‘जता हेर्छु केवल तिमी…’भन्दै धिरेन शाक्य र कमलाको रोमान्स ! (भिडियो)

म्यूजिक खबर
प्रकाशित: २६ असार २०७५, मंगलवार

असार २६, काठमाडौं । नायक धिरेन शाक्य लामो समयपछि पर्दामा देखिएका छन् ।

एक जमानाका लोकप्रिय स्टार शाक्य पछिल्लो समय प्रमोद प्रसाईं र सोनी कार्कीको स्वरमा रहेको ‘जता हेर्छु केबल तिमी’ बोलको गीतको भिडियोमा देखिएका हुन् ।

सोनी कार्कीकै शब्द र रिदम कँडेलको संगीतमा रहेको गीतको भिडियोमा नायक शाक्यलाई अभिनयमा कमला दाहालले साथ दिएकी छिन् ।
भिडियो बेलायतको लण्डनमा छायांकन गरिएको हो ।

सञ्चारकर्मी कुशल श्रेष्ठले निर्देशन, छायांकन र सम्पादन गरेको भिडियोमा बेलायतको मुटु लन्डन टावर ब्रीज, ग्रीनबीच आदि देख्न सकिन्छ ।

अन्जली केसीको डिजाइन र प्रभु गुरुङको कोरियोग्राफीमा भिडियो बनेको छ ।

जर्मनीमा बस्दै आएकी कमलाले तामिल, नेपाली र हिन्दी केही चलिचित्रमा समेत अभिनय गरेकी छिन् ।

भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु