सांगीतिक कार्यक्रमबाट सहयोग

Posted On: Sunday, October 20th, 2013

अमेरिकाको कोलोराडोमा आएको बाढीबाट पीडित नेपालीहरुका लागि नेपाली समुदायले नै एक सांगीतिक कार्यक्रमको आयोजना गरी सहयोग गरेका छन् । बाढी पीडितका लागि सांगीतिक कार्यक्रम गरेर एक हजार ९ सय ४० अमेरिकी डलर संकलन गरिएको छ । केही दिनअघि कोलोराडोको बोल्डर सहरस्थित म्याकी अडिटोरियम हलमा गरिएको मन्त्रफेस्ट कन्सर्टबाट सो रकम संकलन गरिएको हो । कन्सर्टमा देवा प्रेमल, मिटेन, मनोज सिंह र गुरु गणेश ब्यान्ड आदि कलाकारहरुले संगीतमार्फत दर्शकहरुलाई सहयोगको लागि आग्रह गरेको सहयोगको पहलमा जुटेका रकी माउन्टेन फ्रेन्ड्स अफ नेपालको पूर्व…


संगीतकार श्रेष्ठ र गीतकार अबिरल सम्मानित

Posted On: Monday, October 7th, 2013

एम मिडियाले राजधानीमा एक कार्यक्रमको आयोजना गरी ‘एम मिडिया संगीतकला सम्मान – २०७०’ बाट संगीतकार सन्तोष श्रेष्ठ र एम मिडिया रेडियो पत्रकारिता सम्मान २०७०बाट गीतकार राम अबिरललाई प्रदान गरेको छ । पछिल्लो समयमा चर्चाको शिखरमा रहेका संगीतकार श्रेष्ठलाई संगीतको क्षेत्रमा योगदान पु¥याएवापत एम मिडिया कला सम्मान २०७० बाट र गीत लेखनको क्षेत्रमा लोमो समयदेखि योगदान पु¥यावापत अबिरललाई सम्मान गरिएको हो । सञ्चार क्षेत्रमा क्रियाशील रहँदै आएको संस्था एम मिडियाले पहिलोपटक आयोजना गरेको सम्मान कार्यक्रममा संगीतकार श्रेष्ठ र गीतकार अबिरलका साथमा…


भूमिकाको हाँसोमा उत्तम दङ्ग

Posted On: Monday, October 7th, 2013

भैंसेपाटीको धानबारीमा उत्तमले भूमिकाको हात समाएपछि भूमिकाको हाँसो देखेर सबै दङ्ग परे । केही समय प्रवास बसेर नेपाल आएका उत्तमले भूमिकालाई लिएर धानबारी घुम्दै जाँदा के के भयो होला ? भयो पर पर भन्दै उत्तमले भूमिकालाई भने पनि उनीहरुले हात समाउने या सँगै बसेर गफ गर्ने काम भने गरिरहे । अब यसलाई कसरी पर पर भएको भन्ने होला । अझ अचम्मको कुरा त परदेशमा काम गरेको अभिनय पनि स्वदेशमै भयो । भूमिकाको हाँसोमा दंग परेका उत्तम स्वदेशमै परदेशी बनेपछि झन्…


भन्छौ तिम्ले कान्छु सार्वजनिक

Posted On: Monday, October 7th, 2013

लोकदोहोरी गीतिसंग्रह भन्छौ तिम्ले कान्छुको शनिबार तनहुँको सभागृहमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि लोक गायक कृष्ण थापा, विशिष्ठ अतिथि म्यूजिक खबर डटकमका अध्यक्ष सुमन बैरागी, एल्बमका कलाकारहरु तारादेवी थापा, सीतामाया गुरुङ र अर्जुन नेपालीले संयुक्त रुपमा गीतिसंग्रह भन्छौ तिम्ले कान्छुको सार्वजनिक गरिएको हो । विहानी सांगीतिक समूहको आयोजनामा भएको उक्त कार्यक्रममा स्थानीय लोकदोहोरी क्षेत्रका अतिथिहरुको बाक्लो जमघट रहेको थियो । विहानी सांगीतिक समूह नेपालका अध्यक्ष हरिबहादुर महतको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा स्थानीयदेखि राष्ट्रियस्तरका…


राजेशको दर्शन नमस्ते २

Posted On: Friday, October 4th, 2013

नेपाली सुगम संगीत र फिल्मी गायनमा भर्सटाइल गायकको पहिचान बनाएका गायक राजेशपायल राईले आफ्नो करियरको १७ औं एल्बम ‘दर्शन नमस्ते २’ बिहीबारबाट श्रोतामाझ ल्याएका छन् । एल्बमको नेपाली फिल्मका महानायक राजेश हमालले राजधानीमा आयोजित एक कार्यक्रममाझ सार्वजनिक गरे । फिल्म तथा म्युजिक भिडियो निर्देशक मिलन चाम्सको निर्देशनमा गायक राजेशपायल र नायिका तथा मोडल हेमा श्रेष्ठद्वारा अभिनित ‘छैन तिमीबाहेक’ बोलको गीतको म्युजिक भिडियो पनि कार्यक्रममा देखाइएको थियो । खोटाङको बुईपामा जन्मिएर १३ वर्षको उमेरदेखि गायन क्षेत्रमा सक्रिय राजेशले हालसम्म ‘मुच्र्छना’, ‘पूर्वमा…


गायिका काव्यको ‘काव्य’ लोकार्पण

Posted On: Thursday, October 3rd, 2013

गायिका काव्य आचार्यको आधुनिक गीतिसंग्रह काव्य लोकार्पण भएको छ । राजधानीमा एक कार्यक्रमकाबीच प्रमुख अतिथि गीतकार डा.कृष्णहरि बरालको हातबाट गीतिसंग्रह काव्यको लोकर्पण गरिएको हो । म्यूजिक खबर डटकमको आयोजनामा भएको उक्त कार्यक्रममा बोल्दै प्रमुख अथिति गीतकार डा. बरालले गीतिसंग्रह काव्य अन्य महाकाव्य र खण्डकाव्य भन्दा माथि रहेर गीतिकाव्यको रुपमा परिचित हुनेमा विश्वस्त रहेको बताए । बरालले पछिल्लो समयमा नयाँ नयाँ प्रतिभा आउनेक्रममा गायिका काव्य आचार्य एउटा राम्रो प्रतिभा पाएको बताएका थिए । स्वर, संगीत र शब्दमा राम्रो ज्ञान भएको गायिका…


गायक भक्तराजसँगै पत्रकार सम्मानित

Posted On: Thursday, October 3rd, 2013

राजधानीमा आयोजित गरिएको गायक विमल डाँगी एकल साँझको अवसर पारेर भजन शिरोमणि भक्तराज आचार्यलाई नगद ५० हजार १ रुपैयाँ र सम्मानपत्रबाट सम्मान गरिएको छ । भजनशिरोमणि भक्तराज आचार्यलाई पशुपति म्यूजिक सम्मानबाट सम्मानित गरिएको हो भने पत्रकारिताको माध्यमले संगीत उद्योगमा पु¥याएको योगदानका खातिर पत्रकारहरुलाई पनि सम्मान गरिएको छ । संगीतको क्षेत्रमा क्रियाशील रहेर कमल चलाउने सम्मानित पत्रकारहरुमा चलचित्र पत्रकार संघका अध्यक्ष विदुर गिरी, महासचिव लक्ष्मण सुवेदी, संचारकर्मीहरु कान्तिपुर रेडियोमा कार्यरत हेम सुवेदी, तराई टीभीमा कार्यरत नरेश भट्टराई, अनलाइनखबरका विजय आवाज, साप्ताहिकमा कार्यरत…


प्रतिष्ठानमा शर्माको नेतृत्व, बद्रीको बहुमत

Posted On: Tuesday, October 1st, 2013

लोकदोहोरी प्रतिष्ठानको सुर्खेतमा भएको अधिवेशनबाट चन्द्र शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । लोकदोहोरी क्षेत्रका गायक गायिकाहरुको छाता संगठनका रुपमा रहेको लोक दोहोरी प्रतिष्ठानको सुर्खेत अधिवेशनलाई लोकसंगीतको क्षेत्रमा विशेष रुपमा हेरिएको थियो । सुर्खेतमा असोज १२, १३ र १४ गतेसम्म भएको पाचौ“ अधिवेमा विभिन्न गुट र उपगुट भनिँदै आएका पनि अन्ततः चन्द्र शर्माले बहुमतले विजयी हासिल गरेका हुन् । निवर्तमान अध्यक्ष पुरुषोत्तम न्यौपानेको अध्यक्षतामा भएको कार्यसमितिलाई भंग गर्दै चन्द्र शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । चन्द्र शर्माले…


अमरको भाग्य सार्वजनिक

Posted On: Sunday, September 29th, 2013

गीतकार सुरेन्द्र महर्जन ‘अमर’को गीतिसंग्रह ‘भाग्य’ सार्वजनिक गरिएको छ । गत शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी वरिष्ठ गीतकार रत्नशमशेर थापाको हातबाट गीतिसंग्रह भाग्यको लोकर्पण गरिएको हो । म्यूजिक खबर डटकमको आयोजनामा भएको उक्त लोकर्पण कार्यक्रमका प्रमुख अतिथिका रुपमा रहेका गीतकार थापालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । प्रमुख अतिथि थापाद्वारा एल्बमका गीतकार सुरेन्द्र महर्जनका बुबा जुजुभाइ महर्जनको अर्धवार्षिकीको अवसरमा गरिएको उक्त कार्यक्रममा बुबालाई सम्झँदै दीप प्रज्ज्वलन गरेर बुबाको तस्वीरमा माला पहि¥याइएको थियो ।  म्यूजिक खबर डटकमका अध्यक्ष समुन बैरागीको…


एकल साँझ गर्दै विमल डाँगी

Posted On: Thursday, September 26th, 2013

गायक विमल डाँगी यतिबेला एकल साँझ गर्ने तयारीमा जुटिरहेका छन् । यही आश्विन १६ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा हुन गइरहेको एकल साँझमा गायक डाँगीले करिब एक दर्जनभन्दा बढी गीतहरु प्रस्तुत गर्दैछन् । देउडा, सालैजो, पूर्वेली र पश्चिमेली गीतहरु गाउने तयारीमा जुटेका गायक डाँगीले १२ वटा एकल र अरु युगल गायन प्रस्तुत गर्नेछन् । विन्ध्यावासिनी म्यूजिकको आयोजनामा गर्न लागेको यस एकल साँझ कार्यक्रमका लागि गायक डाँगी यतिखेर व्यस्त बनिरहेका छन् भने एकल साँझका लागि अभ्यासरत रहेका छन् । महिला तथा बालबालिकाको…