‘बाँसुरीको धूनसँगै उदाएको सुनिलको संगीत’

Posted On: Tuesday, June 19th, 2018

सुमन बैरागी/म्यूजिकखबर विहानको समय, संगीतकार सुनिल मास्केसँगको भेट एउटा जिल्लाबासीले मात्र होइन गीतसंगीतको प्रतिनिधित्व पात्रको हैसियतले नै बित्यो । करिब साढे नौ बजे उहाँकै निवासमा भेट गर्दाको क्षण अविस्मरणीय पनि बन्न पुग्यो । गोरखा नगरपालिका–३ हरमटारीमा २०२३ साल चैत ११ गते जन्मिएका संगीतकार सुनिल मास्केको जीवनयात्राको बारेमा कुरा गर्दै गर्दा निकै रोचक मात्र भएन इतिहासको पाना पल्टाउँदै गरेको एउटा पाठकजस्तै म अचम्ममा परेँ । मलाई लाग्थ्यो एउटै जिल्ला भएर पनि मास्केसँग नजिक भएर कुरा खासै गरिएको थिएन तर टाढैबाट मैले…


अनिल खनालको गीतकार बाट संगीतकारमा फड्को, ल्याए घुटु घुटु !

Posted On: Monday, June 18th, 2018

असार ४, काठमाडौं । नेपाली गीत सांगीतिक क्षेत्रमा गीति लेखनका माध्यमबाट परिचित बनेका गीतकार हुन् अनिल खनाल । यतिबेला उनै अनिल खनालले संगीतमा पनि फड्को मारेका छन् । भर्खरै मात्र सार्वजनिक भएको ‘घुटु घुटु’ बोलको गीतमा खनालको शब्द सँगै संगीत समेत भरेका छन् । ‘घुटु घुटु’ गीतमा शितलराज पाण्डे र टिका प्रसाइको स्वर रहेको छ । गीतको म्युजिक भिडियोलाई अनिल राईले निर्देशन गरेका हुन् । युविन ढुंगाना र रजिना महर्जनले मोडलिङ गरेको गितलाई विनोद बमले सम्पादन गरेका छन् । भिडियो…


रवि र रेश्माको नाँचौं नाँचौं लाग्ने गीत ‘संसार हाम्रै हो’, हेर्नुहोस् भिडियो !

Posted On: Monday, June 18th, 2018

असार ४, काठमाडौं । गीतको म्युजिक बज्ने बित्तिकै उठेर नाचौँ नाचौँ लाग्ने संसार हाम्रै हो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गोल्डेन कृयशनको प्रस्तुतिमा बजारमा आएको म्युजिक भिडियोको गीतमा गीतकार तुलसी बस्नेत, सङ्गीतकार सन्तोष श्रेष्ठ, गायक रगायिका रवि थापा मगर र रेश्मा पुन, एरेन्जर कुमार थापा र ध्वनि मिश्रण श्यामश्वेत रसाइली रहेका छन् । विक्रम चौहानको निर्देशनमा तयार गरिएको म्युजिक भिडियोमा विक्रम चौहान र अनु शाहको अभिनय रहेको छ । साथै छायांकनमा ज्ञानेन्द्र शर्मा र सम्पादन मिलन बि.क. रहेका…


शिवको ‘मङ्गली’ ट्रेण्डिङमा, २४ घण्टा नबित्दै ३ लाख बढी भ्युज !

Posted On: Monday, June 18th, 2018

असार ४, काठमाडौं । लोकप्रिय गायक शिव परियारको स्वर रहेको ‘मंगली’ बोलको गीत भिडियो सार्वजनिक गरिएसँगै चर्चामा रहेको छ । डस म्यूजिकको युट्युव च्यानलमा अपलोड गरिएको उक्त गीतलाई २४ घण्टा नबित्दै यो समाचार तयार पार्दाको समयमा ३ लाख बढी पटक हेरिएको छ । गीत युट्युवको ३१ औं ट्रेण्डिङमा पर्न सफल रहेको छ । प्रल्लाद शाहको शब्द रहेको गीतमा शंकर थापा स्माईलको कम्पोज र उदय राजा पौडेलको एरेन्ज रहेको छ । सार्वजनिक भिडियोमा भारतीय डान्स रियालिटी शो ‘डान्स प्लस सिजन २’ मा…


मृगौला पिडित संगीतकर्मीलाइ गीतकार भद्रकलाको नगद २ लाख सहयोग !

Posted On: Monday, June 18th, 2018

असार ४, काठमाडौं । हङकङमा रहेर सांगीतिक कर्म र समाजसेवामा रमाउदै आएकी गीतकार भद्रकला आङबुहांङ राई मानब सेवामा दत्तचित्त छिन्। समाजसेवालाई मूलकर्म बनाउदै प्रवासमा कर्म गरिरहेकी यिनी कला र संस्कृतिलाई पनि औधी मनपराउछिन्।साहित्य संगीतमा पनि यिनको रुचि बोजोड छ। गहकिला गीत सृर्जनामा यिनी दख्खल राख्छिन् ।२०७१ सालमा संगीतकार सुरेश अधिकारीको एकल संगीतमा एउटा गहकिलो एल्बम लिएर श्रोतामाझ आएकी यिनी अहिले पनि संगीत क्षेत्रकै उत्थानमा समर्पित छिन्। छिट्टै अब नयॉ एल्बमको साथमा फेरि श्रोता सामु आउने तयारीमा रहेकी भद्रकला बिदेशमा कार्यक्रम…


तेश्रो म्यूजिक भिडियो अवार्डमा अर्जुन र जुना उत्कृष्ट !

Posted On: Sunday, June 17th, 2018

३ असार, काठमाडौं । मलेसियामा आयोजना भएको ‘तेश्रो नेपाली म्यूजिक भिडियो अवार्ड’मा मोडल पल शाह र आँचल शर्मा ‘पप गीत’ तर्फको म्यूजिक भिडियोबाट उत्कृष्ट मोडल भएका छन् । शनिबार मलेसियामा आयोजना भएको अवार्डमा लोक, पप र आधुनिक विधामा अवार्ड प्रदान गरिएको थियो । अवार्ड समारोहमा वरिष्ठ पत्रकार शान्तिप्रियलाई चलचित्र पत्रकारिता सम्मानबाट सम्मानित गरिएको छ । संगिक्षा फिल्मस्को आयोजनामा भएको अवार्डमा नेपालबाट ६० बढी कलाकार मलेसियामा पुगेका छन् । अगाडिका २ सिजन यूएइको अवुधावीमा आयोजना गरेको संगिक्षा फिल्मस्ले यसपटक मलेसियालाई रोजेको…


नुतनको ‘कुर्दा कुर्दै’मा मेनुकाको मखमली आवाज ! हेर्नुहोस् भिडियो !

Posted On: Saturday, June 16th, 2018

असार २, काठमाडौं । गीति लेखनका माध्यमबाट नेपाली सांगीतिक क्षेत्रमा क्रियाशील रहेकी गीतकार नुतन भुसालको नयाँ गीत ‘कुर्दा कुर्दै’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । नुतनको गीति एल्बम नुतन आभाषमा समावेश उक्त गीतको म्यूजिक भिडियोलाई नुतनको आफ्नै युट्यूव च्यानल मार्फत सार्बजनिक गरिएको हो । जसमा मखमली स्वरकी धनी उदीयमान गायिका मेनुका पौडेलको स्वर रहेको छ भने दिपकराज विश्वकर्माले संगीत भरेका छन् । म्यूजिक भिडियोमा सबि गुरुङ र सन्जोग चेम्जोङले अभिनय गरेका छन् । हाङ चेम्जोङले गीतको निर्देशन गरेका हुन् भने छायाँकान…


टिकाको ‘माया लुकी लुकी’ चर्चामा, प्रत्येक दिन थपिंदै लाखौं भ्युज !

Posted On: Saturday, June 16th, 2018

असार २, काठमाडौं । पछिल्लो समयमा नेपाली सांगीतिक क्षेत्रमा लोकप्रियताको शिखर चुम्दै गरेकी गायिका हुन् गायिका हुन् टीका प्रसाईं । झापा, दमकबाट आफ्नो सागीतिक यात्रा शुरु गरेर करिब दुइ दशकको सांगीतिक यात्रा तय गरेकी गायिका प्रसाईंका सयौं गीतहरु नेपाली सिनेमा र एल्बमहरुमा सुन्न सकिन्छ । यतिबेला उनै गायिका टीका प्रसाईंको नयाँ गीत नेपाली सांगीतिक क्षेत्रमा सर्वाधिक चर्चामा रहेको छ । आनन्द अधिकारीको शब्द रचना, आशिष अविरलको संगीत र संगीत-संयोजनले सजिएको उक्त गीतको बोल ‘माया लुकी लुकी’ रहेको छ । येष्ठ २४…


‘दक्ष इन्टरनेशनल पत्रकारिता अवार्ड’ बाट सुर्य चन्द सम्मानित !

Posted On: Saturday, June 16th, 2018

असार २, काठमाडौं । संचारकर्मी तथा समाजसेवी सुर्य चन्द सम्मानित भएका छन् । दक्ष इन्टरनेशनल प्रालिको आयोजनामा सम्पन्न भएको मिस ग्यालेक्सी नेपाल २०१८ को ग्राण्ड फिनालेमा प्रमुख अतिथि काठमाडौँ महानगरपालिकाको उपमेयर हरि प्रभा खड्गी श्रेष्ठको हात बाट ‘दक्ष इन्टरनेश्नल पत्रकारिता अवार्ड २०१८’बाट संचारकर्मी सुर्य चन्दलाइ सम्मानित गरिएको थियो । लामो समय देखि निष्ठा र समर्पणभाबका साथ पत्रकारिता मार्फत संचार क्षेत्रमा सधानारत रही सत्य तथ्य सुचनामुलक समाचारहरु प्रबाह गरि नेपाली नागरिक समाज तथा आमपाठक समक्ष समर्पित रहदै आएको र समाजमा रहेका…


‘संगीत रोयल्टीको व्यवस्थापनमा एसियामै उदाहरणीय बनेको छ नेपाल’

Posted On: Friday, June 15th, 2018

१ असार, काठमाडौं । नेपालको संगीत रोयल्टी व्यवस्थापन मोडेल नेपालमा रहेका स्रष्टा सर्जकले सोचेजस्तो कमजोर छैन । नेपाली प्रतिलिपि अधिकारका अभियन्ताले नै यस्तो होला भन्ने अनुमान गरेका छैनन् होला तर गर्दै जाँदा राम्रो बनेको रहेछ भन्ने कुरा विश्वका सिएमओ (कलेक्टिभ म्यानेजमेन्ट अर्गानाइजेशन) को भेलाले बताएको छ । प्रतिलिपि अधिकारसम्बन्धी एशियास्तरीय प्रशिक्षणका लागि काठमाडौं आएका दक्षिण एशिया र युरोपेली मुलुकका प्रतिलिपि अधिकार अभियन्ताले आयोजना गरेको कार्यक्रममा नेपालको संगीत रोयल्टी व्यवस्थापन पद्धति एसियामै उदाहरणीय बनेको बताएका हुन् । नेपाली रोयल्टी व्यवस्थापन संस्थाहरुले…