जानकीको ‘माइतीको सम्झना’मा पार्वतीको छमछमी, भिडियो हेर्नुहोस् !

म्यूजिक खबर
प्रकाशित: ३० श्रावण २०७५, बुधबार

श्रावण २९, काठमाडौं ।  प्रत्येक बर्षको तिजमा सुमधुर तथा नयाँ नयाँ गीत पस्किदै आएकी चर्चित लोक गायिका जानकी तारमी मगरले यसपटक पनी तिज गीत बजारमा ल्याएकी छन् । ‘माइतीको सम्झना’ बोलको उक्त गीत केही दिन अगाडी आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेकी हुन् ।

‘माइतीको सम्झना’ गीतमा गायिका जानकी तारमी आफ्नै लय तथा शब्द सृजना गरेकी छन् भने आफ्नै एकल आवाजमा रहेको छ । भिडियोमा चर्चित मोडल पार्वती राईले अभिनय गरेकी छन् ।

मारुनी डिजिटल स्टुडियोमा रेकर्ड भएको उक्त गीत, राकेश सोनीले एरेन्ज गरेका हुन् ।

त्यस्तै मौसम हिमालीको निर्देशन सोही गीतको भिडियोमा रहेको छ । करण चैसिरद्वारा छायांकन गरिएको उक्त भिडियो नबिन घर्ती मगरले सम्पादन गरेका हुन् ।

भिडियो हेर्नुहोस् !

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु