इतिहास रच्यो ‘छक्का पञ्जा–३’को ‘पहिलो नम्बरमा’ ले !

म्यूजिक खबर
प्रकाशित: २० भाद्र २०७५, बुधबार

भाद्र २०, काठामाडौँ । छक्का पञ्जा–३ को पहिलो नम्बरमा बोलको गीतले इतिहास रचेको छ । गीत सबैभन्दा चाँडो करोड क्लबमा प्रवेश गर्ने नेपाली चलचित्रका गीत बन्न सफल भएको छ । यसअघि कुनै पनि नेपाली चलचित्रका गीत युट्युबमा यति छोटो समयमा यति धेरै हेरिएको छैन । गीत रिलिज भएको करिब ३७ दिनमा नै बुधबार (भाद्र २०) बेलुका यो गीतको भ्युज एक करोड नाघेको हो ।

 

गीत जुलाई ३० (साउन १४) मा युट्युबमार्फत सार्वजनिक भएको थियो । रिलिज भएपछि गीतले नसोचेको सफलता पाएको हो । सबै उमेर समुहले मन पराएको ‘पहिलो नम्बरमा’लाई तीज विशेष कार्यक्रममा पनि नाच्न प्रयोग भइरहेको भेटिन्छ । डेभिड शंकर र बिन्दु परियारको स्वर रहेको गीतमा दिपक शर्माले संगीत भरेका छन् भने राजेन्द्र थापाको शब्द रहेको छ ।

 

गीतले सफलता पाउनुमा मौलिक शब्द र लोक लयमा तयार पारिएको संगीत रहेको संगीतकार दिपक शर्माको भनाई छ । गीत राम्रो भएपनि यति धेरै सफल होला भनेर नसोचेको शर्माले बताए ।

दशैमा रिलिज हुन लागेको चलचित्र ‘छक्का पन्जा ३’ यो गीतको भिडियो र अडियो उत्कृष्ट छ । गीतमा चलचित्रका सबै कलाकारलाई देख्न सकिन्छ । मुख्य कलाकारहरु दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, दिपिका प्रसाई, प्रियंका कार्की, वुद्दि तामाङलाई गीतमा देख्न सकिन्छ । साथमा, चलचित्रमा विशेष भूमिकामा रहेका नायिकाद्धय स्वस्तिमा खड्का र बर्षा राउतको साथमा निर्देशक दीपाश्री निरौलालाई पनि यो गीतको भिडियोमा हेर्न सकिन्छ ।
हेरौं भिडियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु