माननीय कोमलको गीतमा पशुपतिका चार रुप (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: ३० असार २०७५, शनिबार

३० असार, काठमाडौं । राष्ट्रिय सभा सदस्य गायिका कोमल वलीले भ्रष्टाचारविरुद्धको नयाँ तिज गीत लिएर आएकी छन् । ‘माननीय ज्यू’ बोलको गीत रहेको उक्त गीतमा पशुपति शर्माको शब्द र संगीत रहेको छ भने गायिका वलीसँगै पशुपति शर्माले पनि स्वर दिएका छन् ।

 


गीतमा राष्ट्रिय सभा सदस्य (माननीयज्यू) कोमल वलीसँग जागिर लगाउने, ठेक्का मिलाइदिने जस्ता विभिन्न विषयलाई मिलाइदिन घुस लिएर आउने नातेदारहरुलाई गायिका वलीले मन सफा गरेर आउन भन्दै फिर्ता पठाइदिएकी छन् । यस्तै विषयवस्तुमा आधारित रहेर पशुपति शर्माले गीत लेखेका छन् भने नातेदार, साथी, गाउँले, गुण्डाका चार रुप लिएर शर्माले आफैं अभिनय गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु