निष्ठुरीको यादमा रुँदै विष्ट (भिडियो सहित)

Posted On: Friday, April 4th, 2014

काठमाडौं, २१ चैत । प्रेम वियोगमा रुनेहरु संसारमा नै धेरै व्यक्ति होलान् । प्रेम पीडामा रुँदारुँदै कसेले त आत्महत्या नै गरेको घटनाहरु पनि सुन्न पाइन्छ भने धेरैले वियोगमा नै गीत सिर्जना गर्ने र आफ्नो आँसुलाई पुछ्ने गर्छन् । गीतकार हरि विष्ट पनि आजभोलि निष्ठुरीको यादमा तड्पिँदैछन् । निष्ठुरीको यादमा तड्पिएर गीतकार विष्टले धेरै गीत लेखिसकेका छन् । अर्काको जोडी हेरेर आफ्नो विछोडको भावलाई उनले राम्रोसँग शब्दमा उतार्ने गर्छन् । एउटा सबल गीतकारमा हुने क्षमता विष्टभित्र पनि लुकेको रहेछ भन्ने प्रेम…


बजारमा ‘चाहेरै मात्र’

Posted On: Thursday, April 3rd, 2014

काठमाडौं, २० चैत । एक वर्षअघि ‘माया पिरती’ नामक लोक आधुनिक एल्बम निकालेर गायनमा प्रवेश गरेका गायक चिरञ्जीवी भन्डारी हिजोआज कलेक्सनमा गाउन व्यस्त छन् । हालै सार्वजनिक भएको एल्बम ‘चाहेर मात्र’ मा भन्डारीले तीनवटा गीतमा स्वर दिएका छन् । आफूले गाएका तीनवटै गीत श्रोताले रुचाएको उनले बताए । ‘चाहेर मात्रै’ गीतकार शंकर कँडेलेको सोलो एल्बम हो, जसमा चाहेर मात्र, स्वस्थ व्यस्त, शंका गर्ने बानी, मेरै भरपरजस्ता पाँचवटा गीत छन् । तीमध्ये दुई गीतमा स्वरुपराज आचार्य र दुर्गा खरेलले स्वर दिएका…


परावृत्तमा बफिन्स ९८

Posted On: Thursday, April 3rd, 2014

काठमाडौं, २० चैत । बफिन्स ९८ समूहले परावृत्त नामक गीतिएल्बम बजारमा ल्याएको छ । यसभन्दा अघि भाग–१ र भाग–२ ल्याइसकेको बफिन्सले तेश्रो प्रस्तुतिका रुपमा परावृत्त लिएर आएको हो । परवृत्तमा बफिन्स ९८ मा आबद्ध विवेक, चन्द्रु, विजय, सन्जीव, कृष, प्रताप, रोशन र जीवन आबद्ध रहेका छन् । बफिन्स ९८ एउटा ब्यान्ड भएका कारण यी सबै कलाकारहरुको यसभित्र उत्तिकै मेहनत रहेको छ । परावृत्तमा करोडौं सन्तान, बुकी फूल, एउटा सादा कागज, एक्लो यो संसारमा, माघ है आयो, मेरो मनको हो कथा, भो भो…


चर्चामा म त हजुर मलेसियामा…

Posted On: Wednesday, April 2nd, 2014

काठमाडौं, १९ । यतिखेर सुमन बैरागीको शब्द, दीपक शर्माको संगीत र कृष्ण काफ्लेको स्वरमा सजिएको गीत म त हजुर मलेसियामा चर्चाको शिखरमा पुगेको छ । परदेशिएका नेपालीहरुको लागि लक्षित गर्दै उनीहरुकै सपनामा केन्द्रित रहेर बनाइएको यो गीतले यतिखेर RBT डाउनलोडमा आफ्नो अग्रस्थान जमाउन सफल भएको छ । गत दसैंताका तयार पारिएको गीत म त हजुर मलेसियामा सात समुन्द्र पारी, तिमीलाई सम्झी ल्याउँदा मन हुन्छ भारी बोलको गीतले चर्चा पाउनुमा मलेसियालाई नै सम्बोधन गरिएर त्यहाँ रहेका नेपालीहरुकै मर्मलाई उतारिउको हुँदा नेपालीहरुमाझ चर्चायोग्य…


अलिविदा मन्जु

Posted On: Monday, March 31st, 2014

काठमाडौं, १७ चैत । गायिका मन्जु महत हाम्रो सामु अब कहिल्यै नफर्किने गरी हाम्रो सामुबाट विदा भएर गइन् । उनले धेरैलाई नचाइन्, धेरैलाई हँसाइन् र मनोरञ्जन दिने क्रममै उनका स्वरहरुले मन्त्रमुग्ध गराइरहे तर अन्त्यमा उनले सबैलाई रुवाएरै विदा भइन् । अब हामीले खोजेर पनि उनलाई पाउँदैनौं, मात्र उनका स्वरमा सजिएका गीतहरुले मात्रै उनलाई अमर बनाइराख्ने छ । उनी मरेर पनि बाँचिरहनेछिन् । ५ वर्षे छोरी र १७ महिने छोराका लागि चिची, पापा ल्याउने उनको इच्छा अब पूरा भएन । उनको…


मन्जुलाई हार्दिक श्रद्धान्जली । शव प्रज्ञा भवनमा

Posted On: Monday, March 31st, 2014

काठमाडौं, १७ चैत । गायिका मन्जु महतको शवलाई श्रद्धान्जलीका लागि नेपाल प्रज्ञा प्रतिष्ठानमा ल्याइएको छ । श्रद्धान्जलीका लागि प्रतिष्ठानमा दिउँसो एक बजेसम्म राखिने गायक रमेशराज भट्टराईले बताए । श्रद्धान्जलीका लागि लोक, आधुनिक एवं चलचित्र क्षेत्रका कलाकारहरुको उपस्थिति हुने क्रम जारी रहेको छ । मन्जुको शव आज नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ । शनिबार मृत घोषणा गरिएको उनको शवलाई आज मात्र पोष्टमार्टम गरिएर श्रद्धान्जलीका लागि प्रज्ञा प्रतिष्ठानमा राखिएको हो । गायिका मन्जुको मृत आत्माको चीर शान्तिको कामना गर्दै…


मिल्यो कुरा, सोमबार मञ्जुको अत्योष्टि

Posted On: Sunday, March 30th, 2014

काठमाडौं, १६ चैत । मृतक लोक गायिका मञ्जु महतको परिवारलाई उचित राहतको माग गर्दै अन्दोलन उत्रिएका लोक दोहोरी कलाकार र यातायात व्यवसायीवीच तीन बुँदे सहमति भएको छ । गत बिहीबार माइक्रो बसको ठक्करबाट घाइते भएकी मञ्जुको मृत्यु भएपछि उनको परिवारलाई राहतको माग गर्दै कलाकार आइतबार बिहानैदेखि सडकमा उत्रिएका थिए । करिब ३ घण्टाको वार्तापछि सहमति भएको हो । यातायात व्यवसायीसँग सहमतिपछि मञ्जुको शव उनका परिवार र कलाकारले बुझेको छ । राहतको विषयमा कुरा नमिलेका कारण शनिबारदेखि मञ्जुको अस्पतालमै थियो ।…


मन्जु प्रकरण: वार्ता अझै अन्यौल । कहाँ लुके संघका अध्यक्ष ?

Posted On: Sunday, March 30th, 2014

काठमाडौं, १६ चैत । यतिखेर गायिका मन्जु महतको प्रकरणले सडक तातिरहेको छ । सम्पूर्ण कलाकारहरु सडकमा उत्रिएर दोषीमाथि कारवाहीको माग गरिरहेका छन् भने त्यसको प्रतिकारमा सरकार लागिरहेको छ । गोंगबु देखि रत्नपार्क चल्ने माइक्रो बस व्यवसायी संघका अध्यक्ष सानुकाजी महर्जन हिजोसम्म काठमाडौंमा भेटिएका थिए भने अहिले वार्ताका लागि उनी मलेखु आइपुगेको भनी वार्तास्थल १६ खुट्टे प्रहरी कार्यालयमा भनिरहहिएको छ । किन यसरी लुकाइँदैछ सानुकाजीलाई ? गायिका मन्जु महत सवार रहेको स्कुटरलाई ठक्कर दिने माइक्रो पनि उनै अध्यक्षको रहेको पुष्टि भइसकेको…


सरकार मौन भएपछि सडकमा कलाकार, मागप्रति अडान कायमै

Posted On: Sunday, March 30th, 2014

एमपी सुब्बा काठमाडौं, १६ चैत । नेपाली लोक दोहोरी क्षेत्रका कलाकार सडकमा उत्रिएका छन् । मृतक गायिका मञ्जु महतको परिवारले राहत नपाएसम्म सडक आन्दोल जारी राख्ने उनीहरुले बताएका छन् । बिहान ११ बजेदेखि लोक तथा दोहारी गीत प्रतिष्ठानको अगुवाईमा २ सय भन्दा बढी लोक कलाकार सोह्रखुट्ट्ेस्थित गल्कोपाखामा सडक जाम गरेर आन्दोलन गरिहेका छन् । मृतक मञ्जुको शव अस्पतालमै छ । माइक्रोले ठक्कर दिएर गम्भीर घाइते भएकी मञ्जुलाई शनिबार दिउँसो ४ बजे अस्पतालले मृत घोषणा गरेको थियो । सम्पूर्ण कलाकार सडकमा…


कलाकारमाथि प्रहरी धडपकड

Posted On: Sunday, March 30th, 2014

काठमाडौं, १६ चैत । मृतकको परिवारलाई राहत माग गर्दै लोक कलाकार आन्दोलनमा उत्रेका छन् । दुर्घटनामा परेकी गायिका मञ्जु महतको उपचारै क्रममा शनिबार निधन ग्रान्डी अस्पतालमा भएपछि उनको परिवारलाई राहत स्वरुप २० लाख रुपैयाँ लोक कलाकारले माग गरेका छन् तर गंगबू माइक्रो व्यवसासायी समितिले पीडित परिवारलाई राहत उपलब्ध गराउन आनाकानी गरिरहेको छ । तर कलाकारले आफ्ना् मागलाई कायमै राखेका छन् भन् सामाखुसी गल्कोपाखामा कलाकारले सडक जाम गरेर आन्दोलन गरिहेका छन् । प्रहरीले आन्दोलन गरिहेका कलाकारमाथि लाठी प्रहार गरेको छ ।…