“काठमाडौँ राेड सेफ्टी फिल्म फेस्टिवल” सम्पन्न ! यी फिल्म बने अब्बल !

म्यूजिक खबर
प्रकाशित: २१ असार २०७५, बिहीबार

काठमाडौँ -नेपाल अटोमोबाइलस एसोसिएसन (NASA) को आयोजना र नासा फाउन्डेसनको ब्यबस्थापनमा जुलाई २ तारिकमा नेपालमै पहिलो पटक “काठमाडौँ राेड सेफ्टी फिल्म फेस्टिवल ” सम्पन्न भएको छ ।

 नेपाल टुरिजम बोर्डको हलमा सम्पन्न सो फेस्टिभलकोे शुभारम्भ पूर्व उप-प्रधानमन्त्रि नारायणकाजी श्रेष्ठले गर्नु भएको थियो भने कार्यक्रममा बिशिस्ट वक्ताका रुपमा बेलायतका पूर्व यातायात मन्त्री Paul Clark, Fédération Internationale de Motocyclisme (FIM) का प्रतिनिधि ओमार जारौर , Indian Alliance for Road safety Ngo का अध्यक्ष अनुराग कुलश्रेष्ठ , मुख्यअतिथिका रुपमा पूर्व मन्त्रि कर्ण बहादुर थापा,सभाषद योगेश भट्टराई , जि फन्ड का अध्यक्ष बिनोद श्रेष्ठ को उपस्थिति रहेको थियो ।

साथै जुरी टिमको तर्फ बाट वरिष्ट कलाकार आरपी पन्त, संचारकर्मी दिनेश डिसी (जुरी टिम सल्लाहकार), चलचित्र सम्पादक नबिन निरौला, पत्रकार दिवस गुरागाईं र ट्राफिक इन्जिनियर आशिष गजुरेल को उपस्थिति रहेको थियो ।

 कार्यक्रममा १२ जना नेपाली कलाकार द्वारा अभिनित “SAVE #3500 LIVES Campaign ” भिडियो समेत लन्च गरिएको थियो ।

फेस्टिवलमा कुल १७ वटा सर्ट फिल्मले सहभागिता जनाएका थिए जस मध्ये नेपाल फिल्म एकेडेमी द्वारा निर्दे्शित फिल्म “दृष्टि” उत्कृष्ट फिल्म बन्न सफल भएको थियो भने नेपाल फिल्म एकेडेमी द्वारा नै निर्दे्शित फिल्म “पछुताे ” दोस्रो र ज्ञानेन्द्र कोइराला द्वारा निर्दे्शित ” सरी बेटा ” नामक सर्ट फिल्म तेस्रो बन्न सफल भएको थियो । बिजेता फिल्महरुलाई क्रमश ५०,००० , ३०,००० , २०,००० नगद सहित शिल्ड , सर्टि्फिकेट प्रदान गरियो । सहभागी तथा बिजेताहरुलाई कार्यक्रमका अतिथि योगेश भट्टराई , कर्ण बहादुर थापा , बिनोद श्रेष्ठले सर्टि्फिकेट तथा पुरस्कार प्रदान गर्नु भएको थियोे ।

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु