चासोक तङ्नाम, साकेला उधौली, फोल शाँदार भव्यताका साथ सम्पन्न

Posted On: Monday, December 23rd, 2013

भानु सुनुवार÷दोहा, ८ पुस । किरातीहरुका महान चाड तथा राष्ट्रिय पर्व चासोक तङ्नाम, साकेला उधौली, फोल शाँदार– किरात येले तङ्बे÷दोङ्ग÷थोचे–५०७३ तथा बनभोज कार्यक्रम तीन किराती संस्था किरात राई यायोक्खा शाखा कतार, किरात याक्थुङ चुम्लुङ कतार र सुनुवार सेवा समाज कतारद्धारा आयोजित संयुक्त कार्यक्रम २० डिसेम्बर शुक्रवारका दिन कतार स्थित समाल गार्डेनमा भव्यताका साथ सम्पन्न भयो । किरात सभ्यताको सरूवात शिकारी पेसाबाट जीवन निर्वाह गर्ने अवस्था देखिनै पूर्खा र प्रकृति पूजाको परंम्परा सुरु भएर खेतीपाती गर्न थालेपछि पनि प्राकृतिक तथा पूर्खा…


माघमा ११ मा मिस नर्स नेपाल हुदै

Posted On: Sunday, December 22nd, 2013

काठमाडौं, ७ पुस । नेक्स्ट मोडल नेपालको आयोजना र स्वास्थ्य खबरपत्रिकाको सहकार्यमा हुन लागेको मिस नर्स नेपाल २०७० को अडिसन काठमाण्डौंमा सम्पन्न भएको छ । आगामी माघ ११ गते काठमाण्डौंमा हुने अन्तिम प्रतिस्पर्धाका लागि पहलो चरणमा काठमाण्डौमा अडिसन लिइएको हो । अडिसनको पहिलो चरणमा ३५ जना सुन्दरी नर्सहरुले भाग लिएको आयोजक नेष्ट मोडल नेपालका प्रमुख रवि धमलाले बताए । देशभरबाट छनौट भएका ३० जना नर्सहरु बिच अन्तिम राउण्डमा प्रतिस्पर्धा हुने छ । नर्सहरुलाई पेशाप्रति थप जिम्मेवार, समाजप्रति उत्तरदायी र उत्प्रेरित बनाउन मिस…


रजनीपछि शिल्पाको छवि

Posted On: Friday, December 20th, 2013

काठमाडौं, ५ पुस । अभिनेत्री रेखा थापासँग अलग भए पनि निर्माता तथा वितरक छविराज ओझा एक्लो छैनन् । करिब १२ वर्ष लामो रेखासँगको सहकार्य छुटेपछि पनि उनी खुसी नै छन् । किनकि, अहिले छविसँग दुईटी हिरोइन छन् । उनले पछिल्लो समय अभिनेत्रीद्वय रजनी केसी र शिल्पा पोखरेलको ‘करिअर बनाउने’ जिम्मा लिएका छन् । रजनीलाई ‘लोफर’ र शिल्पालाई छविले ‘लज्जा’मार्फत डेब्यु गराएका हुन् । १२ वर्षअघि उनले रेखालाई पनि यसरी नै फिल्ममा डेब्यु गराएका हुन् । हुन त रेखापछि केही हिरोइनलाई…


विकास बोर्ड खारेज गर्नुपर्छ : नीर शाह

Posted On: Thursday, December 19th, 2013

काठमाडौं, ४ पुस । नेपाली चलचित्र उद्योगका क्षेत्रमा सरकारी स्तरबाट गठित भएको एक मात्र चलचित्र विकास बोर्डको खारेज गर्नुपर्ने माग चलचित्रकर्मीहरुबाटै आउन थालेको छ । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ निर्देशक नीर शाहले नेपाली चलचित्रको विकासका लागि केही गर्न नसक्ने चलचित्र विकास बोर्ड काम नलाग्ने भन्दै खारेज गरिनुपर्ने माग अघि सारेका हुन् । संविधानसभा सदस्यका लागि कांग्रेसबाट समानुपातिक सूचीमा परेका नीर शाहले राजनीतिकर्मीकै शैलीमा भने – ‘बोर्ड खारेज गर्नका लागि व्यवस्थापिका संसदमा पनि दह्रो आवाज उठ्नेवाला छ, हामी उठाउँछौं…


केकी सधैं सिक्सटीन ओभर

Posted On: Tuesday, December 17th, 2013

काठमाडौं, २ पुस । नायिका केकी अधिकारीको उमेर कसैले सोध्यो भने उनी भन्ने गर्छिन् सिक्सिटन ओभर । उचाइ हेर्दा अन्डर सिक्सटीन देखिने यी नायिका केकी अधिकारी आफ्नो बर्थ डे भने प्रत्येक वर्ष सेलीब्रेट गर्छिन् तर पत्रकारहरुको प्रश्न – ‘कतिऔं वर्षगाँठ हो तपाईंको ?’ अगाडि आइहाल्छ । त्यसको उत्तर सजिलै केकीले दिने गर्छिन् सिक्सटीन ओभर भएँ । हुन त केटीको उमेर नसोध्नु केटाको तलब नसोध्नु भन्ने नेपाली उखान चर्चित नै छ । त्यसो हुँदाहुँदै पनि पत्रकारले उनीमाथि प्रश्न तेस्र्याइहाल्छन् । तै…


रेखाले चुम्बन दिएपछि राउटे समुदायमा तनाव

Posted On: Tuesday, December 17th, 2013

काठमाडौं, २ पुस । सुर्खेत साटाखानी गाविसस्थित जंगलमा बस्दै आएका राउटे समुदायमा चामल बाँड्न पुगेकी रेखाले राउटेलाई चुम्बन गरेपछि थापाले दिएको चामल लिन अस्वीकार गरेका छन् । ‘आइमाइले म्वाइ“ खाएको’ भन्दै रिसाएका राउटे समुदायले रेखा थापाको सहयोग नचाहिने भन्दै उनको सहयोग अस्वीकार गरेका हुन् । रेखा थापा फाउन्डेसनको माध्यमबाट राउटे बालबालिकालाई विद्यालय भर्ना गर्न र खाद्यान्न बा“ड्न भन्दै सुर्खेत पुगेकी अभिनेत्री थापाले चामल वितरणका क्रममा एक राउटे युवालाई चुम्बन गरेकी थिइन् । ‘आइमाईले म्वाइ“ खाने भन्दै रिसाएर थापाले दिएको चामल…


गजित समूहको कतारमा स्वागत

Posted On: Tuesday, December 17th, 2013

काठमाडौं, २ पुस । अभिनेता गजित विष्ट समूहलाई कतारमा रहेका नेपालीहरुले आज भव्य स्वागत गरेका छन् । कतारमा हुन लागेको सांस्कृति कार्यक्रममा प्रतिनिधित्व गर्दै कतार पुगेको गजित विष्ट समूहमा अभिनेत्री नीता ढुंगाना, निश्मा घिमिरे, हाँस्य जोडी कुञ्जना घिमिरे र केदार घिमिरे, सन्दिप क्षेत्री, गायक विरही कार्की, सत्यराज आचार्य र स्वरुपराज आचार्य, गायिका रजिना रिमालका साथमा अभिनेता गजितका भाइ गम्भीर विष्टको पनि बेजोड प्रस्तुति रहनेछ । हिजो सोमबार बेलुका कतारमा हुने कार्यक्रमका लागि गएका कलाकार टोलीलाई आज कतारमा भव्य स्वागत गरिएको…


निर्देशक दोङको अन्त्येष्टि सम्पन्न

Posted On: Monday, December 16th, 2013

काठमाडौं, १ पुस । मंसीर २१ गते शुक्रवार हृदयघातका कारण मलेसियामा निधन भएका तामाङ चलचित्र निर्देशक सुदिप दोङको अन्तिम अन्त्येष्टि आइतबार गरियो । तामाङ चलचित्र संघका सदस्य समेत रहेका दोङको शवलाई अन्तिम अन्त्येष्टिका लागि आइतबार नै काठमाडौं ल्याइएको थियो । मलेसियाबाट काठमाडौं आइपुग्ने वित्तिकै शवलाई सीधै नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा अन्तिम श्रद्धाञ्जलीका लागि लगिएको थियो । झण्डै एक घण्टा चलेको श्रद्धाञ्जली सभामा उल्लेख्य संख्यामा उपस्थित तामाङ चलचित्रकर्मीका साथै गायक, गायिका, समाजसेवी एवम् सर्वसाधारणहरुले अन्तिम श्रद्धाञ्जलीस्वरुप खादा र पुष्पमाला चढाएका थिए ।…


मोक्षको अडियो सार्वजनिक

Posted On: Sunday, December 15th, 2013

काठमाडौं, ३० मंसिर । माघ २४ गते अल नेपाल प्रदर्शन हुने फिल्म ‘मोक्ष’को आइतबार अडियो सार्वजनिक गरिएको छ । निर्माता एवं बितरक सुनिल मानन्धरको पछिल्लो चलचित्र मोक्षलाई १६ वर्षअघि दुर्घटनामा परेर स्पाइनल कर्ड गुमाउन पुगेका संगीतकर्मी प्रविन श्रेष्ठको जीवन कथामा आधारित रहेर निर्माण गरिएको छ । बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा एक कार्यक्रमको आयोजना गरी निर्माता सुनिल मानन्धरले अडियो सार्वजनिक गरेका हुन् । कार्यक्रममा मोक्षका निर्देशक प्रविन श्रेष्ठको उपचारमा संलग्न रहेका डाक्टर वसन्त पन्त सहित स्वतन्त्र फोटो पत्रकार उÈा तितिक्षु र ‘मोक्ष’ यूनिटले…


दोङको शव मलेसियामै अड्कियो

Posted On: Thursday, December 12th, 2013

काठमाडौं, २७ मंसिर । तामाङ चलचित्रका युवा निर्देशक सुदिप दोङको निधन भएको छ । २ वर्षदेखि मलेसियामा रहेका दोङको क्वालालाम्पुरमा शुक्रवार निधन भएको उनको परिवारले जनाएको छ । उनको शवलाई पोष्टमार्टमका लागि स्थानीय अस्पतालमा राखिएको र हालसम्म मृत्युको कारण खुल्न नसकेको परिवार स्रोतको भनाइ छ । ०५७ सालमा दीपेन्द्र दोङ तामाङले निर्देशन गरेको तामाङ भाषाको चलचित्र ‘मयुङ बुरिङ’बाट कलाकारका रुपमा चलचित्र क्षेत्रमा प्रवेश गरेका दोङ करिब ५ वर्षअघिदेखि तामाङ चलचित्र निर्देशकका रुपमा सक्रिय थिए । त्यसक्रममा उनले ह्युल्ला माया, दोर्जे…