सलमान आजै रिहाई हुने सम्भावना ! यस्ता छन् कारणहरु-

Posted On: Friday, April 6th, 2018

एजेन्सी,२३ चैत। बलिउड सुपरस्टार सलमान खानलाई हिलो जोधपुर सिजेएम कोर्टले ५ वर्षको जेल सजाय सुनाएको छ । फैसलापछि उनले एक दिन जेलमा बिताएका छन् । सलमानका करोडौं फ्यानहरुको ध्यान आज जोधपुर सेसन कोर्टतर्फ छ । किनकि त्यहाँ उनलाई जमानत दिने वा नदिने भन्ने फैसला हुनेछ । आज सलमान जमानतमा छुट्न खासै गाह्रो देखिँदैन । उनलाई जमानतमा आजै रिहा गरिने सम्भावना छ । यस्ता छन् केही कारण जसका आधारमा सलमान जमानतमा छुट्नेछन् - १. सबैभन्दा अहम कारण हो विगत २० वर्षमा अदालतले…


प्रमसँग हमाल र डिसी पनि भारत प्रस्थान ! ‘नेपाल-भारत कलाक्षेत्र’ विषयमा अन्तरक्रिया हुने !

Posted On: Friday, April 6th, 2018

प्रम भ्रमण टोलीसँगै हमाल र डिसी पनि भारत प्रस्थान विशिष्ट कलाकारहरुसँग नेपाल भारत कलाक्षेत्रको विषयमा अन्तरक्रिया हुने चैत्र २३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग कलाकारहरुको प्रतिनिधी गर्दै अभिनेता राजेश हमाल र निर्देशक दिनेश डिसी पनि भारतको ३ दिने औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओलीले नेपाली चलचित्र जगतको विकास र प्रवर्धन गर्ने हेतु र नेपालमा भारतीय फिल्मको छयांकन गर्ने वातावरण बनाई नेपालको पर्यटनलाई बिकाश गर्ने उदेश्यका साथ आफ्नो भारत भ्रमण टोलीमा नेपालकै राजनीतिक इतिहासमा पहिलो पटक…


जेठ ४मा रिलिज डेट तोकिएको ‘हैरान’को पोष्टर सार्वजनिक पोष्टरमा पात्रको लुक्स र थिम प्रष्ट्याउने कोशिष

Posted On: Wednesday, April 4th, 2018

चैत्र २१, काठमाडौं । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म ’हैरान’को फस्टलुक अन्तर्गत पोष्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोष्टरमा फिल्मको सम्पूर्ण पात्रको लुक्स र फिल्मको थिम प्रस्ट्याउने कोसिस गरिएको छ । वरिष्ठ पत्रकार शान्तिप्रिय , वरिष्ठ कलाकार सरोज खनाल र फिल्म टिमले संयुक्त रुपमा पोष्टर सार्वजनिक गरेका थिए । डेब्यु फिल्म ‘लभ यु बाबा’ मार्फत नै सौगात विश्वका कान्छा निर्देशक घोषित भएका थिए । यिनै सौगात दोस्रो फिल्म लियर आउने तयारी गरिरहेका छन् । विश्कै कान्छा निर्देशक सौगात विष्टको…


सर्वनाममा ४ दिनसम्म ‘अन्तर्राष्ट्रिय एकल नाटक महोत्सव’

Posted On: Tuesday, April 3rd, 2018

चैत २० काठमाडौं । रङ्गकर्मको ३६ वर्ष पार गरेको उपलक्ष्यमा सर्वनाम थिएटरले 'अन्तर्राष्ट्रिय एकल नाटक महोत्सव'को आयोजना गरेको छ। महोत्सव सोमबारदेखि सर्वनाम थिएटर काठमाडौंमा सुरु भएको छ। सर्वनाम थिएटरका निर्देशक तथा रङ्गकर्मी अशेष मल्लले नाटकको क्षेत्रबाट अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल चिनाउन सकिने भन्दै सर्वनाम थिएटर सुरु गर्दा यहाँसम्म आउला भनेर नसोचेको बताए। कार्यक्रममा यस नाटक घरलाई निरन्तरता अबको पुस्ताले पनि दिनेछ भन्ने विश्वास उनले व्यक्त गरे। ´शान्तिलाई शान्तिको जस्तै रङ मनपर्छ` भन्ने संवाद सबै देशका नाट्यकर्मीलाई एकैचोटि वाचन गर्न लगाएर कार्यक्रमको उद्‌घाटन…


पत्नी वियोगमा भावविव्हल मदनकृष्ण !

Posted On: Tuesday, April 3rd, 2018

चैत्र २०, काठमाडौं । वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठकी श्रीमती यशोदा सुवेदीको निधन भएको छ । सुवेदीको पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको छ । पत्नीको दाहसंस्कारमा मदनकृष्ण भावविव्हल बने । अविरल रोइरहेका मदनकृष्णलाई उनका निकट सहकर्मी हरिवंश आचार्यले सम्हाले प्रयास गरेका थिए । लामो समयदेखि क्यान्सरबाट ग्रसित यशोधाको गए राति पौने ११ बजे उपचारको क्रममा हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा निधन भएको हो। कलाकार मदनकृष्णले यशोदा सुबेदीसँग २०३० सालमा अन्तरजातीय विवाह गरेका थिए। मदनकृष्ण पत्नी यशोदालाई पहिले आन्द्राको क्यान्सर, त्यसपछि फोक्सो र पछिल्लो समय…


