फिल्म ‘चक्कर’को ट्रेलर रिलीज !

म्यूजिक खबर
प्रकाशित: २३ असार २०७५, शनिबार
फिल्म ‘चक्कर’को अफिसियल ट्रेलर रिलीज भएको छ । अनुष्क रौनियारको निर्देशनमा बनेको फिल्मको निर्माण टिमले प्रदर्शन मिति नजिकिँदै गर्दा अफिसियल ट्रेलर रिलिज गर्यो । श्रावण ४ बाट फिल्म प्रदर्शनमा आउँदैछ ।
सार्वजनिक ट्रेलरमा लिड कलाकार द्वय एभोनराज उप्रेती र अर्पण थापाको द्वन्द्व देखिन्छ भने  अभिनेत्री द्वय सृजना सुब्बा र स्मृति पोखरेलको इन्टिमेट दृश्य समेत जोडिएको छ । जसले फिल्मको कथामाथी केहि सस्पेन्स पनि छोड्छ । सेक्स भर्सेज क्राइम फिल्मको थिम हो ।
फिल्मको सम्पादन पनि निर्देशक रौनियारले नै गरेका छन् । रविन आचार्यको निर्माण तथा छायांकनमा तयार फिल्ममा संगीत संगम पन्त र पुष्प पलाञ्चोकेको छ ।
नेशनल मिडिया प्रोडक्सन र केटिएम आर्ट्स हाउस प्रोडक्सनको ब्यानरमा बनेको हो । राजधानीमा आयोजित कार्यक्रममा निर्देशक अनुष्कले क्राइम ड्रामा तथा सस्पेन्स थ्रिलर जनरामा फिल्म बनेको बताए । नियमित रुपमा बन्दै आएका नेपाली फिल्महरु भन्दा केहि पृथक बाटोमा रहेर फिल्म बनाएको उनले बताए ।
अभिनेत्री  ऋचाले केहि फरक स्वाद पस्किने फिल्म बनेको र आफुले पहिलो पटक प्रहरीको भुमिका निभाएको भन्दै दर्शकलाइ मन पर्ने खुराक ‘चक्कर’ बनेको बताइन् । अर्पण र सृजना पनि फिल्मलाई लिएर आशावादी देखिए । फिल्मको सम्पादनको काम पनि निर्देशक स्वयंमले गरेका छन् । कथा, पटकथा र संवाद पनि अनुष्कको नै हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु