मेलिना र मायाको भैलेनी गीत, तिहार कसरी मनाइन्छ

म्यूजिक खबर
प्रकाशित: १७ कार्तिक २०७५, शनिबार

काठमाडौं । “चट्ट दिदी नाँचिदेऊ छमछमी” बोलको भैलेनी गीत युट्युब मार्फत सार्वजनिक भएको छ । बत्ती र फूलहरूले सजिने रमाइलो पर्व हो तिहार पर्व । कात्तिक कृष्णपक्षको त्रियोदशी तीथिबाट सुरु हुने यम पञ्चकको तेस्रो दिन औँसी पर्दछ । सोही औँसीको दिन बेलुका धनधान्यकी देवी लक्ष्मीको पूजा गरिन्छ । घरघरमा लक्ष्मी पूजा सकेर दिदीबहिनीहरू भैलेनी खेल्न गाउँघरमा जाने परम्परा छ । उक्त दिन भैलेनी खेल्ने भैलेनी दिदीबहिनीलाई लक्ष्मीका दूतका रुपमा लिने परम्परा छ । भैलेनीलाई दान दक्षिणा र सिदा दिँदा घरमा धनधान्यको बृद्धि हुने पुरानो जनविश्वास रहेको छ ।

यसैलाई आधार मानेर कृष्ण उदाशीको रचना, गौरभ दर्पणको संगीत रहेको र नोर्बु शेर्पाको संगीत संयोजन रहेको, त्यस्तै मेलिना राई र माया गजुरेलको स्वर रहेको भैलेनी गीत युट्युब मार्फत सार्वजनिक भएको छ ।

गीतको भिडियोको मुख्य भूमिकामा सन्ध्या भट्टराई र सिम्रन श्रेष्ठ रहेका छन् । क्र्युउ आटिष्टको भूमिकामा फ्रेण्डसिप डान्स सेन्टरका भाइबहिनीहरू रहेका छन् । कवि मिलनको कोरियोग्राफी तथा निर्देशन रहेको उक्त गीतको भिडियोलाई भूपेन्द्र तुम्बापोले क्यामरामा कैद गरेका हुन् । मोरङको उर्लाबारीमा सुटिङ गरिएको उक्त भिडियोका लागि सोम मग्रातीले मेकअप आर्टिष्टको भुमिक निर्वाह गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु