सपनामै केन्द्रित लोकेशको सपना

म्यूजिक खबर
प्रकाशित: ६ माघ २०७०, सोमबार

काठमाडौं, २९ पुस । गीतकार लोकेश बोगटी म्याग्दीमा जन्मिएर कर्मथलो बनाउन क्रममा हङकङमा क्रियाशील रहँदै आएका थिए । उनको आफ्नो कार्यव्यस्तता सँगै हङकङमा रहेर विभिन्न सामाजिक क्रियाकलापमा पनि संलग्न रहादै आएका लोकेशले आफ्नो जीवनकालमा केही गीतहरु पनि लेख्न भ्याए । समाज सेवा र गीतसंगीतको क्षेत्रमा क्रियाशील रहँदारहँदै उनले गत २०१३ जनवरी १३ का दिन संसारबाट विदा लिन पुगे । राम्रो मान्छेको काल चाँडै आउँदोरहेछ भन्ने मान्यता उनीमा पनि रहिरह्यो । फलतः उनको सपना सपनामै केन्द्रित हुन पुग्यो ।
स्व.लोकेश बोगटीले दर्जनभन्दा धेरै गीतहरु लेखिसकेका छन् । गीत लेख्ने क्रममा केही गीत प्रकाशित भए भने केही रेकर्ड पनि भए । राम्रा गायकगायिका र संगीतकारको संगतमा जीवन बिताएका हुनले आफ्नो सिर्जनशील क्षमतालाई प्रस्तुत गरिरहे । सरल स्वभावका गीतकार बोगटीले लेखेका गीतहरुलाई म्याग्दीकै संगीतकार दीपक शर्माले सङ्गीतबद्ध गरेका छन् । स्व.लोकेश बोगटीद्वारा रचित गीतहरुलाई सङ्गीतकार दीपक शर्माले सङ्गीतबद्ध गरिदिएर उनको सपनालाई साकार पारेका छन् । गत हप्ता मात्रै राजधानीमा एक कार्यक्रम गरी ‘लोकेशको सपना’ नामक गीतिसङ्ग्रहलाई सार्वजनिक गरिएको थियो । उनले आफ्नो जीवनमा भोगेका केही घटनाहरुलाई गीतमार्फत् तरङ्गित गराएका छन् ।
लोकेशको सपना एल्बममा दीपक शर्माका अलावा सङ्गीतकार सुरेश अधिकारी, बाबु बोगटी, गणेश पराजुली र रामचन्द्र काफ्लेले पनि सङ्गीत भरेका छन् । लोकेशको सपनाभित्र मैले माया, यदि खुशी हुन्छौ भने, म त हिंड्नु पर्ने, पिउन देऊ, मनै त हो, एक्लै रुन्छु, बेनी बजार, धौलागिरी, नेपाली माया लगायतका गीतहरु समावेश गरिएको छ । यी गीतहरुलाई दिपक लिम्बु, जुनु रिजाल, बाबु बोगटी, दिपक लिम्बु, कृष्ण काफ्ले, रामचन्द्र काफ्ले, अच्युत गिरीले स्वरबद्ध गरेका छन् भने नेपाली माया बोलको गीतमा भने गणेश न्यौपाने, गणेश पराजुली, नगेन्द्र श्रेष्ठ, चेतमान गुरुङ, टोकराज तामाङ, पवित्रा राई, हर्षिका आले, कला चेमजोङ, सोनाम महर्जनको सामूहिक स्वर रहेको छ । लोकेशको सपनालाई उत्कृष्ट म्यूजिकले बजार प्रबद्र्धन गरेको हो ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु