विजय र विनुपको ‘छाडि गयौ’ लोकपर्ण

म्यूजिक खबर
प्रकाशित: २ फाल्गुन २०७०, शुक्रबार

काठमाडौं, १ फागुन । विजय रुम्बा लामा र विनुप सुनुवारको संयुक्त प्रस्तुति गीतिसंग्रह छाडि गयौको आज राजधानीमा एक कार्यक्रमका बीच लोकर्पण गरियो । वरिष्ठ संगीतकार राजु सिंहको हातबाट उक्त गीतिसंग्रह छाडि गयौको विमोचन गरिएको हो । नेपाल रुम्बा कल्चरल एकेडेमीको आयोजना भएको उक्त कार्यक्रममा संगीतकार सन्तोष श्रेष्ठ, विजय रुम्बाका गुरु कृष्णराज खनाल, एनसीसीएस कलेजका अधिकृत सुन्दरराज पाण्डे र सोही कलेजका भाइस प्रिन्सिपल सन्तोषराज मास्केको उपस्थितिमा रहेको थियो । कार्यक्रममा संगीतकार सन्तोष श्रेष्ठले पछिल्लो समयमा सांगीतिक क्षेत्र अन्यौलग्रस्त भइरहेको अवस्थामा एउटा एल्बम बजारमा ल्याउनु आफैंमा चुनौतिपूर्ण भएको बताए । त्यस्तै विजय रुम्बाका गुरु कृष्णराज खनालले धेरै लामोसमयपछि उनले आफ्नो ट्रयाकलाई सही ठाउँमा ल्याएकोमा खुशी व्यक्त गर्दै एल्बमको सफलताको शुभकामना दिएका थिए । त्यस्तै कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै संगीतकार राजु सिंहले स्रष्टाहरुको सम्मानमा आजभोली हुन थालेका कार्यक्रमहरुको प्रसंशा गर्दै एल्बमका गीतहरुले सफलता पाउनेमा आफू विश्वस्त रहेको बताए । सोही अवसरमा एल्बमका स्रष्टाद्वय विजय रुम्बा लामा र विनुप सुनुवारले प्रमुख अतिथि संगीतकार राजु सिंहलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए भने एल्बममा प्रत्यक्ष अप्रत्यक्ष सहभागी भएका स्रष्टाहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । एल्बममा छाडि गयौ, आएँ म त, लाग्यो है लाग्यो गीतमा विजय रुम्बा लामाको स्वर रहेको छ भने अहिलेको बेला, किन बहकिन्छ यो मन, गर्दैछु आज गीतमा विनुप सुनुवारको स्वर रहेको छ । एल्बमको आएँ म त नौ डाँडा पारीमा सुवास भुसालको संगीत रहेको छ भने अन्य गीतहरुमा गायक स्वयम्कै संगीत समावेश गरिएको छ । एल्बमलाई नेपाल रुम्बा कल्चरल एकेडेमीले बजार प्रबद्र्धन गरेको हो । 1

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु