लोकप्रिय गायक हेमन्तको पातली मोह, भिडियो हेर्नुहोस् !

म्यूजिक खबर
प्रकाशित: ३ श्रावण २०७५, बिहीबार

श्रावण ३, काठमाडौं । लोकप्रिय गायक हेमन्त शर्माको पातली मोह सार्वजनिक भएको छ । प्राय फरकपनका गीतसंगीत गर्न रुचाउने शर्मा यसपटक भने पातलीको मायामा चुर्लुम्म डुबेका छन् । गायक शर्माले गीतको म्यूजिक भिडियोमा यहि भावमा अभिनय समेत गरेका छन् ।

आफ्नै शब्द÷संगीत तथा स्वर रहेको गीतको म्यूजिक भिडियोमा गायक शर्मालाई यस पटक भने अहिले चर्चामा रहेकी मोडल एलिसा राईले साथ दिएकी छिन् ।

प्राय आफ्ना गीतका म्यूजिक भिडियोमा आफैले अभिनय गरेका शर्माले पहिलो पटक गाउ“ले सोझो युवाको भूमिका निर्वाह गरेका छन् । उनले यस अघिका म्यूजिक भिडियोमा नेपालका चल्तिका प्राय अभिनेत्रृस“ग अभिनय गरिसकेका छन् । गीतमा श्याम श्वयत रसाईलीको संगीत संयोजन रहेको छ ।

शर्मा आफैले निर्देशन गरेको ‘पातली कै मया“ लाउनी’को म्यूजिक भिडियोमा शिव बि.कको कोरियोग्राफि रहेको छ । ज्ञानेन्द्र शर्माले खिचेको म्यूजिक भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन् ।

पालतीको म्यूजिक भिडियो गायक शर्माले आफ्नै युटुब च्यानल मार्फत सार्वजनिक गरेका छन् ।
पातलीको म्यूजिक भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु