‘कहिँ कतै’को नयाँ गीत रिलीज, हिमालको काखमा उमा र किशोरको प्रेम (भिडियो)

Posted On: Friday, June 29th, 2018

 काठमाण्डौ । श्रावण २५ गते रिलीज हुने नेपाली चलचित्र ‘कहिँ कतै’को नयाँ गीत 'यो मौसम'को भिडियो सार्वजनिक गरिएको छ । यूट्युब मार्फत सार्वजनिक यस गीतमा सचिन सिंहको संगीत रहेको छ भने थुप्देन भूटिया र मेलिना राईको स्वर रहेको छ । शब्द रचना मनोज राजको रहेको छ ।  कमल राईले कोरियोग्राफी गरेको यस गीतको भिडियोमा नायक किशोर खतिवडा र नायिका तथा निर्मात्री उमा 'बेबी' गिरीको अभिनय रहेको छ । गीतको भिडियोमा भारतको सिक्कीम वरपरका मनोरम हिमाली दृश्यहरु रहेका छन् ।  यो चलचित्रमा…


बन्ने भो चलचित्र ‘मायाङ्क’ ! नायिकालाई किन राखियो गोप्य ?

Posted On: Friday, June 29th, 2018

काठमाण्डौं । नेपाली चलचित्र ’मायाङ्क’ घोषणा गरिएको छ । प्रेमकथामा बन्ने यो चलचित्रको बुधवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै घोषणा गरिएको हो । कार्यक्रममा चलचित्रका प्रमूख चार कलाकारहरु मध्ये तीनजना प्रशान्त ताम्राकार, शुसिल उप्रेती र ज्योत्सना योगीको उपस्थिती थियो । चलचित्रमा चारै जनाको बराबर भूमिका रहने बताईएको छ तर, एक नायिका भने कार्यक्रममा थिइनन् । उनको नाम र भूमिका समेत गोप्य राखिएको छ । कथाको मागअनुसार अर्की नायिकाको नाम समेत खुलाउन नमिलेको कार्यक्रममा बताईयो । यो चलचित्रलाई रोमी मानन्धरले निर्देशन…


ए सोल्टिनीको शीर्ष गीत सार्वजनीक

Posted On: Sunday, June 24th, 2018

१०असार, काठमाडौं । ए सोल्टिनी फिल्मको शीर्ष गीत सार्वजनिक गरिएको छ । सुवास नेपालीले गाएको गीतको भिडियोमा सबिन श्रेष्ठ, अर्जुन गुरुङ र गंगा राना मगरलाई प्रस्तुत गरिएको छ । निर्देशक निमा लामा तामाङको शब्द र संगीत रहेको सो गीतको कोरियोग्राफी अभि लामाले गरेका हुन् ।   असार १५ गते एकल प्रदर्शनमा आउने तयारीमा रहेको ए सोल्टिनीले पछिल्लो समय प्रचार प्रशारलाई तीव्रता दिएको छ । दिलकुमार घलान तामाङले निर्माण गरेको फिल्मको प्रस्तुतकर्ता पूर्णी तामाङ छिन् । जिम्वा फिल्मस् प्रोडक्शनको ब्यानरमा बनेको…


साउन २५ मा पिरिम प¥या छन्, फस्र्टलुक सार्वजनीक

Posted On: Sunday, June 24th, 2018

१० असार, काठमाडौं । कमेडी फिल्म पिरिम पर्या छन्को प्रदर्शन मिति तय भएको छ । निर्देशक पुरन थापाले शुक्रबार फिल्मको फस्र्टलुक पोस्टर सार्वजनीक गर्दै साउन २५ देखि प्रदर्शनमा आउने जानकारी दिएका हुन् । निर्देशक पुरनकै लेखन रहेको फिल्ममा दीलिप रायमाझी, जयकिसन बस्नेत, सुवास मेचे,रमेश बुढाथोकी, शुभेच्छा थापा, राजाराम पौडेल, उमा कार्की, सोभित बस्नेत, लय संग्रौला,चाँदनी कोइरालालगायतका कलाकारले अभिनय गरेका छन् । फिल्मको पोस्टरमा प्रमुख कलाकारलाई अटाइएको छ । माता बसुन्धरा मुभीज र बन्धु फिल्मस्को संयुक्त प्रस्तुति रहेको पिरिम पर्या छन्…


‘भैरे’को ट्रेलर सार्वजनिक !

Posted On: Wednesday, June 20th, 2018

काठमाण्डौ। श्रावण ४ गते रिलीज हुने नेपाली चलचित्र 'भैरे'को ट्रेलर सार्वजनिक गरिएको छ । सोमवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता दयाहाङ्ग राईको प्रमुख भूमिका रहेको यो चलचित्रको ट्रेलर रिलीज भएको हो । साथै, यूट्युबमा पनि ट्रेलर सार्वजनिक भएको छ । कार्यक्रमका चलचित्रका कलाकारहरु दयाहाङ्ग राई, सुरक्षा पन्त, बर्षा सिवाकोटी, बिक्रान्त बस्नेत लगायत र निर्माण टिमको उपस्थिति थियो । ट्रेलर प्रेम, रोमान्स, कमेडी र एक्सनले भरिएको छ । यो चलचित्रका निर्देशक एभरेष्ट सुर्य बोहरा हुन् । यो फिल्मको निर्मातामा प्रेम प्रसाद…


‘सयकडा १०’ मा आफ्नै जीवनसँग मिल्ने चरित्रमा मनोज !

