पैसा गायकलाई मायामा तनाव, ऋतु फेरिँदा पनि फर्केर आएन मायालु

म्यूजिक खबर
प्रकाशित: २६ कार्तिक २०७५, सोमबार

काठमाडौं । पैसा गायक भनेर चिनिएका गायक दिनेश गौतमलाई यतिखेर मायामा पीडा परेको छ । हरेक ऋतु फेरिँदा पनि माया फर्केर नआएपछिको तनावमा उनी यसरी प्रस्तुत भएका छन् । दशक अघि ‘पैसा कसले बनायो’ गीत गाएर चर्चामा आएका गायक दिनेश गौतम नयाँ गीत लिएर सांगितिक बजारमा आएका छन् । दिनेशको ‘फर्केर आएन मायालु’ को म्युजिक भिडियो आइतबार सार्वजनिक भएको छ । पुस्तक प्रसादको शब्द संगीत रहेको यो गीतसँगै संगीत जगतमा दिनेशको कमव्याक भएको छ ।

 

म्युजिक भिडियोमा कलाकार नाजिर हुसेन र सृष्टि खड्काको अभियन रहेको छ । निशान कश्यपको निर्देशनमा तयार भएको म्युजिक भिडियोको सम्पादन विकास दाहालले गरेका हुन् । गीतमा संगीत संयोजन उदयराज पौडेलले गरेका छन् । दिनेशको ‘म इश्वर भएको भए’, ‘इमान बेचिदिन्छ मान्छे’, ‘छाती भित्र पतझड राखेको छु’, ‘हो यस्तै रहेछ माया’ लगायतका गीत चर्चित छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु