लेकाली र खत्रीलाई महिला गीतकार संघको सम्मान !

म्यूजिक खबर
प्रकाशित: १५ कार्तिक २०७५, बिहीबार

साहित्यकारद्वय राधेश्याम लेकाली र गीता खत्री सम्मानित भएका छन् ।
महिला गीतकार संघ नेपालले राजधानीमा आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा सम्मान समारोह २०७५’ का अवसरमा साहित्यकारद्वयलाई सम्मान गरेको हो । साहित्यकार तथा गीतकार खत्री ‘महिला गीतकार सम्मान’बाट सम्मानित भएकी थिइन् भने अन्तराष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष राधेश्याम लेकालीलाई नागरिक सम्मान गरिएको थियो । कार्यक्रमकी प्रमुख अतिथी वरिष्ठ साहित्यकार भद्रकुमार घले, महिला गीतकार संघ नेपालका अध्यक्ष अस्मिता भण्डारी र संघका प्रमुख संरक्षक उन्नती बोहोरा ‘शीला’ले सम्मान गरेका थिए ।

प्रमुख अतिथि घलेले आफ्नो मन्तव्यमा नेपाली साहित्यमा महिलाहरुको क्रियाशिलता देखेर आफू प्रफुल्ल रहेको बताइन् ।
प्रमुख अतिथि भद्राकुमारीलाई मायाको चिनो प्रदान गरिएको थियो ।

भु पु मन्त्री साहित्यकार भद्रा घले प्रमुख अतिथी रहेको सो कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष राधेश्याम लेकाली, साहित्यकारहरु गोपीकृष्ण प्रसाई, लक्ष्मी उप्रेती, गुञ्जनका पूर्वअध्यक्ष गीता केशरीलगायतले विशेष आतित्यथा ग्रहण गरेका थिए ।

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु