रुचाइयो टिकाको ‘माया लुकी लुकी’ ! १० दिनमा १० लाख बढी भ्युज !

Posted On: Friday, June 15th, 2018

असार १, काठमाडौं ।  चर्चित गायिका टिका प्रसाईको नयाँ गीत ‘माया लुकी लुकी’लाई दर्शक श्रोताले रुचाइदिएका छन् । ज्येष्ठ २४ गते युट्युवमा अपलोड गरिएको गीतलाई यो समाचार तयार पार्दाको समयमा दश लाख बढी भ्युज मिलेको छ । युट्युबमा २१ सय भन्दा बढी प्रतिक्रिया आएका छन् भने ४२ हजार बढीले लाइक गरेका छन् । भ्युज, कमेन्ट र लाइक बटन सबै अनुसार पनि भन्न सकिन्छ कि टिकाको स्वर र कार्टून क्रिउको डान्सलाई सबैले रुचाएका छन् । लोकप्रियताको बाटोमा उक्लिरहेको ‘माया लुकी लुकी’ गीतमा आनन्द…


चन्द्रको ‘आँखामा’ अलिसा र निराजनको रोमान्स ! हेरौं भिडियो !

Posted On: Friday, June 15th, 2018

असार १, काठमाडौं । नव गायक चन्द्र पन्थीको गीत ‘आँखामा’ को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शब्द संगीत समेत गायक पन्थीकै रहेको छ । क्लासिकल र पप म्युजिकलाई फ्युजन गरेर तयार गरिएको गीतको भिडियोमा निराजन प्रधान र अलिशा राईको अभिनय रहेको छ । सोनाम पाख्रिन निर्देशित भिडियोमा उत्सव दाहालको छायाङ्कन रहेको छ भने सम्पादन सुशिल न्यौपानेले गरेका हुन ।


‘सिन्धुलीको बाटोमा’ सार्वजनिक

Posted On: Friday, June 15th, 2018

१ असार, काठमाडौ । लोक गायक बुद्ध खत्रीको ‘सिन्धुली’बाटोमा गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा गायक बुद्ध खत्री र गायिका बर्षा कार्कीको आवाज रहेको छ । सिन्धुलीको जिल्लाको सेरोफेरोलाई गीतमा समेटिएको छ । सिन्धुलीको जिल्लामा जन्मिएका गायक बुद्ध खत्रीले गढीदरबारलाई गीतमा प्राथमिकतामा राखेका छन् । सञ्चारकर्मी रामचन्द्र श्रेष्ठको शब्द रचना रहेको गीतमा रंगकर्मी ÷ पत्रकार भोला अधिकारीको संगीत (लय) रहेको छ । दुइ दर्जन म्युजिक भिडियोमा अभिनय गरेका भोला पछिल्लो समय संगीत तिर नि लागेका छन् ।…


कति वर्षका भए भर्सटायल कलाकार शंकर विसी ? मनाउँदैछन् आज जन्मदिन !

Posted On: Thursday, June 14th, 2018

ज्येष्ठ ३०, काठमाडौं । लामो समयदेखि मोडलिङ र म्यूजिक भिडियो निर्देशनमा राज गरिरहेका शंकर विसीको आज जन्मदिन परेको छ । आज आफ्नो ३९औं जन्मदिन मनाउँदै छन् । नेपाली गीतसंगीतको क्षेत्रमा सबैभन्दा धेरै नाँचेर नाम र दाम कमाएका शंकरको फेसबुक वाल यतिबेला बर्थडेमय भएको छ । नेपाली गीत संगीत क्षेत्रका विभिन्न विशिष्ट एवं नाम चलेका व्यक्तित्वहरुबाट पनि शुभकामना पोष्ट भइरहेका छन् । यो हुनुमा उनको कर्मको फल नै मान्नुपर्छ किनभने अहिलेसम्म शंकरले १५०० बढी म्यूजिक भिडियोमा अभिनय गरीसकेका छन् भने ४०००…


ममताको शब्द ‘उडी हराउने धुवाँ’मा राजेश पायलको कर्णप्रिय आवाज (भिडियो)

Posted On: Tuesday, June 12th, 2018

ज्येष्ठ २९, काठमाडौं । मेघा स्टार गायक राजेशपायल राईले अमेरीकामा रेकर्ड गरेको ‘उडी हराउने धुवाँ’ बोलको गीत सार्वजनिक भएको छ । अमेरीकामै रहेर नेपाली गीत संगीतमा इटा थप्दै आइरहेकी गीतकार ममता राईको शब्दमा समावेश रहेको गीतको भिडियो सार्वजनिक भएको हो । यस गीतमा दिप घतानीको संगीत तथा एरेञ्ज रहेको छ । यस गीतलाई विशाल चौतारी मिडिया प्रा.लीबाट सार्वजनिक गरिएको हो । सार्वजनिक गीतको बारेमा बोल्दै गायक राजेश पायल राईले गीतकार ममता राईको शब्दमा गीत राम्रो बनेको बताए । राजेश पालयलले…


स्वर संगीत र शब्दको उत्कृष्ट त्रिबेणी दिपकराजको ‘मैले भन्दा’ !

Posted On: Tuesday, June 12th, 2018

ज्येष्ठ २९, काठमाडौं । कलाकारिता संगै गीत लेखन मा पनि अब्बल रहेका गीतकार दिपक राज पाठकको एउटा गीतको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ | आफ्नो फरक शैलीको लेखन कलाले नेपाली सांगीतिक बजार तताइ रहेका छन् | चर्चित गायक स्वरुप राज आचार्य को स्वर बिपिन आचार्य को सङीत र हालको व्यस्त अनि सफल निर्देशक समन अधिकारि म्युजिक भिडियो हरेक दृष्टिकोणले उत्कृस्ट निर्देसन गरेका छन् | नायिका अनु शाह केशव शर्मा प्रकाश लम्साल कमला पराजुली र स्वयम डाक्टर को भुमिका मा…


राजेशले ल्याए ‘आइतबार’ हेर्नुहोस् भिडियो !

Posted On: Tuesday, June 12th, 2018

ज्येष्ठ २९, काठमाडौं । गायक राजेश राईको पुन नयाँ म्युजिक भिडियो बजारमा आएको छ । तोडियो , अर्खौले बजार, ए कान्छी जस्ता निकै उत्कृष्ट गीत दिएका गायक राईले यो पटक भने आइतबार नामक गीत लिएर दर्शक स्रोता माझ आएका हुन् । निकै फरक शैलीको यस गीतलाई सुरेश अधिकारिले संगीत भरेका छन् । लगभग २० बर्ष अगाडिनै यस गीतलाई स्वयम सुरेश अधिकारिले आफ्नो स्वरमा रेकोर्ड गराएका थिए । भोला श्रेष्ठको उत्कृष्ट शब्द रहेको यस गीतमा प्रेमिले आफ्नो प्रेमिकालाई हप्ता हप्ता दिन…


सिर्जनाको गीत ‘किन दुःख मान्छौ’ दर्शकको रोजाईमा, हेर्नुहोस् भिडियो !

Posted On: Monday, June 11th, 2018

ज्येष्ठ २८, काठमाडौं । गायिका सिर्जना गुरुङको स्वरमा रहेको ‘किन दुःख मान्छौ’ शीर्षकको गीतको भिडियोले यूट्युबमा अपलोड भएको छोटो समयमै दर्शकको मन जितेको छ । गायक तथा संगीतकार बिपि वाग्लेको शब्द तथा संगीत रहेको गीतमा विष्णु अधिकारीको शब्द संयोजन छ । युवराज वाइवाद्वारा निर्देशित उक्त भिडियोमा अभिनेत्री रीमा विश्वकर्मा तथा दीपक काफ्लेले अभिनय गरेका छन् । उत्सव दाहालद्वारा छायांकन गरिएको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् । हेर्नुहोस् भिडियो !


प्रेम रावत र पद्मा सुनवारको मौलिक गीत ‘आफनो पन’, हेर्नुहोस भिडियो !

Posted On: Monday, June 11th, 2018

ज्येष्ठ २८, काठमाडौं । नेपाली लोकसंगीतको क्षेत्रमा रहेका मौलिक भाकाहरुलाई जर्गेना गर्ने क्रममा मुना मदन डिजिटल म्युजिक प्रालीको प्रस्तुतिमा सिन्धु सगरमाथा अनलाईन रोधी घरको लोक दोहोरी गीत ‘आफनो पन’ गीतमा माया र प्रेम विछोडको त्रिकोणात्मक भाव समेटिएको भिडियो बजारमा आइरहेको अवस्थामा मायामा हुने धनसम्पती प्रति देखाउने ब्यावहारलाई गीतमा देखाइएको छ । गायक प्रेम रावत र गायिका पद्मा सुनुवारको सुमधुर आवाजमा गीत तयार पारिएको गीत बजारमा आएको हो ।मनमा जस्तो सुकै पिडा भएपनि त्यो पिडालाई भुलेर हासेर बाच्न सकिने कुरा गीतमा…


आरुषीको चुल्ठोमा लोभिएका शिखर गजरकोटे

Posted On: Monday, June 11th, 2018

२८ जेठ, काठमाडौं । शिखर गजरकोटे पछिल्लो पुस्तामा चिनिएका गीतकारमा पर्छन् । उनले समयवोधको ख्याल गर्दै भित्रि भावबाट लेखेका पानी मीठो यारी खोलाको, पुर्बेली कान्छी, यो माया बैगुनी, पिरतिको साईनो तथा बार लाउ है मायाले आम श्रोताले मन पराएका शब्द हुन् । एक सफल सञ्चारकर्मीको परिचय समेत स्थापित गर्न सफल शिखर गजरकोटे यसपाली भने हाल चलेकी मोडल आरुषी मगरको चुल्ठोमा लोभिएका छन् । आरुसी मगरको चुल्ठो प्रतिको यस्तो लोभ उनैको शब्दमा पछिल्लो पटक सार्वजनिक भएको गीत “चुल्ठो”मा देखिएको हो ।…