उदय, निर्माता छवि ओझा, लोकदोहोरी गायक रामप्रसाद खनाल, कलाकार कृष्ण मुरारी ढुंगेल, चलचित्र पत्रकार संघका अध्यक्ष विदुर गिरी र संघका पुर्व अध्यक्ष…


केसी र थापाको सपना चक्नाचुर

Posted On: Thursday, October 3rd, 2013

चलचित्रका अभिनेता भुवन केसी र अभिनेत्री रेखा थापा पार्टीले प्रत्यक्षबाट दिने टिकट दिन्छ भनेर हल्ला गर्दै हिडेको भए पनि अन्नतः पार्टीले उनीहरुलाई दिने भनेको टिकट अर्कैलाई दिएपछि उनीहरुको सपना चक्नाचुर भएको छ । अभिनेता भुवन केसीलाई एमालेले काठमाडौं– १ बाट टिकट दिने भने पनि अन्ततः उनको चर्को आलोचना पार्टीभित्र भएपछि उनको ठाउँमा विद्या न्यौपानेलाई टिकट दिने पार्टीको निर्णय भइसकेको निकट स्रोतले जनाएको छ । केसी एमालेमा दुई वर्षअघि मात्र प्रवेश गरेका थिए । एमालेले टिकट नदिए केसीले राप्रपा नेपालमा जाने…


अभिनयमा उत्तम

Posted On: Thursday, September 26th, 2013

गायक उत्तमजंङ लिम्बूले अभिनयमा समेत पाइला राखेका छन् । पछिल्लो समय व्यस्त पाश्र्व गायकका रुपमा चिनिएका उत्तमले नेपाली डुक चलचित्र ‘बाह्र नेपाली एक चिहान’ मा आफ्नो अभिनय खुबी देखाएका छन् । अरुण प्रधान निर्देशित ‘बाह्र नेपाली एक चिहान’ २०६१ भदौ १६ मा इराकमा १२ जना नेपालीको हत्यामा आधारित चलचित्र हो । यस चलचित्रमा अभिनय गरेपछि उत्तमले भने, ‘यर्थात विषयवस्तुमाथि बनेको चलचित्र भएकाले अभिनखय गरेको हुँ । यस्तै यर्थातपरक चलचित्रमा प्रस्ताव आए अरु पनि चलचित्रमा अभिनय गर्नेछु ।’ गायन रियालिटी शो…