आस्का सिन्हा भइन् मिस वीरगन्ज

Posted On: Sunday, December 8th, 2013

पर्सा । वीरगन्जमा पहिलोपटक आयोजना गरिएको ‘सालिमार मिस वीरगन्ज २०१३’ को उपाधि वीरगन्जकी आस्का सिन्हाले हात पार्न सफल भएकी छन् । नेप्शयुनले शनिबार राति वीरगन्जको स्वीमिङ्गपुल परिसरमा आयोजना गरेको ‘सालिमार मिस वीरगन्ज २०१३’ मा सहभागी १४ जना प्रत्यासीलाई पछाडि छाड्दै सिन्हाले उपाधी हात पारेकी हुन् । प्रतियोगितामा उपाधि विजेता सिन्हालाई वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष एवं सालिमार गु्रपका अध्यक्ष अशोककुमार बैद्यले मिस वीरगजको ताज पहि¥याएका थिए । प्रतियोगितामा दोश्रो अनिता पौडेल र तृतीय श्वेता श्रेष्ठले हात पार्न सफल भएको आयोजकले…


रेखाविहीन लोफर, छविको भाग्य परीक्षा

Posted On: Tuesday, December 3rd, 2013

काठमाडौं । पछिल्लो समयमा रेखा थापासँग उनको मनमुटाव बढेपछि रेखा फिल्म्स र छविराज प्रोडक्सन भएर छुट्टिएका छविराज ओझाको अब भाग्य परीक्षा सुरु भएको छ । प्रत्येक चलचित्रमा रेखा हिरो बनाउँदै आएका छविराज ओझाले अहिले भने रेखाविहीन चलचित्र ‘लोफर’ यही मंसिर २१ गतेबाट प्रदर्शनमा ल्याउन लागेका छन् । प्राय गरेर नयाँ नयाँ कलाकार भित्र्याउँदै आएका छविराजले नयाँ त धेरै भित्र्याए तर रेखाविहीन चलचित्र कसरी चल्छ भन्ने विषयमा भने भाग्य परीक्षा आइपुगेको छ छविलाई । कुनै बेला रेखा र आर्यन हुनेवित्तिकै चलचित्र…


सहयोगीलाई डी सिने अवार्डको धन्यवाद

Posted On: Tuesday, December 3rd, 2013

काठमाडौं । गत कार्तिक १० गतेका दिन नेपाल एकेडेमीको हलमा सम्पन्न भएको एचटीभी फिल्मीखबर डि सिने अवार्ड २०७० को सोमबार धन्यवाद कार्यक्रम गरिएको छ । एचटीभी फिल्मीखबर डी सिने अवार्डमा प्रत्यक्ष वा परोक्ष रुपमा सहयोग पु¥याउने सहयोगी हातहरु एवं मनहरुलाई धन्यवाद दिनका लागि उक्त कार्यक्रमको आयोजना गरिएको अवार्डका अध्यक्ष शान्तिप्रियले बताएका छन् । डिजिटल प्रविधिमा बनेका चलचित्रहरुलाई समावेश गर्दै डिजिटल फिल्म अवार्ड गरिँदै आएको यो पाँचौ वर्ष हो । पाँचौं वर्षसम्म डिजिटल फिल्म अवार्ड गर्दाका अनुभवसँगै यहाँसम्म ल्याइपु¥याउने संघसंस्था एवं…


चलचित्रमा लगानी सुरक्षित छैन

Posted On: Monday, December 2nd, 2013

काठमाडौं । केही समय यता नेपाली चलचित्रको व्यापार छैन । अधिकांश चलचित्रले लगानी उठाइरहन सकेको छैन । प्रत्येक साता दुईदेखि चार वटासम्म नयाँ चलचित्र सिनेमा हलमा लाग्ने गरेको छ तर तीमध्ये केहीले मात्र लगानी सुरक्षित गर्न सकिरहेका छन् । त्यस्तै गएको शुक्रबार पनि दुई चलचित्र ‘उवर्सी’ र ‘कोही त छ’ सिनेमा हलमा लागे । यीमध्ये ‘उवर्सी’ को प्रचार बढी गरिएको छ भने ‘कोही त छ’ कुनै प्रचार विनै सिनेमा हलमा लागेको हो । तर कुनै प्रचारविनै प्रदर्शनमा ल्याएर पनि आफ्नो…


मेरो इच्छा पुरा भयो : नीता

Posted On: Friday, November 29th, 2013

काठमाडौं । उर्बशी अर्थात अप्सरा बन्ने चहाना कसलाई पो हुँदैन र ? तर, सबैको यो चहाना पुरा हुन्छ भन्ने छैन । अरुको इच्छा पुरा नभए पनि नेपाली चलचित्र क्षेत्रमा कान्छी अभिनेत्रीका रुपमा चिनिएकी निता ढंगानाको भने पुरा भएको छ अर्थात उनी ‘उर्बशी’ बिनेकी छन् । निता नेपाली चलचित्र ‘उर्वशी’ मा उवर्सी बनेकी हुन् । चलचित्रमा निताले मुख्य भुमिकामा अभिनय गरेकी छन् । निताले ‘उवर्सी’ मा अहिलेसम्मकै नयाँ भूमिका निर्वाह गरेको दावी गरेकी छन् । उनले भनिन्, ‘यो चलचित्रमा मैले आफ्नो…