चलचित्र ‘बेबी आई लभ यू’को पहिलो पोष्टर सार्वजनिक

Posted On: Thursday, March 29th, 2018

काठमाडौं – लिची इन्टरटेन्मेन्ट प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्र ‘बेबी आई लभ यू’ को पहिलो पोष्टर सार्वजनिक भएको छ । राजधानीस्थित युनियन हाउसमा पत्रकार सम्मेलन गर्दै पोष्टर सार्वजनिक गरिएको हो । चलचित्रमा लिची इन्टरटेन्मेन्ट प्रा.लि.का प्रोपाइटर समेत रहेका शिव न्यौपानेको लगानी रहेको छ । जनक पाण्डेको निर्देशनमा बनेको चलचित्रमा सह–निर्माता सिर्जना परियार र दुर्गा पाण्डे रहेका छन् । चलचित्रको मुख्य भूमिकामा नायक सन्तोष खड्गीको साथमा सरोज खनाल, पुजा तिवारी, निर्मल शर्मा, राजु कमेडी ‘रेन्बो’, रेशम श्रेष्ठ, अप्सन पन्थी, बिमल गिरी र…


डि सिने अवार्ड ०७५ मा चलचित्र दर्ताको आव्हान

Posted On: Thursday, March 29th, 2018

१५ चैत, काठमाडौं । विगत १० वर्षदेखि निरन्तर आयोजना हुँदै आइरहेको ‘डि’ सिने अवार्ड २०७५को दशौं संस्करणका लागि चलचित्रहरुको औपचारीक दर्ता आव्हान गरिएको छ । पहिलो, दोश्रो र तेश्रो राष्ट्रिय नाचघर जमलमा, चौथो, पाचौं र छैठौं नेपाल एकेडेमी कमलादीमा, सातौं कार्की वैंकेट ववरमहलमा, आठौं संस्करण ग्राण्ड होटल पोखरामा एवं नवौं संस्करण ओम्याक्स हेटौडामा आयोजना गरिएको डि सिने अवार्ड १० औं संसकरण काठमाडौंमा आयोजना गरिने कार्यक्रम संयोजक मणीराज गौतमले बताएका छन् । ०७४ को बैशाख १ देखी चैत्र ३० सम्म सार्बजनिक…


११ लाख क्षतिपूर्ति तिर्ने र फिल्मबाट गीत हटाउने सर्तमा छुटे गिरी !

Posted On: Wednesday, March 28th, 2018

चैत्र १४, काठमाडौं । निर्माता सुवास गिरीले निर्देशक शम्भु प्रधानलाई ११ लाख रुपैयाँ तिर्ने भएका छन् । ११ लाख रुपैयाँ तिर्ने र चलचित्र ‘कृ’मा समावेश ‘उकालीमा अघि अघि’ बोलको गीत युटुबबाट हटाउने सहमति भएको छ । सहमतिसँगै निर्माता सुवास गिरी हिरासत मुक्त पनि भएका छन् । मंगलबार छलफलमा लागि भन्दै प्रहरी परिसर, टेकुमा पुगेका गिरीलाई प्रहरीले सोधपुछका लागि भन्दै हिरासतमा राखेको थियो । चलचित्र ‘संझना’मा समावेश ‘उकालीमा अघि अघि’ बोलको गीत आफ्नो चलचित्र ‘कृ’मा अनुमतिविना नै समावेश गरेको भन्दै यसका…


यम बराल र अन्जु पन्तको स्वरमा दयाहाङ र सुरक्षा अभिनित ‘भैरे’को गीत सार्वजनिक! हेर्नुहोस भिडियो !

Posted On: Wednesday, March 28th, 2018

१४ चैत, काठमाडौं ।सिनेमा ‘भैरे’ को दोस्रो गीत सार्वजनिक भएको छ । यसअघि सार्वजनिक भएको ‘सान्नानीलाई भेट्न आउँदा’ बोलको गीतले चर्चा बटुल्दै गर्दा निर्माण टिमले मंगलवार राजधानीमा एक कार्यक्रमका बीच दयाहाङ राई र सुरक्षा पन्त फिचरिङ ‘सनम मायालुको’ बोलको गीत सार्वजनिक गर्‍यो । एभरेष्ट सूर्य बोहराको शब्द रहेको गीतमा यम बरालले संगीत भरेका छन् । यम र अञ्जु पन्तको स्वर गीतमा सुन्न सकिन्छ । गीतले प्रेमभाव बोल्छ । भिडियोमा दया र सुरक्षाको केमेष्ट्री कमालको देखिएको छ । कोरियोग्राफर बसन्त श्रेष्ठले…


नाटक महोत्सवमा रङ्गकर्म र चलचित्रका विषयमा चर्काचर्की

Posted On: Wednesday, March 28th, 2018

पानीघट्टलाई दर्शकको वाह्वाही रुपिन्द्र प्रभावी, पोखरा, चैत १३ गते । पोखराको गैह्रापाटनस्थित पोखरा थिएटरमा जारी राष्ट्रिय नाटक महोत्सवमा मङ्गलबार नेपाली र रङ्गकर्म र चलचित्रका विषयमा भएको बहसमा चर्काचर्की भएको छ । विश्व रङ्गमञ्च दिवसका अवसरमा आयोजित बहरमा निर्देशक नवीन सुब्बाले परम्परागत रङ्गमञ्चीय कर्ममा परिवर्तन ल्याउनुपर्ने तर्क गरिरहँदा कलाकार अरुणा कार्कीले सबै कुरा परम्पराबाटै सिकेको हुनाले त्यही गर्नुपर्नेमा जोड दिनुभयो । ‘हाम्रो आजको नाटक पनि भरतमुनिको नाट्यशास्त्रकै निर्देशनमा अघि बढिरहेको छ’ सुब्बाले भन्नुभयो, ‘अब रङ्गमञ्च होस् वा चलचित्र हामीले आफूलाई पुनर्मूल्याङ्कन…