एकल साँझका लागि समाजेसेवी विष्णु प्रसाद र लक्ष्मी नेपाल आउदै

Posted On: Sunday, February 9th, 2014

काठमाडौं, २६ माघ । भारतको राजधानी दिल्लीमा बस्दै आएका समाजसेवी विष्णु प्रसाद बराल र श्रीमती लक्ष्मी बराल चेपाङ बालबालिकाको सहयोगार्थ गरिन लागेको गायक विरही कार्की एकल सा“झ कार्यक्रमका लागि नेपाल आउने भएका छन् । मुख्य प्रयोजकका तर्फबाट २ लाख ११ हजार रकम सहयोग गसिसकेका बरालले चेपाङ बालबालिकाको हितमा गर्न लागिएको एकल साँझका लागि सबै क्षेत्रबाट सहयोग गर्नुपर्ने बताएका छन् । दिल्लीमा रहेर समाजसेवामा सक्रिय रहेका विष्णुप्रसाद बराल अल इन्डिया भोलुन्टरी अर्गानाइजेशनका राष्ट्रिय महासचिव हुन् । उनले अल इन्डिया भोलुन्टरी अर्गानाइजेशन…


ईश्वरले संगीत महोत्सव गर्ने

Posted On: Saturday, February 8th, 2014

काठमाडौं,  २६ माघ । नेपाली साङगीतिक क्षेत्रको ब्याण्ड नमस्तेका ईश्वर गुरुङ संगीत महोत्सव गर्नका लागि नेपाल फर्किएका छन् । सन् १९८८ मा स्थापना भएको यो ब्याण्डले ‘जाउ“है पोखरा, चरी म¥यो सिसैको गोलीले’ जस्ता चर्चित गीत नेपाली दर्शक स्रोताहरुका लागी दिइसकेका छन् । सोही ब्याण्डका संस्थापक प्रमुख तथा ब्याण्डका गायक ईश्वर गुरुङ नमस्ते ब्याण्डको वर्षिकोत्सवमा सांगीतिक कन्सर्ट दिनका लागि नेपाल आएका हुन् । ‘नमस्ते’ ब्याण्डले आफ्नो वार्षिकोत्सवको अवसरमा १९९४ बाट सुरुवात गरेको ‘महा शिवरात्री विश्व संगीत महोत्सव’ लाई निरन्तरता दिन पनि आफुले…


गायिकाहरुलाई ‘डिभोर्स’को मार

Posted On: Saturday, February 8th, 2014

ऋषिराम कट्टेल सफल सिने हिरोइनहरूमा देखिएको सम्बन्धविच्छेदको लहर गायिकाहरूमा सरेको छ। पतिसँग सम्बन्धविच्छेद गरेर एकल जीवन बिताउने र दोस्रो घरबारको चरणमा पुगेका गायिकाहरूको संख्या ह्वात्तै बढेको छ। गायक क्षेत्रका जोडीहरूको ‘ब्रेक अप’ को अनुपात अन्य क्षेत्रका महिलाको भन्दा निकै बढी देखिन्छ। त्रिभुवन विश्वविद्यालयका मानवशास्त्री कपिल दाहाल यसलाई नेपाली समाजमा सेक्स, विवाह र परिवारप्रतिको दृष्टिकोणमा आएको परिवर्तनको संकेत मान्छन्। दाहाल भन्छन्, “पहिले सात जुनीको बन्धन मानिने विवाह अहिले एक जुनीको करारनामा पनि हुन छाडेको छ।” कसैको घरजम, कोही एक्लो तीन वर्षअघि…


के गरेका हुन् हमालले ?

Posted On: Saturday, February 8th, 2014

काठमाडौं, २५ माघ । आजभोलि एल्बम विमोचन गर्ने शैली पनि फरक फरक छ । कहिले कसैको हातबाट विमोचन गराउनका लागि लाखांै खर्चिनेहरु पनि छन् भने कहिले मौका छोपेर विमोचन गर्नेहरु पनि छन् । मलेसियामा भएको रिमिक्स धमाका – ७ का अवसरमा ‘पिरतीको नाउँ’ नामक लोकदोहोरी गीत सार्वजनिक गरियो । स्रष्टाद्वय विनोद बस्नेत र शिवु घर्तीको संयुक्त प्रस्तुतिमा रहेको पिरतीको नाउँलाई रिमिक्स धमाकामा आफ्नो प्रस्तुति दिन पुगेका शब्द संकलक एवं लोक दोहोरी गायक शिव हमालको हातबाट विमोचन गराएका हुन् । तर…


मलेसियामा पिरतीको नाउँ लोकपर्ण

Posted On: Friday, February 7th, 2014

क्वालम्पुर, २४ माघ । प्रतिभाहरुलाई कसैले पनि रोक्न र छेक्न सक्दैन । यहि मेसोमा परेका छन् मलेसियामा श्रम गरिरहेको श्रमिक विनोद वस्नेत र शिवु घर्ती मगर । लोक क्षेत्रमा लागि परिरेहका यी दुई युवाले मलेसियामा दैनिक रोजगारी गर्दा गर्दै लोकदोहोरी गीतको एल्बम निकाल्न सफल भएका छन । उनीहरुले आफ्नो दोहोरी गीतको यसै साता विमोचन पनि गराएका छन् । मुहारमा भएको रिमिक्स धमाका ७ को सागितिक कार्यक्रमका वीच नेपालका लोक दोहोरी गायक शिव हमाले उनीहरुले सृजना गरेको “पिरितीको नाउँमा” गिती एल्वम…


म्युजिक भिडियोको लागि नेपाल आए कैलाश

Posted On: Friday, February 7th, 2014

काठमाडौं, २४ माघ । कैलास सिलवाल पेशाले टुर एन्ड ट्राभल्स्का व्यबसायी हुन । प्राय युरोप फ्रान्स, जर्मन, इटाली, स्पेन र डेनमार्क रहने उनको परिचय थापिएको छ, त्यो हो मोडलिङ । स्कुल देखि कलेजसम्म रँगमञ्चमा काम गरेका कैलास यतीबेल म्युजिक भिडियो मोडलिङमा लागेका छन् । फेसबुक मार्फत म्युजिक भिडियोको लागि प्रस्ताव आएपछि उनी सुटिङको लागि युरोपबाट हालै नेपाल आएका हुन् । हरि लम्सालको स्वर र सँगीत रहेको गीत ‘कागजमा लेखे च्यातिन सक्छ, ढुँगामा खोपे टुक्रिन सक्छ...’मा कैलासले मोडलिङ गरेका छन् ।…


सम्पन्न भयो सन्तोष्को एकल साँझ

Posted On: Wednesday, February 5th, 2014

काठमाण्डौं, २२ माघ । युवा पुस्ताका चर्चिक संगीतकार संन्तोष श्रेष्ठले कला, साहित्य, संगीतका क्षेत्रमा योगदान पुर्याउदै आएको संस्था राप्ती साहित्य परिषदको अधुरो भवन निमार्ण सहयोगार्थ मंगलबार एकल साँझ सम्पन्न गरेका छन । २०३७ साल माघ २१ गते दाङ्को हापुरमा संगीतकार संन्तोष श्रेष्ठ जन्मिदा यो भवन ३ वर्षको थियो । आफू भन्दा ३ पहिले जन्मिएको साहित्य परिषद्को भवन निर्माणका लागि गीत संगीतको माध्यमबाट सहयोग गर्न उनले आफू जन्मिएकै दिन एकल साँझको आयोजना गरेको बताए । उनले एकल साँझमा ‘तिमीले भुल्न सके…


मस्त की व्यस्त हुन् खरेल ?

Posted On: Saturday, February 1st, 2014

काठमाडौं, १९ माघ । आजभोलि निर्देशक माधव खरेल आफूलाई निकै व्यस्त भइरहेको बताउँछन् । तर उनको तस्वीर मात्रै हे¥यो भने उनी व्यस्त होइनकी मस्त जस्तो देखिन्छ । दुईवटा चलचित्र पनि निर्देशन गरे ढुंगे युग । अब आजभोलि म्यूजिक भिडियोतिर व्यस्त छु भन्ने गरेका निर्देशक खरेलका तस्विर हेर्दा लाग्छ व्यस्त हुन् की मस्त ? कहिले सकिन तिमीलाई भुल्न भन्ने गरेका हुन्छन् त कहिले चुलबुले कान्छीलाई देखेर... । अब कुरो आफैं बुझ्नुस् । प्रेम लामा र संगीता लामाद्धारा स्वर वद्ध गरिएको गीत…


तिलकले गाए लुम्लेको हावादेखि माँ कसम

Posted On: Saturday, February 1st, 2014

पर्वत, १८ माघ । मुटु छुने लुम्लेको हावाले गीत गाउने चर्चित गायक तिलक बममल्ल आजभोलि माँ कसम तिमी बडा च्वाँक छौ भन्दै हिंड्न थालेका छन् । गायक बममल्ल जहाँ जान्छन्, जुन महोत्सवमा पुग्छन् अझै उनको जवानी चढ्दै गएको छ की भन्ने भान हुन्छ । पर्वतको महोत्सव अनि माघको महिना त्यसमा पनि चिसो चल्न शुरु हुने सा“झको बेला तिलक बममल्ल जब स्टेजमा उक्लिए एकाएक दर्शकबाट हुटिङ आयो ‘मुटु छुने लुम्लेको हावाले’ भन्दै । चौथो पर्वत महोत्सवको चौथो दिन शुक्रबार तिलकबममल्लले दर्शकलाई…


स्पेनिस संगीतमा चर्चा बटुल्दै पन्थ

Posted On: Saturday, February 1st, 2014

काठमाडौं, १८ माघ । नेपाली संगीतलाई विश्व बजारमा विस्तार गर्ने क्रममा धेरै संगीतकर्मीहरु लागिपरिरहेको बेला नेपाली संगीतका पारखी संगम पन्थ पनि स्पेनिस भाषामा नेपाली गीतसंगीतलाई विस्तार गरिरहेका छन् । स्पेनिस भाषाको राम्रो ज्ञान भएका संगमले आफूलाई नेपाली गीतसंगीतमा जस्तै स्पेनिस गीतसंगीतमा पनि उत्तिकै सबल देखाउन लागिपरेका हुन् । केहि समय अगाडी मात्र एआर रेहेमानको संगीतमा नेपालकी गायिका आनि छोइङ डोल्माले गीत गाएकी थिइन् । त्यस्तै संगीतकार सन्तोष श्रेष्ठको संगीतमा साउथ एसियन गायक देव राखाले पनि नेपालीमा गीत गाएका थिए ।…