श्रीमानबाट यौन हिंसामा परेपछि दोश्रो घरबार पनि टिकेन यी अभिनेत्रीको !

म्यूजिक खबर
प्रकाशित: ३ मंसिर २०७५, सोमबार

श्रीमानबाट यौन हिंसामा परेपछि दोश्रो घरबार पनि टिकेन यी अभिनेत्रीको !
भारतीय टेलीसिरियल ‘बडे अच्छे लगते है’ कि अभिनेत्री चाहत खन्नाले आफ्ना पति फरहान मिर्जामाथि यौन शोषणको आरोप लगाएकी छिन् ।

चाहतको पहिलो विवाह भरत नरसिंहानीसँग भएको थियो । त्यो समयमा चाहत केवल १६ वर्षकी थिइन् । विवाहको केही महिना पछि नै शारिरीक यातना दिएको भन्दै चाहत भरतबाट अलग भएकी थिइन् ।

फरवरी २०१३ मा फरहान र चाहतले विवाह गरेका थिए । श्रीमानले आफूलाई पटक पटक यौन शोषण गर्नुका साथै शारीरिक, मानसिक यातना दिने गरेको भन्दै चाहतले सम्बन्ध बिच्छेदका लागि निवेदन दिएकी छन्। गत अगस्टमा श्रीमानसँग अलग हुने घोषणा गरेकी उनले त्यसको कारणभने अहिले खोलेकी हुन् ।

यो जोडीका दुई छोरी छन् । चाहतले सोसल मिडियामा लेखेकी थिइन् –मेरो जीवनको एक मात्र उदेश्य छ की तिमीहरुको जीन्दगी परिको जस्तो बनाउँन सकुँ, यो पोस्टको साथमा उनले सिंगलमम ह्याशट्याग दिएकी छिन् । चाहतका छोरीहरुको नाम जौहर र अमायरा हो ।

सञ्चारमाध्यमसँग कुरा गर्दै अभिनेत्री चाहतले आफू श्रीमानसँग लामो समयदेखि बेखुसी अवस्थामा रहेको बताएकी छन्। बम्बे टाइम्ससँग कुरा गर्दै उनले भनेकी छन्, ‘यो फैसला मैले रातारात गरेकी होइन्। म कुनै पनि मूल्यमा सम्बन्ध बिच्छेद गर्न चाहन्छु।’

श्रीमानले आफूलाई हरतरहका यातना दिने गरेको भन्दै उनले उनका क्रियाकलापले आफू पागल जस्तै बनेको उनको भनाइ थियो।

श्रीमानले आफूलाई वेश्यावृत्तिमा संलग्न भएको र सिरियलकै सहअभिनेतासँग अफयर चलाएको आरोप समेत लगाएको उनले प्रतिक्रिया दिएकी छन्। ‘उनी मेरो सोको सेटमा अचानक आउँथे, जहाँ मैले कथाअनुसार अभिनेताका हात समाउँदा पनि हंगामा गर्थै’, उनले भनिन्, ‘एकपटक त मलाई सहकर्मी अभिनेताले पार्टीमा बोलाउँदा उनले त्यसैलाई डेट समेत सम्झिए।’

उनले फरहानमाथि विरामी भएका बेला समेत सम्बन्ध राख्न दबाब दिने गरेको आरोप समेत लगाएकी छन्। आफूले बच्चाका कारण यो सबै सहँदै आएको र यो घरेलु हिंसाभन्दा पनि माथि भएका कारण छुट्टिने फैसला गरेको बताइन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु