संगीतकार दिपक शर्मालाई गृहजिल्लामा ‘युवा प्रतिभा सम्मान’

म्यूजिक खबर
प्रकाशित: २६ असार २०७५, मंगलवार

म्याग्दी, २६ असार । पछिल्लो समयका चर्चित एवं व्यस्त संगीतकार दिपक शर्मा गृहजिल्ला म्याग्दीमा सम्मानित भएका छन् । ‘समृद्ध नेपालका लागि, स्वस्थ, कर्मठ र उद्यमी युवा’ भन्ने नारासहित म्याग्दीको सदरमुकाम बेनीमा जिल्ला युवा समितिको आयोजनामा भएको युवा प्रतिभा सम्मान कार्यक्रम अन्तर्गत उनी सम्मानीत भएका हुन् ।

संगीतकार दिपकले विगत एक दशकदेखि नेपाली गीत संगीत क्षेत्रमा पू¥याएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको हो ।
युवा प्रतिभा तथा उद्यमीको खोजी र उनीहरुको कार्यलाई प्रोत्साहन कार्यक्रम अन्तर्गत संगीतकार दिपक शर्माको साथमा अन्य २ जना युवालाई समेत सम्मान गरिएको थियो । समाजसेवी युवा तथा भलिबल खेलाडी तेजेन्द्र बानियाँ र मालिका कृषक टकबहादुर बुढा रहेका सम्मानित भएका हुन् ।

सम्मानित तीनैजना युवालाई क्रमशः सात÷सात हजार रुपैयाँका दरले नगद र प्रमाणपत्र प्रदान गर्नुका साथै खादा ओढाएर सम्मान गरिएको थियो । उनीहरुलाई गण्डकी प्रदेशका सांसद विनोद केसी, जिल्ला युवा समितिका अध्यक्ष देवीप्रसाद शर्मा ९डिपी० र कार्यालय प्रमुख दलबहादुर थापाले सम्मान गरेका थिए ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु