घाइते भईन सन्नी लियोन

Posted On: Tuesday, November 12th, 2013

मुम्बई । पोर्नस्टार सन्नी लियोन घाईते भएकी छिन् । सनी आफ्नो नयाँ फिल्म “टिना एण्ड लोलो” को सुटिङ्ग कै दौरानमा घाइते भएकी हुन । यस फिल्ममा सन्नीले धेरै एक्सन स्टन्ट दिएकी छिन् । डाक्टरले उनलाई सुटिङ्ग छोडेर आराम गर्न सल्लाह दिएका छन् । तर फिल्म निर्माता देवंग ढोलकियाका अनुसार सन्नीलाई धेरै गहिरो चोट भने लागेको छैन । एक्सन स्टन्ट खिच्ने बेलामा धेरै सावधानी अपनाए पनि सानो गल्तीले सनी सामान्य घाइते भएकी हुन ।


माइलीको हर्कत

Posted On: Tuesday, November 12th, 2013

गत शनिबार सम्पन्न MTV Europe video music awards 2013 मा गायिका माइली साइरसले आफ्नो हर्कत देखाइन् । उनले गीत गाउँदै गर्दा जसरी उनको व्यापक चर्चा भइरहेको थियो त्यसैगरी अवार्ड लिन जाँदा उनले स्टेजमै चुरोट सल्काएर धुवाँ उडाएपछि झन् उनको हर्कतले स्थान पायो । उनले यो घटना पश्चात ट्विटरमा ट्विट गर्दै कहिलेकाही यस्तो हुने भन्दै अवार्ड कार्यक्रम रमाइलो भएको बताएकी छिन् । कार्यक्रमम गायिका माईली साईरस, केटि पेरी, रेड्फु आदि हलिउड गायक गायिकाहरु उपस्थित भएका थिए ।  


कमलरी कथामा एउटै

Posted On: Sunday, November 10th, 2013

गरिब तथा उत्पिडित वर्गका रुपमा चिनिंदै आएको कमलरी को कथामा चलचित्र एउटै बनिरहेको छ । मधेशी, पहाडी र हिमाली एउटै देशका हुन् सबै मिलेर एउटै देशमा बस्नु पर्छ भन्ने मूल कथालाई लिएर बनिरहेको चलचित्र एउटैमा बिशेषगरि कमलरी जस्तो कुप्रथालाई जरैदेखि उखेलेर फ्याँक्नु पर्छ भन्ने सन्देश दिइएको छ । देब नेपालको लेखन तथा निर्देशनमा तयार हुँदै गरेको चलचित्र एउटैको छायांकन भइरहेको छ । रामकुमार अधिकारी निर्माता रहेको चलचित्र एउटैमा देब नेपाल, दिप सागर, बिजय चौधरी, सपना के.सी., कमल ज्ञवाली र रामकुमार…


जैकलिनको चार वर्ष

Posted On: Thursday, November 7th, 2013

मुम्बई, (एजेन्सी) । अभिनेत्री तथा पूर्वमिस श्रीलंका जैकलिन फर्नाडिजले बलिउड फिल्म उद्योगमा चार वर्ष पूरा गरेकी छन् । बलिउडमा ‘इन्ट्री’ को चार वर्ष पूरा गरेको अवसरमा जैकलिनले माइक्रो ब्लगिङ साइट ट्विटरमा लेखेकी छन्, ‘बलिउडमा मेरो चार वर्ष पूरा भएको छ । चार वर्षअघि मेरो पहिलो फिल्म ‘अलादिन’ रिलिज भएको थियो । उक्त फिल्मबाट सबैबाट प्रशंसा पाएकी थिएँ ।’ सन् २००९ मा अभिनेत्री जैकलिनले फिल्म ‘अलादिन’मार्फत बलिउडमा करिअर सुरु गरेकी थिइन् । पछिल्लो समय बलिउडमा हट अभिनेत्रीका रूपमा आफूलाई स्थापित गरेकी…


बिहेअघि नै छोडपत्रको तयारी

Posted On: Thursday, November 7th, 2013

लस एन्जलस (एजेन्सी) । हलिउडमा अभिनेता ब्राड पिट र अभिनेत्री एन्जेलिना जोलीको जोडी ‘सुपरहिट’ छ । एकअर्काको जोडी भएर उनीहरूले ‘मिस्टर एन्ड मिसेस स्मिथ’लगायत दर्जनौँ फिल्ममा काममात्र गरेका छैनन्, उनीहरूले सँगै घर पनि बसालेका छन् । ६ बालबालिकाका धर्मअभिभावक समेत रहेका उनीहरूले औपचारिक रूपमा बिहे नगरे पनि पतिपत्नीसरह बसेका छन् । तर, बिहे गर्नुअगावै छोडपत्र भएको अवस्थामा के गर्ने भन्ने विषयमा उनीहरूबीच सहमति भएको छ । वकिलसँगको परामर्शबाट उनीहरूले लामो सहमतिपत्र तयार गरेका छन्, जहाँ दुवैले छोडपत्र भएको अवस्थामा एकअर्काको…


पुनम पाण्डे पोर्न फिल्मतिर

Posted On: Friday, November 1st, 2013

नशाजस्तो एडल्छ फिल्ममा काम गर्ने अवसर पाए पनि सफलता चुम्न नसकेकी बलिउड नायिका पुनम पाण्डे अब बलिउड छोडेर पोर्न फिल्मतिर लाग्ने खुलासा भएको छ । एक फिल्मबाट राम्रो अवसर आएपछि उनले पोर्न फिल्ममा काम गर्न लागेको एक भारतीय सञ्चार माध्यमले दावी गरेको छ । पुनम पटकपटक न्युड भएको खबरले प्रभावित भएर उनलाई पोर्न फिल्म इन्डस्ट्रिले बोलाएको समाचारमा जनाइएको छ । उनले पोर्न फिल्ममा साइन गरिसकेको खबरसमेत बाहिर आएको छ । नशा फिल्मको प्रमोशनमा भने पुनमले मिडियासँग आफूलाई सन्नी लियोनसँग तुलना नगर्न आग्रह गरेकी…


राहदानीको देउसी

Posted On: Friday, November 1st, 2013

काठमाडौं । सविधानसभाको चुनाव होस, संविधान बनोस, सबै नेपाली चलचित्र सफल होउन् भन्दै चलचित्र ‘राहदानी’ युनिटले बिहिबार काठमाडौंको कलंकी हलमा देउसी खेलेको छ । तिहारको प्रसंग समेटिएको सो चलचित्रको एउटा मारुनी गीतको सार्वजनिक कार्यक्रममा देउसी खेलेर तिहारको स्वागत गरिएको हो । कार्यक्रममा चलचित्रका तीनै नायिकाले देउसेभैलो भट्टाएका थिए । डा. गोबिन्द कुसुमको रचना÷संगीत र निशा देसारको स्वर रहेको सो गीतको भिडियो कार्यक्रममा सार्वजनिक गरिएको थियो । मुलुक जोगाउन संस्कृति जोगाउनु आवश्यक भएको बताउँदै राहदानीको सल्लाहकार एवं गीतकार कुसुमले तिहारको देउसी…


सैफसँग कल्की

Posted On: Thursday, October 31st, 2013

अक्सर अफ–बिट फिल्ममा देखापर्ने अभिनेत्री कल्की कोचिन पर्दामा सैफ अलि खानकी जोडी बन्ने भएकी छिन् । राज निधिमोरु र कृष्ण डिकेको संयुक्त निर्देशनमा बन्न लागेको फिल्ममा यो जोडीले काम गर्न लागेको हो । अभिनेत्री प्रीति जिन्टालाई फिल्ममा अतिथि कलाकारका रूपमा प्रस्तुत गरिनेछ । ‘जिन्दगी ना मिलेगी दोबारा’, ‘ये जवानी है दिवानी’ जस्ता फिल्मबाट चर्चा बटुले पनि कल्कीले आफ्नो वास्तविक अभिनयक्षमता निर्देशक अनुराग कश्यपका फिल्ममा देखाउने गरेकी छिन् । कश्यप निर्देशित ‘देव–डी’ लगायत कश्यप निर्देशित फिल्ममा उनले परिपक्व अभिनय गरेकी छिन्…


केटले गरिन् अचाक्ली

Posted On: Thursday, October 31st, 2013

बेलायती मोडल केट मोस अचाक्ली नै गर्छिन् । समुद्री किनारमा स्तन उदांगो पारेर वरिपरिका मानिसलाई आफ्नो देहको परख गर्न दिन उनी रत्तीभर संकोच मान्दिनन् । जमैकाको समुद्री किनारमा गत साता उनले यही तमासा गरिन् । रापिलो घामको ताप उनले सहन सकिनछन् क्यारे, एकएक गर्दै जम्मै लुगा फुकालिन् र नांगै पल्टिइन् बालुवामा । ३९ वर्षीया केट फेसन जगतमा प्रवेश गरेको २० वर्ष पुगिसकेको छ । तैपनि, उनको शरीर अझै उत्तिकै आकर्षक छ । शरीर यतिविघ्न आकर्षक नहुँदो हो त कसले पो…


विन्दासको अडियो सार्वजनिक

Posted On: Thursday, October 31st, 2013

कार्तिक १५ गते शुक्रबारबाट अल नेपाल रिलिज हुन लागेको फिल्म ‘विन्दास २’ को संगीत बुधबार राजधानीमा सार्वजनिक गरिएको छ । चलचित्रका निर्माता मधुकुमार श्रेष्ठ, निर्देशक राजु गिरी रहेको चलचित्र विन्दास–२ को अडियोलाई चलचित्रकी नायिका सुष्मा कार्की, निर्माता श्रेष्ठ, निर्देशक गिरी, नायक सुशान्त कार्की, नायिका अनिशा गुरुङ, संगीतकार अर्जुन पोखरेललगायतले संयुक्त रुपमा विमोचन गरेका हुन् । चलचित्रमा ‘सुन्छु तिमीले मलाई’,‘माया गरेर हेर’,‘पछयौरी छोटो’ र ‘आँखामा’ बोलका गीत छन् भने गीतमा राम अविरल, टेकबहादुर तामाङ, होमलाल गुरुङ र सुरेन्द्र भट्टराईको शब्द छ…