टाइगर द रियल हिरोको मुहूर्त

Posted On: Wednesday, November 27th, 2013

राजु गिरीद्वारा निर्देशन गरिने टाइगर द रियल हिरो नाम राखिएको चलचित्रको गत मंगलबार एक कार्यक्रमको आयोजना गरी मुहूर्त गरिएको छ । फूल स्टप, वर्षात् जस्ता चलचित्रहरु निर्माण गरेका निर्माता मोहनकृष्ण श्रेष्ठ र हालै मात्र मिस नेपाल नामक चलचित्र निर्माण गरेकी शुभेच्छा थापाले यो चलचित्रलाई संयुक्त रुपमा निर्माण गर्न लागेका हुन् । राजु गिरीको निर्देशन रहने यो चलचित्रलाई सुशील पोखरेलले लेखेका छन् । शुभेच्छा इन्टरटेनमेन्ट प्रालि र एमके इन्टरटेनमेन्ट प्रालिले संयुक्त रुपमा चलचित्र बनाउने भएका हुन् । चलचित्र टाइगर द रियल…


लोकसंगीत महोत्सवमा मारुनी

Posted On: Tuesday, November 26th, 2013

काठमाडौं । काठमाडौंको कालिकास्थानको सर्वनाम थिएटरमा सम्पन्न भएको ‘तेस्रो अन्तराष्ट्रिय लोक संगीत फिल्म महोत्सव’ चलचित्र राहदानीले आफ्नो मारुनी नृत्य प्रस्तुत गरेको छ । महोत्सबका लािग चयन भएको नेपाल सहित विभिन्न देशका लोकसँगीत समेटिएका ३२ चलचित्र, बृत्तचित्र एवँ गीतिदृष्य (म्युजिक भिडियो) प्रदर्शन गरिएका थियो । सो महोत्सबका लागि सञ्चारकर्मी डब्बु क्षत्री निर्देशित चलचित्र राहदानीको मारुनी गीत पनि चयन भएको थियो । महोत्सको तेस्रो दिन आईतबारको दोस्रो शोमा सो मारुनी प्रदर्शन गरियो । ‘नेपाली चलचित्रमा मौलिक लोकसँगीत एवँ नृत्यले स्थान पाउन छाडेको…


‘बोल्ड कुरा’ गर्ने बोल्ड अभिनेत्री

Posted On: Sunday, November 17th, 2013

काठमाडौं । केही समय पहिला भएको ‘डि–सिने अवार्ड’ हट अभिनेत्री हावी भयो भन्नेहरुको ओठ अझै सुकेको छैन । हालै सम्पन्न अवार्डको पाँचौ संस्करणमा अभिनेत्री रेखा थापा र नवोदित अभिनेत्रीमा सिमा केसीले अवार्ड पाएपछि चलचित्र क्षेत्रकै मान्छेहरुले यसरी अन्तुष्टि पोखेका हुन्, र पोखिरहेका छन् । तर, यसैबेला नवोदितको अवार्ड पाएकी अभिनेत्री सिमा केसीले भने अभिनेत्री हट मात्र नभई बोल्ड नै हुनपर्ने तर्क राखेकी छन् । सिमाले भनिन्, ‘अवार्ड हट अभिनेत्री हावी भयो भन्ने कुरा कतैबाट आएको छ भने त्यो ठिकै हो…


निर्धक्क मतदान गरौं : चलचित्रकर्मी

Posted On: Saturday, November 16th, 2013

काठमाडौँ, १ मङ्सिर । नेपाली सिनेमा जगत्की नायिका करिश्मा मानन्धरलाई प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले सोधे, “तपाईंको नाम मतदाता नामावलीमा छ कि छैन ?” “मैले अन्तिम दिन फोटो खिंचाएर मतदाता नामावलीमा नाम लेखँे, जीवनमा पहिलो चोटि  मङ्सिर ४ मा भोट हाल्दैछु,” नेपाली रजतपटकी सदाबहार नायिका करिश्माले भनीन् । चलचित्र निर्देशक समाजले शुक्रबार आयोजना गरेको कार्यक्रममा नायिका करिश्माले देश, विकास, जनता र पिछडिएका वर्गका लागि एक भोटले पनि असर पार्ने बताउँदै थपीन्, “प्लिज भोट हाल्नुस् है अधिकार र अवसर नगुमाउनुस्,”  नायिका…


कमलरी कथामा एउटै

Posted On: Sunday, November 10th, 2013

गरिब तथा उत्पिडित वर्गका रुपमा चिनिंदै आएको कमलरी को कथामा चलचित्र एउटै बनिरहेको छ । मधेशी, पहाडी र हिमाली एउटै देशका हुन् सबै मिलेर एउटै देशमा बस्नु पर्छ भन्ने मूल कथालाई लिएर बनिरहेको चलचित्र एउटैमा बिशेषगरि कमलरी जस्तो कुप्रथालाई जरैदेखि उखेलेर फ्याँक्नु पर्छ भन्ने सन्देश दिइएको छ । देब नेपालको लेखन तथा निर्देशनमा तयार हुँदै गरेको चलचित्र एउटैको छायांकन भइरहेको छ । रामकुमार अधिकारी निर्माता रहेको चलचित्र एउटैमा देब नेपाल, दिप सागर, बिजय चौधरी, सपना के.सी., कमल ज्ञवाली र रामकुमार…