‘अहिलेको तिजैमा’ सञ्चारकर्मी कल्पना आफैं गाउँदै आफैं नाच्दै ! हेरौं भिडियो !

म्यूजिक खबर
प्रकाशित: २० श्रावण २०७५, आईतवार

श्रावण २०, काठमाडौं । हरितालिका तीजको अवसर पारेर सञ्चारकर्मी कल्पना भण्डारीले गीत सार्वजनिक गरेकी छिन् । आफ्नै स्वर र अभिनय रहेको ‘अहिलेको तिजैमा’ बोलको गीतको शब्द विपीन किरण र संगीत श्रीकृष्ण बम मल्लको रहेको छ ।

तिज भनेको विशेष गरी दिदि बहिनी भेला हुने, नाचगान गर्ने रमाइलो गर्ने पर्व भएकोले आफूले ल्याएको गीतले मनोरञ्जन दिनेमा विश्वस्त रहेको उनी बताउँछिन् । रामकुमार केसीको छायांकन राज महर्जनको कोरीयोग्राफी रहेको उक्त गीतको भिडियोको सम्पादन तथा निर्देशन टेकेन्द्र साह गरेका छन् ।

भण्डारी झण्डै डेढ दशकदेखी नेपाली टेलिभिजनमा सक्रिय छिन् । च्यानल नेपालमा कार्यक्रम प्रस्तोता हुँदै सगरमाथा टेलिभिजनमा लामो समय समाचार बाचकको रुपमा काम गरेकी भण्डारी हाल नेपाल टेलिभिजनमा संकल्प कार्यक्रमको प्रस्तोता तथा निर्माता छिन् ।

हेरौं भिडियो !

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु