‘आईआईएफटी’का डिजाइनरहरु भारततर्फ…

Posted On: Friday, April 6th, 2018

काठमाडौं, २३ चैत । फेसन डिजाइनका विद्यार्थीहरुको एक टोली औद्योगिक तथा शैक्षिक भ्रमणमा भारततर्फ प्रस्थान गरेका छन् । इन्टरनेशनल इन्टिच्युट अफ फेसन टेक्नोलोजी ‘आईआईएफटी’ बागबजारमा अध्ययनरत सिनियर विद्यार्थीको टोली शुक्रबार भ्रमणमा निस्केका हुन् । फसेनका ती विद्यार्थीहरुले भारतको विभिन्न स्थानमा रहेको फेसन इन्टिच्युट, औद्योगिक क्षेत्र, बुटिक तथा डिजाइनिङ एजेन्सीहरुको भ्रमण र अवलोकन गर्नेछन् । डिजाइनिङ शिक्षालाई अझ प्रभावकारी र व्यवसायिकमूलक जानकारी होस् भन्ने हेतुले विद्यार्थीहरुलाई औद्योगिक शैक्षिक भ्रमणमा पठाएको आईआईएफटीले जनाएको छ । आईआईएफटीले डिजाइनिङका साथै मिडिया, मोडलिङ, मेनेजमेन्ट प्लानिङलगायत…


भब्यताका साथ सकियो ‘लोक सांस्कृतिक मेला’ ! देखाइयो ११ देशको सस्कृति र कला !

Posted On: Monday, March 12th, 2018

काठमाडौं । ‘एभरेष्ट नेपाल कल्चरल ग्रुप’को आयोजनामा गत फागुन १७ देखि सुरु भएको ‘नवौ अन्तराष्ट्रिय लोक सांस्कृतिक मेला–२०७४’ शुक्रबार फागुन २६ गते सम्पन्न भएको छ । ‘पर्यटक कलाकारको स्वागत संत्कार ! नेपाली लोक संस्कृतिको आधार' नाराका १० दिनसम्म चलेको यस मेला नेपाली लोक संस्कृतिको संरक्षण तथा सम्बर्धन गर्र्ने मूल उदेश्यले आयोजना गरिएको एभरेष्ट नेपाल कल्चरल ग्रुपका सस्थापक अध्यक्ष तथा नवौ अन्तराष्ट्रिय लोक सांस्कृतिक मेला–२०७४ का संयोजक आर सि कोइराला (रामचन्द्र)ले बताए । यस पटकको महोत्सव नेपालको बिभिन्न शहरअहरुमा आयोजना भएको…


शिलास्मा बनिन् ‘ब्युटिसियन नेपाल २०१८’! सविना र बिना फस्ट र सेकेन्ड रनरअप !

Posted On: Monday, March 5th, 2018

काठमाडौ ।  'ब्युटिसियन नेपाल २०१८' को चौथो संस्करणको उपाधि शिलास्मा मल्लले हात पारेकी छिन् । जमल स्थित राष्ट्रिय नाचघरमा आयोजना भएको 'ब्युटिसियन नेपाल' मा उनले अन्य १६ जना प्रतिस्पर्धीलाई पाखा लगाउँदै उपाधी हात पारिन् । उनले उपाधी सहित बिभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरिन । त्यस्तै फस्ट रनरअपमा सविना चित्रकार घोषित भईन । सेकेन्ड रनरअपको ताज भने बिना श्रेष्ठले प्राप्त गरिन । अमेजन इन्टरटेनमेन्टद्धारा ब्युटिसियन पेशामा आबद्द क्षमतावान ब्युटिसियनहरुलाई अन्तरराष्ट्रिय स्तरसम्म पुर्याउने र यसमा भविष्य खोज्ने युवतीहरूको प्रतिभा निखार्दै पेसा र…


सिरियाली सरकारले आफ्नै देशका नागरिकमाथी ग¥यो यस्तो कायरतापूर्ण आक्रमण !

Posted On: Monday, February 26th, 2018

काठमाडौं ।अमेरिका र रुसको सहयोग पाएको सीरिया सरकारले आफ्नै देशको विद्रोही प्रभावित क्षेत्रमा रासायनिक हतियारबाट आक्रमण गर्दा ५ सय बढिले ज्यान गुमाएका छन् । युद्ध विराम गर्ने सहमतिलाई लत्याउँदै सीरिया सरकारले एक सातादेखि निरन्तर विद्रोहीको प्रभाव क्षेत्रमा हवाई हमला गरिरहेको छ । हमलामा क्लोरिन जस्ता रासायनिक हतियारको पनि प्रयोग पनि गरिएको छ । विद्रोही नियन्त्रित क्षेत्र गुटामा निरन्तर हवाई र रासायनिक आक्रमण गर्दा बालबालिका बढि प्रभावित बनेका छन् । एकसतामा पाँच सय बढिको ज्यान गइसकेको छ । बीबीसीका मध्यपूर्व सम्पादक…


“फेस अफ मारवाडी”को पहिलो अडिसन समाप्त ! दोस्रो र तेस्रो अडिसन बिरगंज र बिराटनगरमा हुँदै !

Posted On: Sunday, February 25th, 2018

काठमाडौं । नेपालमा पहिलो पटक फेस अफ मारवाडी हुने भएको छ । काठमाडौं दरबारमार्गको मोतीमहलमा सम्पन्न भएको पहिलो अडिसनबाट १३ जना प्रतिस्पर्धीहरु छनौट भएको जानकारी पेजथ्री हट कल्चरकी प्रमुख रेखा मोदी मित्रुकाले जानकारी गराइन् । यसै गरि यहि आउदो फेब्रुवरी २६ मा समेत दरबारमार्गमा अबस्थित मोतिमहल एंड लंग्समा मिसेस मारवाडीको लागि समेत अडिसन हुने भएको छ भने मार्चको पहिलोहप्तामा 'फेस अफ मारवाडी'को तेस्रो अडिसन बिरगंजमा तथा बिरगंज पछि बिराटनगरमा हुने भएको छ । यस प्रतियोगितामा छनौट भएका प्रतिस्प्रधीहरुले भबिष्यमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा हुने विभिन्न प्रतिश्प्रधाहरुमा प्रतिनिधित्व गराउने उदेश्यले यस प्रतियोगिता गर्न लागिएको तथा पेजथ्री हट कल्चरलेमारवाडी समुदायका युवा युवतीको व्यक्तित्व विकास गरि मारवाडी कला संस्कृतिलाई जगेर्ना गर्दै विकास र बिस्तार गर्ने उद्धेश्यका साथ मरवाडी समुदाय लक्षित सौन्दर्य प्रतियोगिता ‘फेस अफ मारवाडी’ आयोजनागर्ने भएको हो । यस सौन्दर्य प्रतियोगिताको  कोरियोग्राफरमा पूर्व मिस नेपालसमेत रहेकी माल्भिका सुब्बा र उषा खड्कीले गर्ने भएका छन् । यस सौन्दर्य पर्तियोगीतामा १६ देखि २८ वर्ष उमेर समूहका मारवाडी युवा युवतीले प्रतियोगिताका लागि आवेदन दिन सक्नेछन् । पेजथ्री हट कल्चरको कार्यलय नक्साल तथा सिटी सेन्टरबाट आवेदन फर्म उपलब्धहुने आयोजकले जनाएको छ । पहिलो चरणको अडिसन काठमाडौ, बाट सुरु भएर वीरगञ्ज, बिराटनगर,  बिर्तामोड लगायतका स्थानमा हुने आयोजकले जनाएको छ । प्रारम्भिक चरणमा छानिएका प्रतियोगीलाई मात्र सञ्चार कला, विकास मोटिभेसन, लिडरसिप, ड्रेस सेन्स, पब्लिक स्पिकिङ, करियर काउन्सिल लगायतको प्रशिक्षण सहित अन्तिम प्रतिस्पर्धामा उतारिने पेजथ्रीहट कल्चरकी प्रमुख रेखा मोदी मित्रुकाले जानकारी दिइन् । प्रतियोगिताको अन्तिम प्रतिस्प्रर्धा आगामी ८ अप्रिलमा राजधानीको सोल्टी क्राउन प्लाजामा आयोजना हुनेछ ।


समाजसेवी तथा सौन्दर्यबिद रश्मिला श्रेष्ठ सम्मानित !

Posted On: Monday, February 19th, 2018

काठमाडौँ : बिगत दशौ बर्ष देखि सौन्दर्य क्षेत्रमा पुर्याउदै आएको योगदानलाई उच्च मुल्यांकन गर्दै सिटीइभिटिका उप निर्देशक शैलेन्द्र आचार्यको हात बाट समाजसेवी तथा बरिष्ट सौन्दर्यबिद रश्मिला श्रेष्ठ सम्मानित भएकी छिन l  ‘रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर’ र ‘रोज सिप विकाश तालिम केन्द्र’ द्वारा आयोजित प्रमाणपत्र वितरण तथा सम्मान कार्यक्रममा रश्मिलाज फेसियल हाउसकि संचालिका बरिष्ट सौन्दर्यबिद रश्मिला श्रेष्ठलाइ उप निर्देशक शैलेन्द्र आचार्यले सम्मानपत्र सहित सम्मानित गरेका हुन l उक्त अबसरमा १०० जना भन्दा बढि ट्रेनीङ प्राप्त ब्युटिसियनहरुलाई प्रमाण पत्र वितरण…


जिन्दगीदेखि निराश हुनुभएको छ भने यो बदाम बेच्ने दाजुको भिडियो हेर्नुस; तपाईलाई जिउने उर्जा मिल्ने छ !

Posted On: Thursday, January 18th, 2018

काठमाडौं । राजधानी भएर पनि होला सबैको सपनाको शहर बनेको छ काठमाडौँ । तर काठमाडौँँ सबैको सपनाको शहर यत्तिकै बनेको होइन देशका अन्य ठाउँमा काठमाडौँ जत्तिकै सेवा, सुविधा नहुँदा पनि मानिसहरु यहीँ काठमाडौँमा बस्न बाध्य छन् । विभिन्न अवसर खोज्दै र बाध्यताले डोराउँदै ७५ जिल्लाकै मानिसहरु काठमाडौँ छिर्ने गरेका छन। १५ बर्षको उमेरमा धनकुटाबाट काठमाण्डौ शहर कस्तो हुन्छ भनेर हेर्न छिरेका मनकुमार राई अहिले बदाम बेचेर आफ्नो जीविकोपार्जन गर्दै आएका छन । काठमाडौँमा धेरै दुख हुने र काम नगरी हातमुख…


सुहागको सौन्दर्य

Posted On: Wednesday, January 10th, 2018

म्यूजिकखबर । फेसनको संसार फस्टाउँदैछ । विदेशीहरुमा देखिएको फेसनले मात्र होइन स्वदेशी फेसनले पनि नेपालीहरुमा परिवर्तन ल्याएको छ । अझ भन्नु पर्दा नारीहरुले सबैभन्दा बढी फेसनका ड्रेसहरु खरिद गर्ने गर्छन् । सौन्दर्यतामा ध्यान दिने क्रममा नारीहरुलाई फेसनमा आकर्षण गरेको हुन्छ । राजधानी काठमाडौंमा पनि फेसनका स्टोरहरु बढ्ने क्रम जारी छ । सुपरमार्केट देखि बुटिकहरु संचालन गर्नेहरुको पनि दिनदिनै बढ्ने क्रम जारी छ । काठमाडौंको भाटभटेनीमा बुटिक, फेसन स्टोरहरु बढ्दै फेसन बजार हुने क्रममो छ । भाटभटेनी पिपलबोट अगाडि भर्खरै सुहाग…


निल डेभिडको मेकअप स्टुडियो सिलीगुडीमा पनि विस्तार

Posted On: Monday, January 8th, 2018

सिलीगुडी, भारत । सेलिब्रेटी हेयर स्टाइलिष्ट निल डेभिड कटुवालले आफ्नो मेकअप स्टृुडियोलाई भारतको वेष्ट बंगालस्थित सिलीगुडीमा समेत विस्तार गरेका छन् । केही वर्षदेखि सिलुगडीमा हेयर सलुन सञ्चालन गर्दै आएका डेभिडले सलुनसँगै एनडीके मेकअप स्टुडियो तथा एकेडेमी पनि विस्तार गरेका हुन्। अन्तराष्ट्रियस्तरको उनको एनडीके मेकअप स्टुडियो तथा एकेडेमीको एक समारोहबिच उनकै आमा तुलसा सिलवालले शुभारम्भ गरेकी हुन् ।   कार्यक्रममा निल डेभिडले आप्mनो मेकअप स्टुडियो र सलुन सन् २०१६ मा काठमाडौं र झापाको विर्तामोडबाट सञ्चालनमा ल्याएको जानकारी गराउँदै सिलुगुडीका सौन्दर्य पारखी…


फेशन संसार डक कमले फेशन स्केच प्रतियोगिता गर्दै !

Posted On: Wednesday, January 3rd, 2018

चित्रमा माया, प्रेम र रोमान्स झल्किने ड्रेसको डिजाइन बनाउनु पर्नेछ ! काठमाण्डौं । फेशन डिजाइनमा रुचि राख्ने ब्यक्ति हरुलाई लक्षित गर्दै नेशनल फेशन स्केच कम्पिटिशन को सिजन २ आयोजना गर्ने भएको छ । प्रेम दिवस अर्थात भेलेनटाइन डे नजिकिदै गरेकोले यस पटकको चित्रकला प्रतियोगितामा माया, प्रेम र रोमान्स झल्किने सुन्दर ड्रेसको डिजाइन बनाउनु पर्ने छ र डिजाइनरले आफ्नो नाम सोही चित्रको छेऊमा लेख्नुपर्ने छ । यस प्रतियोगितामा भागलिनको लागि इच्छुक ब्यक्तिले प्रथमत फेशन संसारको कार्यालय बाट फर्म लिई अथवा पेजमा…