Posted On: Monday, June 11th, 2018

काठमाडौँ । हास्यकलाकार मनोज गजुरेलको प्रमुख भूमिका रहेको फिल्म ‘सयकडा दश’ को सुटिङ प्याकअप भएको छ । मनोजलाई यसअघि पनि धेरै फिल्ममा अभिनयको अफर आएका थिए । तर उनी कुनै फिल्ममा पनि देखिएनन् । तर ‘सयकडा १०’ मा आफ्नो चरित्र वास्तविक जीवनसँग मिल्ने भएकाले पनि उनले अभिनयका लागि सहमति दिएको बताए। छायांकन सकिएसँगै निर्माताले अमृत ढुंगाना र डेब्यु गर्ल करुणा श्रेष्ठ फिचर्ड तस्बिर सार्वजनिक गरेका छन् । काठमाडौं, पोखरा, सिन्धुली र पाँचथरमा खिचिएको यस फिल्ममा पहिलोपटक अमृत र करुणाले जोडी बाँधेका…


‘पण्डित बाजेको लौरी’ मा सन्ध्याको चोलीको तुना

Posted On: Friday, June 1st, 2018

१८ जेठ, काठमाडौं । चलचित्र ‘पण्डित बाजेको लौरी’ मा अभिनेत्री तथा भिजे सन्ध्या केसीको चोलीको तुना सार्वजनिक भएको छ । बिहीवार राजधानीमा आयोजिक एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ’चोली तुना’ बोलको गीतमा सन्ध्या बोल्ड देखिएकी छिन् । यसमा मरिश्का पोखरेल, भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरीलगायतका कलाकार पनि फिचर्ड छन् । कृष्ण केसीको शब्द, श्रीकृष्ण बम मल्लको संगीत रहेको गीतमा मिना निरौला र श्रीकृष्णको स्वर सुन्न सकिन्छ । गीतका कोरियोग्राफर विक्रम स्वाँर हुन् । अधृत फिल्मस् प्रालीको ब्यानरमा…


फरक गेटअपमा देखिदैछन पृथ्वी, कस्तो बन्ला डोली ?

Posted On: Thursday, May 31st, 2018

    म्युजिक खवर सामाजिक कथाबस्तुमा आधारित चलचित्र ‘डोलि’को छायांकन सकीएको छ । किरण नेपालीको लगानी रहने उक्त चलचित्रको छायांकन नुवाकोटका केही सुन्दर बस्तीबाट शुरु भई रारा , जुम्ला तथा काठमाण्डौमा हुने निर्माण पक्षले बताएको थियो । भने नुवकोट र काठमाण्डौको छायांकन सकिईसकेको छ ।   अब यो फिल्मको एक प्रमोशनल गितको छायांकन मात्र बाकी रहेको निर्माण पक्षले जानकारी गराएको छ । २९ दिनको छायांकन सेड्युल सकेर काठमाण्डौ फर्किएको यो चलचित्रका निर्माता डोलीलाई अझ राम्रो बनाउनका लागी के गर्न सकिन्छ…


चलचित्र मट्टीमालाको ट्रेलर सार्वजनिक

Posted On: Thursday, May 17th, 2018

३ जेष्ठ, काठमाडौं । राजधानीमा एक कार्यक्रमको आयोजना चलचित्र ‘मट्टीमाला’ले ट्रेलर सार्वजनिक गरेको छ। पौरखी फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको फिल्मको बुधबार एक पत्रकार सम्मेलन गर्दै ट्रेलर सार्वजनिक गरिएको हो। सि–माला अथार्त माटो भित्र पाइने एक बहुमुल्य धातुसँग जोडिएको सामाजिक, पारिवारिक कथावस्तुमा निमार्ण भएको फिल्म यहीँ जेष्ठ २५ बाट नेपालभर एकसाथ प्रदर्शनमा आउने छ। पृथ्वी राईको निर्माण, टेको पौरखी राईको लेखन तथा निर्देशनमा निमार्ण भएको फिल्ममा प्रियंका कार्की, शिशिर राणा, बुद्धी तामाङ, रजनी गुरुङ ९मंगली०, चिरन राई, पृथ्वी राई, अरुणा…


बसुन्धरालाई लाइफटाइम, महर्जन र मल्ललाई सम्मान, अर्याललाई पुरस्कार

Posted On: Thursday, May 17th, 2018

३ जेष्ठ, काठमाडौं । छायाँछवि क्रियशनले डि सिने अवार्डको अवसर पारेर हरेक वर्ष प्रदान गर्दै आएको सम्मान एवं पुरस्कारको घोष्णा गरेको छ । छायाँछवि क्रियशनले डि सिने अवार्डस्को अवसरमा छायाँछवि लाइफटाइम लिजेन्ड्री अवार्ड, छायाँछवि चलचित्रकर्मी रजत सम्मान ९पुरुष÷महिला० एवं छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । छायाँछवि क्रियशनले यस वर्ष छायाँछवि लाइफटाइम लिजेन्ड्री अवार्ड नेपालकै पहिलो चलचित्र ‘आमा’बाट नेपाली रजतपटमा प्रवेश गरेकी हाँस्य साम्राज्ञीको उपमा पाएकी बसुन्धरा भूषाललाई प्रदान गर्ने भएको छ । २०२२ सालमा निर्मित ‘आमा’ चलचित्र…