‘साली कस्को भेनाको’ प्रोमोमा कमेडी रस र द्धिअर्थी लाग्ने संवाद (भिडियो)

म्यूजिक खबर
प्रकाशित: २४ असार २०७५, आईतवार

काठमाडौं । भदौ २९ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘साली कस्को भेनाको’ प्रोमो सार्वजनिक गरिएको छ । तीन मिनेट लामो प्रोमोमा कमेडी रस र द्धिअर्थी लाग्ने संवाद प्रयोग गरिएका छन् ।

‘साली कस्को भेनाको’ मा विल्सन विक्रम राई, मरिस्का पोखरेल, बुद्धि तामांग, रजनी गुरुगं, सुस्मा कार्की, रवि गिरी, जयनन्द लामा, कविता आले, विरेन श्रेष्ठ, पुष्प आचार्य, देव सागर लगायत कलाकारहरुको अभिननय रहेको छ । भद्र भुजेलको निर्देशन रहेको फिल्ममा प्रसाद श्रेष्ठ र सुरज शाही ठकुरी र मिन घलानको संगीत रहेको छ ।

‘साली कस्को भेनाको’ कथा पुष्प आचार्यले लेखेका हुन् । निर्माताको रुपमा रामप्रसाद श्रेष्ठ, सुशिल गोपाल न्याच्यो, काजीमान श्रेष्ठ, कमला भट्टराई र मुक्ति अधिकारी रहेका छन् ।

प्रोमो यस्तो बनेको छ :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु