मलेसियामा नेफ्टा अवार्ड हुने

Posted On: Friday, December 27th, 2013

क्वालालम्पुर, १२ पुस । हरेक साल नेपालमा हुँदै आइरहेको नेपाली चलचित्रकर्मीहरुसँग सम्बन्धित छैंटौं नेफ्टा अवार्ड यो साल मलेसियामा हुने भएको छ । नेपाल चलचित्र प्राविधिक संघले आगामी चाइनिज न्यू इयरको अवसर पारी सो कार्यक्रम गर्न लागेको हो । मलेसियाको सेतिया सिटी कन्भेन्सन सेन्टर, शाहआलममा हुन गइरहेको सो कार्यक्रम आगामी जनवरी ३१ तारीखका दिन हुनेछ । आयोजकले बिहीबार क्वालालम्पुरमा एक पत्रकार सम्मेलनको आयोजना गरी नेपालबाट चलचित्र प्राविधिक संघका पदाधिकारीहरु, नायक, नायिका, टेक्निसियन गरी करिब सय जनाको उपस्थिति रहने जनाएको छ ।…


मिस लिम्बूमा १८ सुन्दरी

Posted On: Thursday, December 26th, 2013

काठमाडौं, ११ पुस । ‘मिस लिम्बू–२०१३’ को दोस्रो संस्करको दोस्रो अडिसनमा ५ युवती छनोट भएका छन् । शुक्रबार राजधानीमा सम्पन्न अडिसनमा टिना योङहाङ, आशिका सम्बाहाम्फे, प्रज्वला नेम्बाङ, एलिना लिंदेन र प्रतिमा लिंदेन छनोट भएका हुन् । पूर्वमिस नेपाल माल्भिका सुब्बा, शनिश शाक्य, पत्रकार अशोकप्यासी राई, भाषाविद् माहोङ लावती र कृष्णा लिम्बूको निर्णायक मण्डलले अन्तिम प्रतिस्पर्धाका लागि पाँच प्तियोगी छनोट गरेको हो । याक्थुङ युथ एसोसिएसनद्वारा आयोजित ‘मिस लिम्बू’ को पहिलो अडिसन यसअिघि धरानमा सम्पन्न भइसकेको छ । युस्ता तथा लिम्बु…


एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कारको मनोनयन २ सार्वजनिक

Posted On: Tuesday, December 24th, 2013

 काठमाडौं, ९ पुस । नेपाल चलचित्र विकास कम्पनी (लि.) (एनएफडिसी) ले आयोजना गर्दै आएको “एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार” को दोस्रो संस्करण “एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार २०७०” को प्रारम्भिक मनोनयन भाग २ सार्वजनिक गरिएको छ ।  हरेक ४÷४ महिनामा सार्वजनिक गरिने प्रारम्भिक मनोनयनको भाग २ अन्र्तगत २०७० भाद्र १ देखि मंसिर मसान्त सम्म सार्वजनिक प्रदर्शनमा आएका कुल २९ चलचित्रको मुल्यांकन गरिएको एनएफडिसी अध्यक्ष निकिता पौडेलद्वारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ ।  संयोजकसहित ५ सदस्य रहेको निर्णायक समितिबाट १७ बिधाका लागि सार्वजनिक मनोनयन…


धूम ३ ले रेकर्ड तोड्यो

Posted On: Monday, December 23rd, 2013

मुम्बई : अभिनेता अमिर खान र अभिनेत्री कट्रिना द्धारा अभिनित चलचित्र तथा यशराज ब्यानरद्धरा निर्मित बलिउड चलचित्र ‘धुम ३’ले प्रर्दशनको दुई दिनमै चमत्कारी व्यावसाय गरेको छ । चलचित्र ‘धुम ३’ले अहिले सम्मका बलिउडका सबै रेकर्डहरु तोड्दै दुई दिनमै १०९ करोड भारु को ब्यावसाय गरेको छ । चलचित्र ‘धुम ३’को रिलीज हुनुभन्दा तीन महिना अगाडीदेखी चर्चा सुरु भएको थियो । चलचित्रको व्यावसाय बलिउडमा तहल्का मच्चाउने सबै चलचित्रकर्मि तथा बलिउडका चलचित्र समिक्षकहरुले अड्कल काटेको थिए, र सो कुरा सावितपनि भयो । चलचित्र ‘धुम…


चासोक तङ्नाम, साकेला उधौली, फोल शाँदार भव्यताका साथ सम्पन्न

Posted On: Monday, December 23rd, 2013

भानु सुनुवार÷दोहा, ८ पुस । किरातीहरुका महान चाड तथा राष्ट्रिय पर्व चासोक तङ्नाम, साकेला उधौली, फोल शाँदार– किरात येले तङ्बे÷दोङ्ग÷थोचे–५०७३ तथा बनभोज कार्यक्रम तीन किराती संस्था किरात राई यायोक्खा शाखा कतार, किरात याक्थुङ चुम्लुङ कतार र सुनुवार सेवा समाज कतारद्धारा आयोजित संयुक्त कार्यक्रम २० डिसेम्बर शुक्रवारका दिन कतार स्थित समाल गार्डेनमा भव्यताका साथ सम्पन्न भयो । किरात सभ्यताको सरूवात शिकारी पेसाबाट जीवन निर्वाह गर्ने अवस्था देखिनै पूर्खा र प्रकृति पूजाको परंम्परा सुरु भएर खेतीपाती गर्न थालेपछि पनि प्राकृतिक तथा पूर्खा…


माघमा ११ मा मिस नर्स नेपाल हुदै

Posted On: Sunday, December 22nd, 2013

काठमाडौं, ७ पुस । नेक्स्ट मोडल नेपालको आयोजना र स्वास्थ्य खबरपत्रिकाको सहकार्यमा हुन लागेको मिस नर्स नेपाल २०७० को अडिसन काठमाण्डौंमा सम्पन्न भएको छ । आगामी माघ ११ गते काठमाण्डौंमा हुने अन्तिम प्रतिस्पर्धाका लागि पहलो चरणमा काठमाण्डौमा अडिसन लिइएको हो । अडिसनको पहिलो चरणमा ३५ जना सुन्दरी नर्सहरुले भाग लिएको आयोजक नेष्ट मोडल नेपालका प्रमुख रवि धमलाले बताए । देशभरबाट छनौट भएका ३० जना नर्सहरु बिच अन्तिम राउण्डमा प्रतिस्पर्धा हुने छ । नर्सहरुलाई पेशाप्रति थप जिम्मेवार, समाजप्रति उत्तरदायी र उत्प्रेरित बनाउन मिस…


फिल्ममा ‘पुरुष वर्चश्व’

Posted On: Friday, December 20th, 2013

मुम्बई, (एजेन्सी) । बलिउडकी ‘धकधक गर्ल’ माुधरी दीक्षितले फिल्म क्षेत्रमा पुरुषको वर्चश्व हुने गरेको बताएकी छन् । आफ्नो आगामी नारी प्रधान फिल्म ‘डेढ इश्किया’ को प्रचारमा व्यस्त रहेकी यी अभिनेत्रीले यस्तो धारणा सुनाएकी हुन् । माधुरी भन्छिन्, ‘यो दुनियाँमै पुरुषको प्रभुत्व छ ।’ उनका अनुसार महिला आत्मनिर्भर हुन सकेका छैनन् । ‘आत्मनिर्भर हुनै सकेका छैनन् भने महिलाले कसरी आफ्नो पहिचान बनाउन सक्छ ?’ माधुरी भन्छिन्, ‘फिल्मकै कुरा गर्ने हो भने महिलाहरु बिहेपछि कम विकल्प हुन जान्छन् ।’ माधुरीलाई लाग्छ, फिल्म…


रजनीपछि शिल्पाको छवि

Posted On: Friday, December 20th, 2013

काठमाडौं, ५ पुस । अभिनेत्री रेखा थापासँग अलग भए पनि निर्माता तथा वितरक छविराज ओझा एक्लो छैनन् । करिब १२ वर्ष लामो रेखासँगको सहकार्य छुटेपछि पनि उनी खुसी नै छन् । किनकि, अहिले छविसँग दुईटी हिरोइन छन् । उनले पछिल्लो समय अभिनेत्रीद्वय रजनी केसी र शिल्पा पोखरेलको ‘करिअर बनाउने’ जिम्मा लिएका छन् । रजनीलाई ‘लोफर’ र शिल्पालाई छविले ‘लज्जा’मार्फत डेब्यु गराएका हुन् । १२ वर्षअघि उनले रेखालाई पनि यसरी नै फिल्ममा डेब्यु गराएका हुन् । हुन त रेखापछि केही हिरोइनलाई…


गायन छाड्न चाहन्थिन् सेलेना

Posted On: Thursday, December 19th, 2013

लस एन्जलस, (एजेन्सी) । हलिउडकी चर्चित पप गायिका तथा अभिनेत्री सेलेना गोमेजले आफूलाई नै विश्वास गर्दिनन् । उनी भन्छिन्, ‘अभिनय मेरा लागि पहिलो प्रेम हो तैपनि मेरो अभिनय क्षमतामा मलाई विश्वास छैन ।’ गायनका आलवा अभिनयमा समेत करिअर बनाइसकेकी गोमेज भन्छिन्, ‘हिजोआज पनि आफूलाई सक्षम बनाउन प्रयत्नरत छु ।’ २१ वर्षीया गोमेज आफ्नो फिल्मी करिअरलाई लिएर बढी चिन्तित रहेको बताएकी छन् । पछिल्लो समय गायनमा भन्दा फिल्मी अभिनयमा मोहित गोमेजले ‘टिन वोग’ पत्रिकालाई दिएको अन्तर्वातामा भनेकी छन्, ‘शुरुआतमा म संगीत…


विकास बोर्ड खारेज गर्नुपर्छ : नीर शाह

Posted On: Thursday, December 19th, 2013

काठमाडौं, ४ पुस । नेपाली चलचित्र उद्योगका क्षेत्रमा सरकारी स्तरबाट गठित भएको एक मात्र चलचित्र विकास बोर्डको खारेज गर्नुपर्ने माग चलचित्रकर्मीहरुबाटै आउन थालेको छ । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ निर्देशक नीर शाहले नेपाली चलचित्रको विकासका लागि केही गर्न नसक्ने चलचित्र विकास बोर्ड काम नलाग्ने भन्दै खारेज गरिनुपर्ने माग अघि सारेका हुन् । संविधानसभा सदस्यका लागि कांग्रेसबाट समानुपातिक सूचीमा परेका नीर शाहले राजनीतिकर्मीकै शैलीमा भने – ‘बोर्ड खारेज गर्नका लागि व्यवस्थापिका संसदमा पनि दह्रो आवाज उठ्नेवाला छ, हामी उठाउँछौं…