नेपाली र नेवारी भाषापछि अब हिन्दीमा दीपक बज्राचार्यको ‘मनमगन’

म्यूजिक खबर
प्रकाशित: २९ श्रावण २०७५, मंगलवार

२९ साउन, काठमाडौं । लोकप्रिय पप गायक दीपक बज्राचार्यको केहि समय पहिला सार्बजनिक भएको ‘मनमगन’ गीतले पछिल्लो समय धेरै राम्रो चर्चा पायो । ‘मनमगन’ सफलता पश्चात गायक बज्राचार्यको सोही गीतलार्इ अब विभिन्न भाषामा पनि सुन्न र हेर सकिने भएको छ । केहिदिन अघिमात्र ‘मनमगन’ नेपालभाषामा पनि सार्वजनिक गरिएको छ भने चाँडै नै हिन्दी र अन्य भाषामा समेत रिलिज गर्ने तयारी रहेको बज्राचार्यले बताए ।

गायक बज्रचार्यको हिन्दी भर्सनलाई भारतको प्रतिष्ठित म्यूजिक कम्पनी डिजिट्युनले प्रचारप्रसार गर्ने भएको छ । यसकालागि लाग्ने सबै खर्च डिजिट्युनले नै व्यहोर्नेछ । यसरी नेपाली कलाकारको लोकप्रिय गीतलाई हिन्दी भर्सनमा प्रबर्धन तथा प्रचारप्रसारका लागि करोडौंको लगानी गर्नु नेपाली संगीतकर्मी तथा संगीत प्रेमीहरुका लागि खुशीको कुरा हो । नेपाली मौलिकता बोकेको गीत भारतीय संचार माध्यमहरुबाट प्रचार प्रसारण हुनु नेपाली संगीत क्षेत्रकै गौरवको विषय भएको सरोकारवालाहरुले बताए ।

 

संसारभरि मौलिक नेपाली बाजा, स्थानीय संस्कृतिको प्रचार प्रसार गरौ ,संसारलाई नेपाली संगीतमा नचाऔं भन्दै गायक बज्रचार्यले नेपाली बाजाहरुको तालमा क्रिम अफ रीदम अभियान अगाडि बढाइरहेका छन ।
८ वर्ष अघि पनि उनले क्रीम अफ रीदम अभियान अन्तर्गत मौलिक बाजाहरुको समिश्रण गरी काली काली, ओ अमिरा, मायाको डोरीले लगायतका लोकप्रिय गीतहरु समावेश गरी ुमेड्लीु रिलिज गरेका थिए जसलाई अंग्रेजी भाषामा समेत सार्वजनिक गरिएको थियो ।

क्रीम अफ रीदम ले पप शैलीका गीतमा नेपाली मौलिक बाजाहरुको प्रयोग गरी फ्यूजन गर्दै संसारलाई सुनाउने र नेपाली बाजाको तालमा संसारलाई नचाउने अभियानलाई अघि बढाउँदै आएको छ । ुुमन मगनुुलाई विश्वब्यापी बनाउन तीनमहिनासम्म युरोप, अमेरिका, अष्ट्रेलिया, कोरियामा लगायतका देशमा सागीतिक कार्यक्रम गर्न लागेका पपगायक बज्राचार्य अहिले युरोपको सांगीतिक टुरमा छन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु