मित्र के.सी.को ‘जादैछु म धेरै टाढा’ सार्वजनिक ‘भिडियो सहित’

म्यूजिक खबर
प्रकाशित: २९ श्रावण २०७५, मंगलवार

 

३० साउन, काठमाडौ । पछिल्लो समय अडियो सि.डि., एल्बम लोप हुने अवस्थामा पुगे पछि म्युजिक भिडियो निर्माणमा बाढी नै आएको छ । यसै क्रममा चर्चित गीतकार मित्र के.सी.ले गाएको ‘जादैछु म धेरै टाढा……’ बोलको गीतको भिडियो शुक्रबार एक कार्यक्रमको आयोजना गरी दर्शक, श्रोता माझ युट्युव मार्फत सार्वजनिक गरेको छ । भिडियोका निर्माता राजकुमार महर्जन हुन । यो गीतमा शब्द, संगीत गायक स्वयंमको रहेको छ । एकता मगरको छायाँङ्न, मिना लामाको निर्देशन रहेको गीतमा राजेश श्रेष्ठ, सविना लो तामाङ, राजकुमार महर्जनकोे अभिनय रहेको छ । म्युजिक भिडियो व्हाईट पिगन मिडियाको ब्यानरमा निर्माण भएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु