छैटौं लोकदोहोरी अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: १ मंसिर २०७५, शनिबार

काठमाडौं । लोकदोहोरी अवार्ड छैटौं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सुचि सार्वजनिक गरिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समितीले गर्दै आएको यो अवार्डको उत्कृष्ट पाँच भित्र पर्न सफल स्रष्टा र सिर्जनालाई राजधानीमा आयोजित एक कार्यक्रममा मनोनयनको प्रमाणपत्र प्रदान गरेको छ ।

गीतसंगीतको क्षेत्रलाई चलायमान बनाउँदै स्रष्टाको सम्मान, सिर्जनाको सम्मान गर्दै गीतसंगीतको क्षेत्रलाई सम्बद्र्धन, प्रबद्र्धन गर्दै गीतसंगीतमा लाग्नेहरुका लागि उर्जा प्रदान गर्नका लागि यो अवार्डको आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।
विभिन्न २५ विधा समेटेर आयोजना हुँदै आएको प्रतियोगीता मंसिर २९ गते शनिबार प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने छ । यस कार्यक्रममा कलाकारहरुलाई अवार्ड बितरण गर्नुका साथै अग्रज कलाकारहरुलाई सम्मान पनि गरिने छैटौं पृथ्वी लोकदोहोरी अवार्ड २०७५ का अध्यक्ष पी.एन. सापकोटाले जानकारी दिएका छन् ।


उपत्यका समन्वय समिती आयोजकको रुपमा रहने छ भने समन्वय समिती अन्तर्गत रहेका ९ वटा समिती सहआयोजकको रुपमा रहने छन् । अवार्डमा लोकदोहोरीको क्षेत्रमा लागेका गायक, गायिका, रचनाकार, निर्देशक, मोडल, छायाँकार, सम्पादक, बाद्यवादक, प्रतियोगी गायक गायिका, दोहोरी साँझ गायक गायिका लगायतका विधामा मनोनयनमा परेका छन् ।
सर्वाेत्कृष्ट ५ मा पर्न सफल विधाहरु निम्नबमोजिम रहेका छन्:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु